सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

भक्तपुर, १ कार्तिक । महेश्वरी खेल मैदान परिसर सरसफाइ कार्यक्रमको समापन भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांको आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा वडाध्यक्ष उकेश कवांले वातावरण सुधार गर्न वृक्षरोपणदेखि विभिन्न विकास निर्माण सुरु गर्दा फेरि सर्वोच्च अदालतबाट रोक्का पत्र आएको कारण विकास निर्माण गर्न नपाएको बताउनुभयो ।
उहाँले खोलामा रहेका विभिन्न फोहरहरू नपाले सरसफाइ गरिरहेको बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, विद्यार्थी, सहकारी, विभिन्न सङ्घसंस्था, कर्मचारी, हनुमानघाट सुधार समितिलगायतलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा वडा निरीक्षक रामकृष्ण प्रजापतिले भक्तपुर नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन सरसफाइलाई निरन्तरता दिइरहेको बताउनुभयो । कार्यक्रममा वडा सदस्य हरिरत्न गोर्खाली, हीरा ख्याजु र रन्जना त्वातीको सहभागिता थियो ।
Leave a Reply