भर्खरै :

यम पञ्चक (तिहार) बारे सङ्क्षिप्त जानकारी

यम पञ्चक (तिहार) बारे सङ्क्षिप्त जानकारी

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकोले यस पर्वलाई यमपञ्चक भनिएको हो । तिहार पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको हो । यसलाई दीपावली (दिवाली) नामले पनि जानिन्छ । नेपालभाषामा यस पर्वलाई स्वन्ति नखः भन्ने गरिन्छ ।
नेपाल हिन्दू, बौद्ध धर्मको सभ्यता संस्कार, संस्कृति र तन्त्रको आधारमा बसालिएको देश हो । नेपालमा विक्रम संवत् र नेपाल संवत्् लिच्छविकालदेखि नै चलन चल्तीमा थियो । विक्रम संवत्को आधारमा भक्तपुरमा लिङ्गो ठड्याएर ठुलो जात्रा मनाइन्छ । प्रत्येक वर्षको चैत मसान्तमा विश्वनाथ भैरवको प्रतीक (लिङ्गो हात खोलेको) उठाउने र नयाँ वर्ष अर्थात् वैशाख १ गते ढाल्ने गर्छ । यस दिनलाई विषुवत् दिन (Equator Day) भनिन्छ । यस दिन, दिन र रात बराबर हुन्छ । त्यस्तै चन्द्रमानअनुसार वर्षको अन्तिम दिन लक्ष्मी पूजा गरिन्छ । त्यसको भोलिपल्ट अर्थात् विषुवत् (कार्तिक शुक्ल प्रतिपदा) दिनमा म्हः पूजा गरिन्छ । यो पर्व किराँत शासन कालदेखि सुरु भएको मानिन्छ ।
तिहारको दिनमा घरमा सरसफाइ गरेर दीपावली गरी उज्यालो बनाइन्छ । त्यसैले, यो पर्व सबैको लागि प्रिय हुन्छ । बाहिरी उज्यालो र रमाइलो केही दिनको लागि हुन्छ । जीवनका अन्धकाररूपी पक्षलाई परास्त गर्दै उज्यालोरूपी मार्गमा हिँड्नुपर्छ भन्ने कुरा यो पर्वले देखाउँछ । भनिन्छ, म्हःान् सोच भएका मानिसहरू ज्ञान विज्ञानका कुरा गर्छन् । मध्यम सोच भएका मानिसहरू विषयवस्तुका कुरा गर्छन् भने नीच सोच भएका मानिसहरू अर्काका कुरा गर्छन् भने जस्तै मस्तिष्कबाट नकारात्मक सोच बनाउँदा आफ्नै ऊर्जा नकारात्मक बन्दै जान्छ । प्रतिकूलतालाई अनुकूल बनाउने कोसिस गर्नु तर जीवनमा हरेस नखानु र नकारात्मक नसोच्नु उज्यालोको मार्गमा रहेर जीवन जिउनुपर्छ । सङ्कल्पसहित जीवन जिउनु, आत्मविश्वाससाथ अगाडि बढ्नु र द्विविधा एवं चिन्तालाई प्रश्रय नदिनु नै सकारात्मक उपाय हुन् । दीपावलीको पर्वले पनि यही उज्यालो सोच, उज्यालो मन बनाएर बाँच्न प्रेरणा दिएको छ । हामी उज्यालोमा रमाउँछौँ, अन्धकार हामीलाई मन पर्दैन । जीवनमा समस्या नआउनु त सायद सम्भव छैन तर समाधानका उपाय अनेकौँ छन् भन्ने सत्य हो ।
