भर्खरै :

बिचौलियाको मारमा धानखेती किसान पनि

बिचौलियाको मारमा धानखेती किसान पनि

सरकारले गत साउन २९ गते मोटा धान प्रतिक्विन्टल तीन हजार चार सय त्रिपन्न रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६ सय अठाइस रुपैयाँ समर्थन मूल्य तोकेको थियो । तर, बर्दियाका किसानहरू सरकारले तोकेको मूल्त्न्दा निकै सस्तोमा धान बेच्न बाध्य भएको सार्वजनिक भयो । चाडपर्व नजिकिएसँगै खर्च जोहो गर्न किसानहरूले सस्तोमा धान बेच्नु परेको हो ।
स्थानीय बिचौलियाले बर्दियाका किसानहरूबाट मोटा धान प्रतिक्विन्टल दुई हजार चार सय रुपैयाँदेखि दुई हजार सात सय रुपैयाँमा नै धान खरिद गर्दै छन् । सरकारले तोकेको समर्थन मूल्त्न्दा कम मूल्यमा धान खरिद गर्नु स्थानीय बिचौलियाको लुट जस्तै हो । तर, स्थानीय प्रशासन मौन छ ।
भण्डार गर्ने स्थानको अभाव हुँदा किसानहरू सस्तोमै धान बेच्न बाध्य छन् । गुलरिया नगरपालिका–२, पण्डिपुरका किसान लोकप्रसाद भुसाल बिचौलियाले कम मूल्य राख्दा किसान मारमा परेको गुनासो गरेको र राजापुर नगरपालिका–७, भिम्मापुरका अर्का किसान पहारी थारू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमा धान खरिद नगर्दा किसान मर्कामा परेको बताएको सार्वजनिक भयो ।
ठाकुरबाबा नगरपालिकास्थित सिंहवाहिनी शिवशक्ति कृषक बहुद्देश्यीय सहकारी संस्थाले विगत वर्षमा सरकारको समर्थन मूल्यमा धान खरिद गरिरहे पनि यस वर्ष छठपछिमात्र धान खरिद गर्ने बताएको र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि तिहारपछिमात्र राजापुर क्षेत्रका तीन स्थानबाट धान खरिद गर्ने बताएको थप सार्वजनिक भयो ।
कम्पनीले यस वर्ष एक लाख नब्बे हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको समाचारमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाहरूबाट तीन लाख क्विन्टल धान खरिद गर्न आग्रह आएको समाचारसँगै स्थानीय बिचौलिया नाफाका लागि मरिहत्ते गरिरहेका छन् ।
प्रतिक्विन्टल एक हजार रुपैयाँ नाफा लिन बिचौलियाको आग्रहमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्न ढिलाइ गरिरहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *