क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
नेपाल संवत् नयाँ वर्षको सुरुसँगै देश र जनतालाई दुःख हुने पुँजीवादी बन्दोबस्त फालेर देश र जनतालाई हित हुने नयाँ समाजवादी बन्दोबस्तबारे छलफल गर्नु उपयुक्त हुन्छ । अहिले नयाँ वर्षको सुरुआतसँगै नेपाली जनता सुख शान्तिको श्वास फेर्ने अवस्थामा छैनन् ।
नेपाल संयुक्त राष्ट्र सङ्घमा सदस्य बन्न त्यतिबेला सरकारले नेपालभाषाको लिपि पेस गरेको हो । नेपाललाई सार्वभौम देशको रूपमा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गर्न नेपालभाषाको योगदान महत्वपूर्ण रहेको छ ।
XXX
सरकारहरूले नेपाली जनतालाई सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ बोकाए भने वर्षको १५ खर्ब रुपैयाँ व्यापार घाटा बोकाउँदै छन् । सरकारको कुल १२ खर्ब रुपैयाँ बेरुजुमध्ये ४ खर्ब रुपैयाँ असुल उपर गर्नुपर्ने अवस्था छ । सरकारले एक करोड हाराहारी नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको हुँदा हाल चामल, तरकारी, फलफूलसमेत भारतसँग किन्नुपर्ने अवस्था भयो ।
वैदेशिक रोजगारीमा पठाइएका नेपाली युवालाई तत् देशमा खतरा, गा¥हो र फोहर ठाउँमा समेत काम गराइने सार्वजनिक भइरहेको छ । कुवेत, बहराइन, ओमनलगायत खाडी मुलुकमा पठाइएका नेपाली महिलाहरूलाई सडकमा खसी बोकाझैँ बिक्रीमा राखिएको संसदीय दलको प्रतिवेदन, २०७३ संसद्मा अभिलेख छ । तर, सरकारहरू कानमा तेल र आँखामा पट्टी हालेर बसे ।
XXX
गएको भदौ २३ गते युवाहरूले काठमाडौँमा सामाजिक सञ्जाल बन्दको विरोधमा सडक प्रदर्शन गरे । शान्तिपूर्ण भनिएको सो प्रदर्शनमिा घुसपैठ भयो भनियो । सरकारको गोली प्रहारले काठमाडौँमा १७ जना र सुनसरीमा २ जनाको मृत्यु भयो ।
भदौ २४ गते भएको युवा प्रतिरोधमा घुसपैठ भएकाहरूबाट संसद् भवन, सिंहदरबार, सर्वाेच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवासलगायत देशका विभिन्न जिल्लाका सरकारी भवनहरूमा आगजनी गरिए ।
सरकारको सुरक्षा निकायले सम्भावित घुसपैठबारे धेरै अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराए पनि नेका र एमालेको समर्थन प्राप्त ओलीले बेवास्ता गरेको पनि सार्वजनिक भयो । सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसके समयमै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने थियो ।
भदौ २४ गते दिउँसो २ बजे देशभरि आगजनी भएपछि मात्र प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिए । सार्वजनिक भएअनुसार नेपाली सेनाले प्रधानमन्त्री ओलीलाई सुपारीटार हेटौँडाको सैन्य ब्यारेकमा, राष्ट्रपति रामचन्द्र पौडेललाई नारायणहिटी सङ्ग्रहालयको सैन्य ब्यारेकमा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सिंहदरबारभित्र सैन्य ब्यारेकमा राखे ।
भदौ २४ गते राति १० बजेदेखि शान्ति सुरक्षाको जिम्मा नेपाली सेनाले लियो र प्रदर्शनकारी युवा प्रतिनिधिलाई वार्तामा बोलायो । राष्ट्रपति पौडेलले भदौ २५ र २६ गते प्रधानमन्त्री ओली, नेकाका उपसभापति पूर्णबहादुर खड्का, माओवादीका दाहालसँग पटक–पटक टेलिफोन संवाद गरी भदौ २७ गते सुशीला कार्की, मोरङलाई प्रधानमन्त्रीमा नियुक्ति गरे भने प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते चुनाव हुने प्रेस विज्ञप्ति प्रकाशित गरे । पे्रस विज्ञप्तिमा उल्लेख छ – “प्रधानमन्त्री ओलीको सिफारिस र सहमतिमा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरिएको छ ।”
XXX
राष्ट्रपति पौडेलले संविधान दिवसको दिन असोज ३ गते प्रतिनिधिसभामा भएका दलहरू र प्रधानमन्त्री सुशीला कार्कीलाई निम्ता गरी आफ्नो सरकारी निवासमा भेटघाट गराए भने असोज २७ गते निर्वाचन वातावरण बनाउन सरकार र दलहरूलाई निम्ता गरी छलफल गराए । निर्वाचन आयोगले असोज ३० गते सरकार र दलहरूलाई निम्ता गरी निर्वाचन तयारीबारे जानकारी गराए । कार्तिक ४ गते प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा निर्वाचनबारे संसद्मा भएका दलहरूसँग छलफल गरे ।
XXX
प्रधानमन्त्री कार्कीले कार्तिक ४ गते बोलाएको बैठकमा एमालेका उपसचिव शङ्कर पोखरेलले केपी ओलीविरुद्ध राहदानी स्थगन, स्थान हदको साथै पक्राउ र चुनावमा उठ्न नदिने हौवा चलाइएको अवस्थामा चुनावको वातावरण नहुने बताए ।
माओवादीका पम्फा भुसालले निर्वाचनमा भाग लिने पार्टीको निर्णय भएको तर भदौ २४ गतेको घटनालाई प्रतिक्रान्ति बताए । उनले सरकारले पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको सुरक्षामा खटाइएकालाई खोसेर ‘बहादुरी’ देखाएको आरोप लगाए ।
नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म पार्टीले निर्वाचनलाई उपयोग गर्ने नीति लिएको उल्लेख गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित हुनुपर्ने, पैसा र सामान बाँड्ने, भोज खुवाउनेहरूको उम्मेदवारी खारेज हुनुपर्ने मत राख्यो । युवाहरूको सडक प्रदर्शनलाई सम्बोधन गर्न उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरी आर्थिक समानता कायम गर्नुपर्ने, भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण र ठुला भ्रष्टाचारीहरूलाई मृत्यु दण्डसमेत दिने कानुन बनाउनुपर्ने, नेतृत्व सिद्धान्त र विचारले गर्ने, सरकारमा गएर आर्थिक र वैदेशिक मामिला एउटै हुने दलहरूको अलग अस्तित्वको औचित्य नहुने विचार नेमकिपाले राख्यो ।
नेकाका महामन्त्री गगन थापाले कारागारबाट भागेका कैदी बन्दी र प्रहरीसँग लुटिएका हतियार बाहिरै राखेर चुनावको वातावरण नहुने उल्लेख गर्दै शासक दलकै मानिसहरू लागेर आफ्नो घर जलाएको बताए ।
बैठक गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २४ गते भारतीय दूतावासमा आक्रमण हुने अवस्थामा भएपछि युवाहरूको आग्रहमा आफू वार्तामा पुगेको उल्लेख गर्दै भारतीय दूतावासमा आक्रमण गरिएको भए भारतीय सेना नेपाल पस्ने समेत बताए ।
XXX
काठमाडौँ उपत्यकाको जमिन भारी संरचना थेग्न नसक्ने र भासिने गरी कमजोर भएको हुँदा ७४ जिल्लाका मानिसलाई आ–आफ्नै जिल्लामा पूर्वाधार बनाएर बसोबास गराई देशको सन्तुलित विकास गर्नुपर्ने र काठमाडौँ उपत्यकाका बासिन्दा एक चिहान हुन रोक्नुपर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ ।
कतिपय देशमा एक परिवारलाई एउटा घर बनाउने दिने कानुनी व्यवस्था नेपालमा पनि आ–आफ्नो जिल्लाभित्र मात्र एउटा घर बनाउन दिने व्यवस्था गर्नु जरुरी छ ।
नेपाली जनता बाँचेमात्र यहाँको १२६ जातिको १४८ भन्दा बढी भाषा पनि बाँच्ने हो । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले लक्ष्मीपूजा, म्हाः पूजा, भाइटीका बिच दिन टुट्न नहुने गरी लगातार हुने बताउनुभएको हो । आउने वर्षदेखि बिचमा टुटा नहुने गरी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न सम्बन्धित संस्कृतिविद् र निकायको ध्यान जानु जरुरी छ ।
XXX
अङ्ग्रेजहरूले नालापानीको युद्धमा नेपालीसँग मित लगाएर पानीको मुहान थुनेर नालापानी जितेजस्तै पृथ्वीनारायण शाहले भक्तपुरका राजाका छोरासँग मित लगाएर मित्रघात गरी काठमाडौँ उपत्यकालाई जितेको र त्यसयता काठमाडौँ उपत्यकाको विनास सुरु भएकोतर्फ सबै सचेत हुनु आवश्यक छ ।
नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा भएको आजको हाम्रो सडक प्रदर्शनमा शिक्षा–स्वास्थ्य निःशुल्क हुनुपर्ने, सार्वजनिक जग्गा संरक्षण हुनुपर्ने, नगर अस्पतालमा बन्दोबस्त हुनुपर्ने आवाज उठेको सामयिक छ ।
(न्हू दँ हना खलः टोखाको आयोजनामा २०८२ कार्तिक ५ गते नेपाल संवत् ११४६ को अवसरमा न्हू दँ (नयाँ वर्ष) को शुभकामना ¥यालीको समापनमा नेपाल मजदुर किसान पार्टीका सचिव पे्रम सुवालले व्यक्त गर्नुभएको मन्तव्यको सार – सं.)
Leave a Reply