दसैँ बिदामा रचनात्मक पुस्तक अध्ययन गर्नु जरुरी
- आश्विन १४, २०८२
भक्तपुर, २३ असोज । भक्तपुर जिल्ला टेबलटेनिस सङ्घका सदस्य एवम् टेबलटेनिस खेलाडी राजीव चिकंबञ्जारलाई भक्तपुर जिल्ला टेबलटेनिस सङ्घले एक कार्यक्रमबिच बुधबार बिदाई गरियो ।
अन्तर्राष्ट्रिय टेबलटेनिस महासङ्घ (ITTF) को कार्यक्रमअनुसार भारतको इडिसामा असोज २५ गतेदेखि २९ गते (October 11-15, 2025) सम्म सञ्चालन हुने 28th Asian Table Tennis Championship – 2025 मा चिकंबञ्जारले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
उक्त प्रतियोगितामा चिकंबञ्जारसहित ६ जना नेपाली टेबलटेनिस खेलाडीहरूले सहभागिता जनाएका छन् ।
सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले अनुशासितरूपमा आफ्नो खेल कौशल प्रदर्शन गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
सङ्घका उपाध्यक्ष शिवसुन्दर गोठे र मुना बासुकलाले शुभकामना व्यक्त गर्दै देशको गौरव बढाउन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
सङ्घका सचिव इन्द्रभक्त पञ्चले निरन्तरको अभ्यासले भविष्यमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त प्रतियोगितामा सहभागी हुने राजीव चिकंबञ्जारले आफ्नो खेल जीवनको सङ्क्षिप्त जानकारी गराउँदै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा र उपाध्यक्ष शिवसुन्दर गोठेले चिकंबञ्जारलाई सङ्घको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो ।
Leave a Reply