औँसीको रातमा पर्ने दीपावली पर्वमा हामीले दीप बालेर घर, सहर उज्यालो बनाउने प्रयास गरेझैँ जीवनका अन्धकाररूपी समस्यालाई पनि भित्रबाट जागृत भएर समाधान गरी उज्यालोको मार्गमा हिँड्न सक्छौँ । जीवनका अन्धकाररूपी पक्ष जो जरुरी र म्हःत्वपूर्ण छैनन् तर जीवनलाई अल्झाइरहेका छन् भने तिनबाट मुक्त भएर जीवनमा म्हःत्व दिनुपर्ने काम र सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ । आफ्नो भावना, दुर्भावना, सुविचार, कुविचार कस्तो भाव बनेको छ त्यसलाई हेर्ने र स्वयंको कमजोरी थाहा पाएर सुधार गर्ने बानी नै अन्धकारबाट उज्यालो तर्फ लाग्ने कला हो । तर, अरुलाई दोष दिने र अरुबाट अपेक्षा गरेर आफ्नो स्वार्थपूर्ति गर्न गर्ने आदत धेरैको हुन्छ ।
दोस्रोबाट पाएको खुसी र रमाइलो क्षणिक नै हुन्छ । आफैँमा रमाउन र आफूसँग भएको सम्पदासँग खुसी हुन जान्ने कलाले नै ज्योतिर्गमयको मर्मलाई साक्षात्कार गर्छ । आफ्नो अहङ्कार, अज्ञान र अशिष्टताको पहिचान गरी नम्र र सहज भएर बाँच्ने कला जान्नु जत्तिको आनन्द अरु केहीबाट प्राप्त हुँदैन ।
स्वाध्यायमा रहने, आफ्नो धर्म, संस्कृति र आचरणको ख्याल गर्ने व्यक्तिले नै प्रशन्न चित्तका साथ कर्म गर्न सक्छ । प्रशन्न चित्तमा रहेर कर्म गर्ने व्यक्ति नै अन्तज्र्ञानले दीक्षित हुन्छ । अन्तज्र्ञानले दीक्षित व्यक्ति सधैँ प्रशन्न, प्रफुल्ल, आत्मीय र प्रज्ञाजस्ता सद्गुणले भरिएको हुन्छ । यो नै अन्धकारबाट उज्यालोमा जाने म्हःत्वपूर्ण मार्ग हो । प्रशन्न चित्त व्यक्तिले नै गहन चिन्तन, अध्ययन, भित्रको प्रकाशमय ऊर्जा स्वरूपको बोध र एकाग्रताको अनुभूति गर्न सक्छ । यो नै जीवनलाई प्रकाशमय जीवन बाँच्ने एउटा आयाम हो ।
दीपावलीको अवसरमा नयाँ चीज किन्ने, घरलाई रङ्ग रोगन लगाएर नयाँ बनाउने प्रचलन छ । यसको अर्थ हो हामी जीवनमा नयाँ कुरा चाहन्छौँ, पुरानोबाट मुक्त हुन चाहन्छौँ । तर, भौतिक कुरामात्र नयाँ लिएर पुरानो फ्याँक्दैमा भित्रबाट परिवर्तन हुँदैन । हामी पुरानो मानसिकताबाट पनि मुक्त हुनु जरुरी छ । मनःस्थितिमा गढेर बसेका पुराना विचार, नकारात्मक विचार, अन्धकाररूपी भावको पनि सफाइ गर्न सक्यौँ भनेमात्र नवीनताको आभास मिल्छ । सधैँ नवीनताको बोध गर्ने वातावरण बनाउनु अनि शरीर, मन र भावलाई स्वस्थ एवं स्वच्छ राख्ने प्रयास गर्नु नै अन्धकारबाट उज्यालोको मार्गमा हिँड्ने आयाम हो । जीवनमा सुखद अनुभूति दिने कर्म, सम्बन्ध र परिस्थितिलाई आत्मसात गर्नु नै प्रकाशमय जीवन जिउने कला जान्नु हो ।
प्रत्येक व्यक्ति आफ्ना कर्म र सम्बन्ध सफल रहून्, गरेका कामबाट उपलब्धिमूलक परिणाम आओस् भन्ने चाहन्छ । प्रत्येक दिनको सुरु सकारात्मक सोचबाट गर्ने र मैले गर्ने हरेक कर्म सही र सफल हुन्छ भन्ने भाव राख्ने बानीको विकास भयो भने नकारात्मकता र असफलताले ठाउँ लिनै पाउँदैन । म आफ्नो खुसीका लागि मात्र होइन अरुलाई पनि खुसी मिल्ने गरी कर्म गर्छु, मेरो कारणले अरुलाई कष्ट नपुगोस्, कुनै बाधा नपरोस् भन्ने सोच भएको व्यक्ति जीवनमा सधैँ शान्त र खुसी रहन सक्छ । के म्हःत्वपूर्ण र जरुरी छ र के दुवै छैन ? कुन जरुरी नभए पनि म्हःत्वपूर्ण छ भनेर छुट्टयाउन सक्ने र त्यसअनुसार जीवनमा व्यवहार गर्ने व्यक्तिको जीवन सधैँ उज्यालोको मार्गमा अगाडि बढिरहेको हुन्छ । त्यसैले प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने चाडमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, (म्हःपूजा) गोवर्धन र भाइ पूजा गरिन्छ । यमपञ्चक, दीपावलीे पर्वको मूल मर्म अन्धकारबाट उज्यालोको मार्गमा लाग्नुपर्छ भन्ने हो । हिन्दू धर्मावलम्बीका धेरैजसो चाडबाड विज्ञान र प्रकृतिसँग जोडिएका छन् । यो बेला सयपत्री र मखमली फूल जताततै ढकमक्क फुलेको हुन्छ । गाउँघर रमणीय बनेको हुन्छ । यी फूलले उज्यालो चाडको झल्को दिइसकेको हुन्छ ।
तिहारमा पूजा गरिने काग, कुकुर, गाई, गोरुको साइनो पनि प्रकृतिसँगै छन् । तिहारमा पूजा गरिने यी पशुपन्छीको म्हःत्व आफैँमा विशिष्ट छ । ‘तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचर जगतप्रतिको प्रेम हो ।’ घरबाट फालिएका र गाउँ–सहरमा थुप्रिएका फोहोर सफा गरेर वातावरणीय स्वच्छतामा सघाउ पु¥याउन कागले मद्दत गर्छ । कागले एकपटक चिनेको अनुहार हत्तपत्त नर्बिसने अध्ययनले देखाएको छ । काग एउटा सूचना संवाहक पनि हो । यसले अन्य प्राणीहरूलाई पनि सूचना दिन्छ । जङ्गलमा हिंस्रक जनावर देख्दा कागले आवाज निकालेर अन्य जीवजन्तुलाई खतराको पूर्वसङ्केत दिन्छ । कुनै प्राकृतिक विपत्ति आउने बेलामा यसले अनौठो व्यवहार देखाउने र अनौठो आवाज निकाल्ने काम गर्छ ।
१) काग पूजा :
तिहारपर्वको पहिलो दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रूपमा मान्ने गरिन्छ । कागको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ ।
२) कुकुर पूजा :
तिहारको दोस्रो दिन कुकुरको पूजा हुन्छ । ‘मानिससँग कुकुरको नाता फिरन्ते युगदेखि नै सुरु भएको हो । कुकुरको इमानदारी र बफादारिताबाट मानिस प्रभावित छन् ।’ कुकुरको सुँघ्ने क्षमता अन्य जनावरको भन्दा धेरै हुन्छ । यही विशेषताका कारण कुकुरलाई अपराधी पत्ता लगाउने र अध्ययन– अनुसन्धानमा प्रयोग गरिन्छ । कुकुरको भिजेको जस्तो देखिने नाकले विभिन्न रसायन तथा गन्धबारेमा जानकारी लिन्छ । कुकुरले एक सय ५० भन्दा बढी शब्दको अर्थ बुझ्ने गरेको विज्ञहरू बताउँछन् ।
अन्तरिक्षमा पुग्ने सबैभन्दा पहिलो प्राणी कुकुर थियो । सोभियत रसियाले निर्माण गरेको स्पुटनिक–२ नामक अन्तरिक्ष यानमा सवार गर्ने पहिलो जनावर कुकुर बन्यो । मस्को सहरको सडकपेटीबाट लिइएको लुइका नाम गरेको कुकुर पृथ्वीको कक्षमा अन्तरिक्षयानबाट घुम्ने पहिलो जीव बन्यो ।
कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोरडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
३) गाई, लक्ष्मी पूजा :
यमपञ्चकको तेस्रो दिन अर्थात् कार्तिक कृष्णपक्ष औँसीका दिन बिहान सबैको घर, आँगन, चोक, गाईको हरियो गोबरले लिपेर स्वच्छ र चोखो पारिन्छ । सो क्रममा आफ्नो आँगनमा ढोकाको अगाडि रातोमाटोले लिपी त्यसमा विशेष मण्डप बनाई लक्ष्मी आह्वान गर्ने चलन रहेको छ । सो मण्डपदेखि ढुकुटीमा थापित लक्ष्मीसम्म रातो माटोले नै मार्ग कोर्ने पनि गरिन्छ । साथै ढुकुटी र भण्डारसम्म चामलको पिठोको लक्ष्मीको पाइला चिह्न बनाएर राखिन्छ ।
बिहान गाईलाई लक्ष्मीको स्वरूप सम्झेर पूजा गरिन्छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ ।
बेलुका झ्याल ढोकामा माटाका पाला, मैनबत्ती रङ्गीविरङ्गी बिजुलीका चिमले दीपमालिका सजाइन्छ, सक्नेले पाँच दिन र नसक्नेले लक्ष्मीपूजा र गोबद्र्धनपूजा दुई दिनमात्र भए पनि घर उज्यालो पार्छन् ।
नेवाः समुदायमा लक्ष्मी पूजा सम्पन्न गर्न ढुकुटीमा लिपपोत गरी चामल वा गहुँको पिठो (चुँ) ले मण्डल लेखी त्यसमाथि धान, लावा, अक्षता, पूmल आदि आसनका रूपमा बिछ्याई त्यसमाथि लक्ष्मीका लागि भनी बनाइएको अलग्गै बाकस बसालिन्छ र त्यो बाकसमा चित्रकारले लेखेको हस्तलिखित लक्ष्मीमाताको चित्र टाँसिन्छ । बाकसको दायाँ–बायाँ अरु मण्डलहरू लेखी त्यसमाथि पनि धान, लावा, अक्षता, फूलको आसन बनाई त्यसमाथि कलश, सुकुन्दा, पानस, नयाँ कुचो र अन्ति स्थापना गरिन्छ । वा नयाँ डालोमा राखिएको धानमाथि पाथीमा राखिएको नयाँ धानको चामल राखेर त्यसमाथि देवी हस्तलिखित लक्ष्मीको चित्र राखेर विधिपूर्वक पूजा गर्ने चलन रहेको छ । त्यस दिन घरमा भएका पुराना मुद्राहरू, ढकतराजुको पनि लक्ष्मीपूजा स्थलमा राखेर पूजा गर्ने चलन छ ।
४) म्हः पूजा :
पञ्चाङ्गअनुसार कार्तिक शुक्ल प्रतिपदा नेपाल संवत्को पहिलो दिन हो । अर्थात्, नेवाःसमुदायमा यमपञ्चकको चौथौँ दिन कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन चन्द्रमानअनुसार नयाँ वर्षमा गरिने म्हः पूजा नेवाः समुदायको धार्मिक र सांस्कृतिक म्हःत्व बोकेको पर्व हो । यो पूजा व्यक्तिको मात्र होइन, घरमा भएका सजीव र निर्जीव वस्तु सबैको गरिन्छ । जस्तै कुकुर, कुखुरा आदि र नाङलो, कुचो, पानी भरिएको गाग्रो आदिको पनि पूजा गरिन्छ ।
म्हः पूजा मण्डलको भावार्थ : अष्टमातृका अष्टदल पद्माकार मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पूजा साधना प्रयोजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ । यसर्थ, म्हः पूजा मण्डलले म्हः (आफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रन गरिन्छ । म्हःको विविध पक्षलाई समावेश गरी मण्डलको मध्य बिन्दुमा आफूलाई राखिन्छ । मण्डलको विविध अङ्ग तथा पक्षहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
चुनढुङ्गाको धुलोको प्रयोग : म्हः पूजाको मण्डल चुनढुङ्गाको धुलोबाट लेखिन्छ । चुनढुङ्गा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलाई सिधैँ हातमा लिई मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल बनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पूजापश्चात् मेटाउनुपर्ने भएकोले हो । अष्टदल पद्माकारः म्हः पूजा मण्डल आठवटा पात भएको कमलको फूलको स्वरूपमा बनाइन्छ । म्हः (आफू) लाई कमलको फूलको रूपमा प्रतिबिम्बित गर्नु व्यक्तिको आदर्श रूप हो । जसरी कमलको बोट हिलोबाट निस्केको भए तापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलोप्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसाररूपी हिलोबाट माथि उठ्न सक्ने आदर्श स्वभाव सबै व्यक्तिहरूमा विद्यमान छ तर यसलाई नचिनेको कारण वा बिर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको आकृति पद्माकार बनाइएको हो । पद्मको अर्को अर्थ पवित्रता हो । राग, द्वेष र मोहरूपी दलदलबाट अलग्ग रही काय, वाक र चित्तका कर्महरू सुद्ध राखिरहने आदर्श रूप ‘म’ हो भन्ने अनुभूति गराउने पनि यसको उद्देश्य हो ।
षट्कोणाकार : हिन्दू मतानुसार बनाइने मण्डल षट्कोणाकार हुन्छ । शैव परम्पराको षट्कोणले प्रकृति र पुरुष वा शिव र शक्तिको एकत्वको स्वरूप नै आफू भएको ज्ञानबोध गराउन खोजिएको हुन्छ । अधिकांश प्रचलनहरूमा बिचको बिन्दु वरिपरि ४ वटा संकेन्द्रित वृत्तहरू वनाइन्छ । तिनीहरूको प्रतीक निम्नानुसार छ :–
तेलको मण्डल – छिटो नसुक्ने लामो समयसम्म टिकिरहने तत्व, चेतन तत्व, नामस्कन्ध आखेँ (खैरो चामलको पूर्ण अन्न) – अखण्डता, पूर्णता
धान – पुनरावृति, पुनर्जन्म
लावा (ताय्) – हेतु प्रत्येय, कार्य र कारणको उपज
कसैकसैले मण्डलको बिचमा ६ वटा वृत्तहरू कोरेको पनि पाइन्छ । यीमध्ये सबैभन्दा भित्र चेतन तत्वको प्रतीकको रूपमा तेलको वृत र पञ्चतत्वको प्रतीकको रूपमा क्रमशः आँखे (खैरो चामलको पूर्ण अन्न), कालो मास, धान, कालो भटमास र लावा (ताय्) का वृतहरू बनाइन्छ ।
म्हःपूजा भन्नाले आफ्नो शरीर वा आत्माको पूजा हो । पौराणिक कालदेखि प्रचलनमा रहेको आत्मपूजालाई अहं पूजा स्वपूजा पनि भनिन्छ । यो पूजालाई विशिष्ट मानिन्छ । म्हः पूजा सहस्राब्दी कालदेखि चलिआएको भन्ने कुरा भविष्य पुराण तथा स्वयम्भू पुराणमा उल्लेखित प्रमाणहरूबाट प्रत्यक्ष सिद्ध हुन्छ ।
म्हःपूजाको मण्डप बनाउने विधि :
मण्डप बनाउँदा खासगरी परापूर्व कालदेखि चलिआएको तन्त्रोक्त विधिबाट बनाइन्छ । तर अहिले मण्डप बनाउन सजिलोका लागि रेडिमेड कागज पनि किन्न पाइन्छ । तर पनि चलनअनुसारको फरक फरक किसिमले बनाइन्छ । विधिअनुसार सामान्यतया काँचो सुद्ध धागोलाई तेलमा चोपेर गोलाकार बनाइन्छ । त्यसको बिचमा तेलमा मिसाएको पाँच थोप्लाको रातो टीका राखिन्छ । चामलको पिठोमा आधी रातो र आधी पहेँलो टीका मिसाएर बनाइने पोताय्ले गोलाकार बनाइन्छ । यसको चारैतिर भटमासले घेरिन्छ । मण्डपलाई जति सकिन्छ विभिन्न रङ्ग, आँखे, पोताय्, ताय् र सयपत्री फूलले सजाएर जति सकिन्छ त्यति राम्रो बनाइन्छ ।
हरेक मण्डपमा वा छेउमा मुतिमरि, द्योमरी पनि राखिन्छ । साथै मण्डपको छेउमा माथितिर पाँच प्रकारको फलफूल राखिन्छ । विमिरोमाथि जजङ्का र फूलको माला पनि राखिन्छ । जजंका तासको कपडामा ६ वटा आँखेलाई पोको पारेर त्यसैसँग पञ्चरङ्गी (पाँच रङ्गको) कपडा लाम्चो काटेर फुर्का बनाएर ६ चोटि काँचो धागो दोहो¥याई बनाइन्छ । यो जजंका हाम्रो शरीर जत्तिकै लामो बनाइन्छ । फलफूलसँग सेलमरि (सेलरोटी) मिठाइ, पान, मसलाप्वः (किसमिसको पोका) गच्छेअनुसार किस्तीमा भाग राखिन्छ । पूजामा प्रयोग हुने फल प्रसादहरूमा बिमिरो, भोगते, सुन्तला, चाक्सी, केरा, काल्ज्यामिर, स्याउ, हलुवावेद, ओखर, कटुस, नासपाति, अमला, सत्बयर आदि फलफूल र रोटी, मसलापोका मिलाई किस्तीमा भाग सजाएर राखिन्छ । त्यसमा दश थान काँचो धागोबाट बनेको जजङ्का, फूलमाला (भएसम्म सुपारीको ), फूल (भएसम्म गोदावरी फूल) एक–एक वटा राखेको हुन्छ ।
मण्डपलाई चारैतिर कालो भटमास, आँखेले घेरेर बनाउनुको अर्थ आफूलाई सुरक्षित् बनाएको मानिन्छ भने रातो टीका मण्डपको बिचमा राख्नु आफू बसेको मानिन्छ । यसरी गरेको म्हःपूजाले अनिष्ट, दुःख–कष्ट तर्ने मान्यता छ । मण्डलमा चढाउने धानलाई बसुन्धराको प्रतीक, भटमासलाई शनिश्चर देवताको प्रतीक र मासलाई सङ्कटाको प्रतीक ठानिन्छ । यी सबै राखिसकेपछि पाँचवटा फूल र जजङ्का चढाइन्छ र मण्डल तयार हुन्छ ।
पूजा गर्ने तरिका :
यस पूजा सुरु गर्न सर्वप्रथम घरको बुइँगलमा वा अन्य खुला कोठाको भुइँमा सरसफाइ गरी लिप–पोत गरिन्छ । ढुङ्गाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल बनाइन्छ । यसबाहेक सबैभन्दा माथि एक र सबैभन्दा मुनि एक गरी दुई वटा थप मण्डल देवताका लागि बनाइन्छ । मण्डललाई फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ । नेवाःहरू यो दिनमा विभिन्न वस्तु कुट्ने,पिस्ने ढुङ्गा वा खललाई कुमारको प्रतीक, कुचोलाई ब्रह्माको प्रतीक, नाङ्लोलाई म्हःादेवको प्रतीक र कलशलाई पवित्रताको प्रतीक मान्दछन् । त्यसैले म्हः पूजा गर्ने बेला यी सबै स्थापना गरी पूजा गरिन्छ ।
