भर्खरै :

कैलालीको लम्की बजारमा कार्यकर्ता भेला

कैलालीको लम्की बजारमा कार्यकर्ता भेला

लम्की, २६ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत विभिन्न देशहरूमा रङ्गीन क्रान्तिको नाममा सत्ता परिवर्तन गर्ने र आप्mनो स्वार्थ अनुकूलको सरकार गठन गरी नयाँ ढङ्गबाट देश कब्जा गरिरहेको बताउनुभयो ।
पार्टी कैलाली जिल्ला समितिको आयोजनामा लम्कीमा आइतबार सम्पन्न कार्यकर्ता भेलामा केन्द्रीय सदस्य ज्याख्वले शासक दलहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रबन्ध गर्न नसक्दा युवाहरूमा आक्रोश पैदा भएको र त्यसैलाई प्रतिक्रियावादीहरूले उपयोग गरी अराजक गतिविधि गरेको बताउनुभयो । ओली सरकारको निर्मम दमनको कारण जनताले विद्रोह गरेको उल्लेख गर्दै उहाँले विदेशी चलखेल बढ्दा देशको सार्वभौमसत्ता कमजोर बनेको प्रस्ट पार्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले देशभक्त नयाँ पुस्तालाई कम्युनिस्ट विचारबाट प्रेरित गरी समाजवादी क्रान्तिका लागि एकजुट गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
पार्टीका सुदूर पश्चिम प्रदेश समिति सदस्य शैलेश डंगोलले किसान मजदुरहरूको वास्तविक समस्या नबुझेसम्म समाधान गर्न नसकिने बताउनुभयो ।
पार्टीका कैलाली जिल्ला सचिव गगनबहादुर थापा र नेपाल क्रान्तिकारी महिला सङ्घका लक्ष्मी पुनमगरले पुँजीवादी विकृति गाउँ गाउँसम्म पुगेको र नयाँ पुस्तामा देश र जनताप्रति जिम्मेवारीबोधभन्दा पनि पैसामुखी चरित्र विकास भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *