चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, ४ कार्तिक । चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा भिन्तुना तथा शुभकामना ¥याली मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले देश बन्न सार्वभौमसहितको भूगोल, जनसङ्ख्या, भाषा हुनुपर्ने उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घमा नेपालको तर्फबाट नेपालभाषाको रञ्जना लिपि दर्ता भएपछि नेपाल संरा सङ्घको सदस्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका पार्टीहरूको अकर्मण्यताका कारण देशको विदेशी ऋण २७ खर्ब र देशको व्यापार घाटा वार्षिक १५ खर्ब पुग्यो; कृषिप्रधान देशले जनतालाई चाहिने दाल, चामल तरकारीसमेत विदेशबाट ल्याउनुपर्ने स्थितिमा पु¥यायो ।”
सचिव सुवालले भन्नुभयो, “भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नु जरूरी छ । सार्वजनिक भवनमा आगलागी गरेर देशको हित हुँदैन । विदेशी शत्रुहरूले देशलाई बरोबर ध्वंस गराइरहेकोतर्फ नेपाली जनता सचेत हुनु जरूरी छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले सबै नेपालीको भाषा, संस्कृतिको जगेर्ना गर्नु जरूरी छ भन्नुभयो ।
संसारमा भएका राजनीतिक गतिविधिबारे सचेत एवं जानकार हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “विश्वको जुनसुकै कुनामा हुने अन्याय र अत्याचारको विरोध गर्नु सम्पूर्ण नेपाली जनताको कर्तव्य हो । इजरायली फासीवादले प्यालेस्टिनी जनतामाथि गरिरहेको कहालीलाग्दो नरसंहारको विरोध गर्नुपर्छ ।”
समाजवादी व्यवस्थाले मात्र शान्ति कायम गर्नसक्ने भएकोले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्र्घषरत रहेको उहाँले बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेपाल संवत् नेवारहरूको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत् भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिकामा भ्रष्टाचार बढ्दो छ, यसतर्फ नगरवासीले बेलैमा सजग गराउनु जरूरी छ ।”
आयोजक समितिका अध्यक्ष रामकृष्ण लिगलको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णराम सुलु र सूर्यबहादुर फोजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विनोद विकले गीत र गणेश मा.वि. छालिङका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।
¥याली छालिङ भाजुभैरवबाट सुरू भई कुन्यौटा, गुडी, दथेपुथे टोल, गैडा गाउँ, साँखूमल, बाटा गाउँ, गुसीटार, त्याटल गाउँ, पकुनेपाटी हुँदै झौखेल लाकिलामा समापन भएको थियो ।
Leave a Reply