त्यसरी नै खल, कुचो, नाङ्लो र कलशको पूजा गरिन्छ ।
शरीर अक्षताजस्तै कहिल्यै नबिग्रियोस्, ओखरजस्तै बलियो, कडा रहोस्, लावाजस्तै चम्किलो बनोस्, तेलको दागजस्तै गाढा रहोस् र सुपारी पूmलजस्तै कहिल्यै नओइलाओस् भनी अक्षता, लावा, अबिरसहितले पूजा गर्ने परम्परा छ ।
म्हः पूजाको क्रममा बाटा वा नाङ्लोमा राखिएको सयपत्री, मखमली (सुपारी), गोदावरी, लक्ष्मीफूल, बुकीफूल, सिन्ह स्वाँलगायतका विभिन्न किसिमका फूलहरूको मिश्रणमा मिलाइएका सुन्तला, केरा, स्याउ, ओखर, कटुस, नासपाति, अमला, सत्बयर आदि विभिन्न फलहरू र रोटीका टुक्राहरू, ताय् र पैसा नकिंले सिंफामा भरी घटीमा तीन–तीन पटक सबै सदस्यहरूलाईे घुँडा र कुममा छुवाएर टाउकोमा खन्याइन्छ । यसलाई लुकेगु भनिन्छ । अर्थात्, अभिषेक (घ्वाल्ल) गर्दछिन् । यी सबै कार्य सम्पन्न गरिसकेपछि परिवारका जेठो सदस्य वा दोस्रो मुख्य महिला सदस्यले नकिंलाई उही विधि अपनाई पूजा गर्दछ ।
५) भाइटीका :
यमपञ्चकको पाँचौँ/अन्तिम दिनलाई नेपालभाषामा किजापूजा भनिन्छ ।
नेवाःसमुदायमा यसदिन तन्त्रमा आधारित मण्डल, बनाई विभिन्न तन्त्रोक्त प्रतिनिधत्व गर्ने भटमास, ताय, नैबेद्यजस्ता सामग्रीहरूले सजाई तयार गरिन्छ र आ–आफ्नो चलनअनुसार विधिपूर्वक पूजा अगाडि बढाइन्छ । दिदीबहिनीहरूले आफ्नो दाजुभाइहरूको प्राणसमेत रक्षा गर्न सक्ने दिन भएकोले यस दिनको विशेष म्हःत्व रही आएको छ ।
पूजा विधिः नेवार समुदायमा भने म्हः पूजा गरेकै विधिअनुसार किजापूजा गर्ने चलन छ । पूजा सकिएपछि अण्डासगुन दिने काम हुन्छ । अनि फलफूल, मिठाइ, मखमलीको माला, जजंकासहितको थाली ग्रहण गर्ने काम हुन्छ । त्यसपछि चेलीलाई पनि दक्षिणा, उपहार आदि प्रदान गर्ने चलन छ । नवविवाहित चेलीले पहिलो वर्ष त न्हुगु कूः भनेर भाइटीकामा आउँदा विशेष प्रकारका खानेकुरा, फलफूलसहित आउने चलन छ । माइती पक्षले पनि भाइटीकामा ल्याएको न्हुगु कूःको बदलामा यःमरी पूर्णेको अवसरमा लिः कूः पठाउनुपर्छ ।
अन्तमा, पाँच दिनसम्म मनाइने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथा अनुसार सूर्यका छोरा यमराज द्वापर युगमा आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।
२) दाजुको आयु पनि क्षय नहोस् अर्थात् अकाल मृत्यु नहोस् भनी वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *