भर्खरै :

२७ औँ विविध भाषा साहित्य सम्मेलनको प्रचार स्वरूप खुला रक्तदान कार्यक्रम

२७ औँ विविध भाषा साहित्य सम्मेलनको प्रचार स्वरूप खुला रक्तदान कार्यक्रम

मध्यपुर, १ कार्तिक । २७ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको आयोजक समितिको आयोजनामा थिमिस्थित कुटिँचिवामा खुला रक्तदान कार्यक्रम सम्पन्न भयो ।
कार्तिक ४ गते नेपाल संवत् ११४६ म्हःपूजाको दिन आयोजना हुने २७ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको प्रचारस्वरूप सम्पन्न उक्त कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए ।
२७ औँ विविध भाषा साहित्य सम्मेलन, आयोजक समितिका संयोजक विजयकृष्ण प्रजापतिले कार्तिक ४ गते बिहान ७ः३० बोडेको ख्वपला टोलबाट न्हूदँ सांस्कृतिक ¥याली सुरु हुने एवम् थिमिको तुलंननी टोलमा दिनको ११ बजेदेखि साहित्य सम्मेलन हुने जानकारी दिनुभयो ।
उहाँले कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण साहित्यप्रेमी तथा संस्कृतिप्रेमी जनसमुदायमा अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *