भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २६ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भलिबल प्रशिक्षक तालिमका मुख्य प्रशिक्षकद्वय जगदीशप्रसाद भट्ट र विजयकृष्ण बाडेलाई खेलकुद सामग्रीहरू हस्तान्तरण गर्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई ६ दिने भलिबल प्रशिक्षक तालिमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भलिबल नेपालको राष्ट्रिय खेल भएको बताउँदै भक्तपुर नगरपालिकाले विद्यालयका शिक्षकहरूलाई तालिम दिई विद्यार्थीको बौद्धिक र मानसिक विकासमा टेवा पु¥याउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
युवा विद्यार्थीलाई कुनै एउटा खेलमा सहभागी बनाउन भक्तपुर नगरपालिकाले विद्यालय र नगरस्तरीय विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गर्दै आएको बताउँदै उहाँले विद्यार्थीहरूलाई खेलकुदसँगै राजनीतिक विषयमा पनि प्रशिक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।
जेन–जी आन्दोलनपछि देश राजनैतिक सङ्कटमा पुगेको र देशको अवस्था झन्झन् जटिल बन्दै गएको बताउँदै उहाँले विदेशी सहयोग देशलाई घातक छ भन्ने कुरा देशको राजनीतिक घटनाक्रमले प्रस्ट बनाउँदै लगेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले नागरिकहरूको बौद्धिक र शारीरिक विकासको लागि भक्तपुर नपाले खेलकुदलाई विशेष प्राथमिकतामा राख्दै आएको बताउँदै सबल र सक्षम राष्ट्र निर्माणको लागि देशभक्त नागरिकको खाँचो रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले तालिमको सफलताको शुभकामना दिँदै शिक्षकहरूलाई दिइने प्रशिक्षक तालिम प्रगतिउन्मुख हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले तालिम आयोजना गर्नुको उद्देश्यमाथि प्रस्ट पार्दै तालिमलाई जीवनउपयोगी बनाउने प्रयास शिक्षकहरूबाट हुनु जरुरी रहेको बताउनुभयो ।
नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष गौतमप्रसाद लासिवाले नेपालमा भलिबल खेलको लोकप्रियता दिन प्रतिदिन बढिरहेको बताउँदै भलिबलको विकासमा सरकार भने उदासीन रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा खेलकुद समितिका सदस्यद्वय उपेन्द्र सुवाल र रञ्जना त्वातीले पनि बोल्नुभएको थियो । भलिबल प्रशिक्षक तालिममा नगरभित्रका २८ वटा विद्यालयका ३२ जना शिक्षकहरूको सहभागिता रहेको थियो । नगर प्रमुख प्रजापतिले सहभागी शिक्षकहरूलाई ट्रयाक सुट वितरण गर्नुभएको थियो ।
Leave a Reply