कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २९ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाका स्वास्थ्य बीमा अभिकर्ताहरूको भेला कार्यक्रम भयो ।
स्वास्थ्य बीमा अभिकर्ताहरूसँगको छलफल कार्यक्रममा बीमा गराउँदा आइपरेका समस्या, सेवाग्राहीहरूको गुनासो तथा बीमा बोर्डले सूचनाहरू समयमै पालिकालाई उपलब्ध गराउनुपर्ने विषयमा छलफल भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमले आर्थिक रूपमा विपन्न बिरामीहरू लाभान्वित भएको बताउँदै सरकारले बीमा आबद्ध स्वास्थ्य संस्थाहरूलाई समयमै भुक्तानी गराए अस्पताल सञ्चालन र व्यवस्थापनमा सहज हुने धारणा राख्नुभयो ।
बीमा अभिकर्ताहरू स्वास्थ्य बीमाको ऐन, कानुन र नियमावलीबारे प्रस्ट हुनुपर्ने बताउँदै उहाँले जनताको गुनासो सम्बोधन गर्दै सहज र सरल ढङ्गले बीमा सेवा प्रदान गर्न अभिकर्ताहरू तत्पर रहनुपर्ने बताउनुभयो ।
भक्तपुरका शत प्रतिशत जनतालाई स्वास्थ्य बीमामा आबद्ध बनाउने प्रयत्न गरिरहेको बताउँदै उहाँले जनतालाई बीमाको विषयमा सचेत पार्ने काम पनि गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले स्वास्थ्य बीमा कार्यक्रम दीर्घ रोगीहरूलाई निकै प्रभावकारी रहेको बताउँदै ख्वप अस्पतालले सहजरूपमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वास्थ्य बीमाले सेवा प्रदायकसँग पनि संवाद गरेर चुस्त दुरुस्तरूपमा सेवा प्रवाह गर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवा र जिल्ला संयोजक निर्मला भट्टराईले बीमा कार्यक्रमको प्रभावकारिता र स्वास्थ्य बीमा नवीकरणबारे प्रस्ट पार्नुभयो ।
Leave a Reply