भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
लक्ष्मी पूजा
पञ्चाङ्गः २०८२ कार्तिक ३ गते सोमबार लक्ष्मी पूजा (साँझ) ।
नरक चतुर्दशी दिवा २ः५९ बजेसम्म, त्यसपछि अमावस्या तक्ष्मी पूजा (साँझमा)
नेवारी परम्परामा – शास्त्रीय दृष्टिकोणले तान्त्रिक विधि विधानका पूजाहरू प्रायः रात्रि गरिने चलन छ । जस्तैः गथामुगचह्रे पूजा, पासाचह्रे पूजा, चथा पूजा, लक्ष्मी पूजा, म्हःपूजा, किजा पूजा, शिवरात्रि कालरात्रि, येयापुन्ही, आदि । कृत्य चिन्तामणौमा लेखिएको छ –
अमावस्या, यदा रात्रौ दिवाभागे चतुर्दशी । पूजनीया तदा लक्ष्मी विज्ञेयां सुखरात्रिका ।।
सुखरात्रि प्रदोषे तु महालक्ष्म्याः प्रपूजनम् । कार्तिक कृष्ण पक्षेतु प्रदोषे भूतदर्शगोः ।।
अर्थात् लक्ष्मीपूजा कार्तिक कृष्ण औंसी बेलुका भएको दिन प्रदोष (सन्ध्या) को समयमा पूजा गर्नु ।
औँसी नभएको बेलामा लक्ष्मी पूजा गर्दा विघ्नबाधा आदि आउने गर्छ भन्ने निर्णय सिंधुमा उल्लेख छ ।
कार्तिकान्ते यदा दर्शे नारी निराजन भवेत । नारीणां तत्र वैधव्य देशे दुर्भक्ष्यमेवच ।।
कार्तिक शुक्लपक्षादौ अमावस्या घटिव्दयम् । देशाः भंगभयाटु नैव कुर्यात् मङ्गलमालिकाम् ।।
अर्थात् कार्तिक कृष्ण औँसी नभएको बेलामा वा औँसीको घडी सकेपछि निराजन गरेमा नारीले वैधव्य दुःख भोग्नुपर्ने र देशमा पनि विघ्नबाधा आदि आउने गर्छ । औँसी नभएको बेलामा लक्ष्मीको आह्वान गर्दा लक्ष्मी प्रवेश हुँदैन ।
त्यसकारण, लक्ष्मी पूजा कार्तिक कृष्ण औँसी भएको दिनको सन्ध्याकालमा पूजा गर्नु शास्त्र संवत् उत्तम मानिन्छ ।
म्हःपूजा
पञ्चाङ्गः २०८२ कार्तिक ४ गते मङ्गलबार दिवा १६ः२९ बजे (४ः२९ बजे) सम्म औँसीको घडी त्यसपछि प्रतिपदाको घडी सुरु
म्हःपूजा– सहस्राब्दी कालदेखि चलिआएको भन्ने कुरा भविष्य पुराणमा र स्वयम्भू पुराणमा उल्लेखित प्रमाणहरूबाट प्रत्यक्ष सिध्द हुन्छ । कुलार्णव तन्त्रको दसौँ उल्लासमा लेखिएको छ ।
एवं कृते कुलशानि सर्व कर्म फलप्रदः । वर्षवन्धन कर्मस्य फलं विन्दन्ति मानवाः ।।
अर्थात् सम्पूर्ण पुण्यकर्मको फल यही म्हःपूजा गरे मात्र प्राप्त हुनेछ । एक वर्षसम्मको पुण्य यसैले मात्र प्राप्त हुनेछ । नगरिएको खण्डमा धर्म नास हुनेछ ।
अतयवः म्हःपूजा गर्नु आवश्यक छ, यद्यपि यो कहिले कुन तिथिमा गर्ने हो भन्नेबारे ज्योतिर्निवन्धमा लेखिएको छ
प्रतिपदात्वमावास्यातिथ्योर्युग्मं महाफलम् । व्यस्तमेतन्महादोषं हन्ति पुण्यं पूरा कृतम् ।।
अर्थात् प्रतिपदा र औँसीयुक्त भएको दिन म्हःपूजा गरे भने महापुण्य फल प्राप्त हुन्छ । यसलाई छोडेर अरु तिथिमा म्हःपूजा गरेमा पहिलेको पुण्य नस्ट भएर महादोषको फल भोग गर्नुपर्ने हुन्छ ।
त्यस्तै गरी म्हःपूजा गर्न नहुने तिथिबारे कृत्य रत्नावलीमा लेखिएको छ –
प्रतिपदा द्वितीया मिश्रां सुखरात्रिं करोति चेत् । तस्य प्राणार्थनाशः स्यादिति जानाहि मानव ।।
अर्थात् – व्दितीया लागेको प्रतिपदामा म्हःपूजा गरेमा त्यसको प्राण र धन नष्ट हुनेछ, यसरी जानून् । त्यसैले औँसी तिथिमा प्रतिपदा लागेको दिनमा म्हःपूजा गर्नु उत्तम मानिन्छ ।
किजा पूजा (भाइटीका)
पञ्चाङ्गः २०८२ कार्तिक ५ गते बुधबार दिवा १८ः२० (६ः२० बजे सम्म) प्रतिपदा त्यस पछि द्वितीया ।
परापूर्व कालमा यमराजलाई विशेष मान–सम्मान गर्दै उनका बहिनी यमुनाले यसै दिन भाइटीका गरेको धार्मिक महत्व छ । भाइटीका (भ्रातृपूजा) मध्याह्न व्दितीयामा गर्नुपर्छ । द्वितीया उदय भयो भनेर तृतीया तिथिको दिन भ्रातृपूजा नगर्नु भनी रत्नावली ग्रन्थमा लेखिएको छ ।
उदय द्वितीया किञ्चित, सकला तृतीया यदि ।
मध्याह्न द्वितीया त्यक्त्वा या कुयात् भ्रातृपूजनम्
सा याति नरक घोरं, पति पुत्रौ विनश्यतः ।।
अर्थात् यदि तृतीया तिथिमा भाइटीका गरेमा भयानक नरक भोग गर्नुपर्ने हुन्छ, द्वितीया उदय छ भनेर तृतीया लागेको दिनमा किजापूजा (भ्रातृपूजा) गर्नु हुँदैन ।
यी शास्त्रीय प्रमाणअनुसार तीन दिन अतुत गर्नुपर्ने स्वस्ति नखः लाई यस वर्ष (२०८२) को कार्तिक ३, ४ र ५ गते क्रमशः लक्ष्मी पूजा, म्हःपूजा र किजा पूजा (भाइटीका) गर्नु नै उचित छ ।
सन्दर्भ स्रोतः
१) तन्त्रमा नेवार (मृगेन्द्र)
२) म्हःपूजा – (ज्योतिष कीर्तिब्रम्हानंद)
३) मल्लकालीन संस्कृति र चाडपर्व (ज्योतिष डा. वीरेन्द्र कायष्ठ)
Leave a Reply