सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
- कार्तिक १५, २०८२

भक्तपुर, १० कार्तिक । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले स्वास्थ्य विशेष ‘हाम्रो प्रयास’ स्मारिका प्रकाशन गरेको छ । स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी र सन्देशमूलक लेखहरूको सङ्गालोको रूपमा रहेको उक्त स्मारिकाको विशेष अङ्क वरिष्ठ जनस्वास्थ्यविज्ञ तथा साहित्यकार योगेन्द्र प्रधानले गर्नुभएको हो ।
 उहाँले चिकित्सा र जनस्वास्थ्यबिच फरक रहेको उल्लेख गर्दै सरकारले अस्पतालको स्वास्थ्य सङ्ख्या बढाउनुको सट्टा जनस्वास्थ्यमा लगानी गर्नुपर्ने बताउनुभयो ।
 उहाँले जनस्वास्थ्य क्षेत्रमा गरेको लगानीले पूरै समाजलाई निरोगी बनाउन सकिने चर्चा गर्दै उपचारात्मक उपचार पद्धतिलाई भन्दा प्रवद्र्धनात्मक, प्रतिकारात्मक उपचार पद्धतिमा जोड दिनुभयो ।
 अस्पताल उपचार केन्द्र नभई रोगीको केन्द्रका रूपमा परिणत भएकोले प्रतिकारात्मक उपचार पद्धतिलाई प्रवद्र्धन गर्ने विज्ञानको रूपमा रहेको जनस्वास्थ्यलाई बढावा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
 नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले नेपाललाई क्षयरोगमुक्त बनाउन सरकार लागिरहेको उल्लेख गर्दै क्षयरोगको उपचारको पहुँचमा नआएका बिरामीहरूलाई उपचारको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
 उहाँले सरकारका मन्त्रीहरूले क्षयरोग नियन्त्रणका लागि आश्वासन दिने तर आश्वासनअनुसार काम गर्ने नगरेको अनुभव सुनाउँदै सङ्घसंस्थालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
 प्रधानसम्पादक, स्वास्थ्यकर्मी तथा साहित्यकार धनमान श्रेष्ठले भक्तपुरमा क्षयरोग निवारण संस्था स्थापनाको पृष्ठभूमिबारे चर्चा गर्दै संस्थाको क्रियाशीलताले क्षयरोग निवारणमा सहयोग पुगेको बताउनुभयो । उहाँले इमानदारीका साथ सामाजिक कार्य गर्दा जनताको साथ सहयोग हुने उल्लेख गर्नुभयो ।
 नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय पूर्वकोषाध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले क्षयरोग नियन्त्रणका लागि संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाउँदै स्मारिकाका महत्वपूर्ण स्वास्थ्य लेख र विचारलाई सबैतिर पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
 अनन्त धौभडेलले सबैको प्रयासले स्वास्थ्य समस्या समाधान गर्न सकिने भएकोले एक अर्काबिच समन्वय र सहकार्य जरुरी रहेको चर्चा गर्नुभयो ।
 भक्तपुर अस्पतालकी मेट्रोन सजना साखले भक्तपुर अस्पतालले दिनानुदिन प्रगति गरिरहेको जानकारी दिँदै गुणस्तर स्वास्थ्य सेवाको केन्द्रको रूपमा भक्तपुर अस्पताल परिचित हुँदै गइरहेको बताउनुभयो ।
 भक्तपुर डाक्टर एशोसिएसनका अध्यक्ष डा. पुण्यराम खर्बुजाले भक्तपुरमा डाक्टरहरूको तथ्याङ्क प्रस्तुत गर्दै स्वास्थ्य सचेतनाका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
 कार्यक्रममा डा. एलिजा श्रेष्ठले पछिल्लो समयमा नेपालमा पाठेघरको क्यान्सर रोगी महिलाको सङ्ख्या दिनानुदिन बढिरहेको जानकारी दिँदै क्यान्सर नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो ।
 संस्थाका सचिव विजय कर्माचार्यले क्षयरोग निवारणका लागि संस्थाले सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।
 संस्थाका अध्यक्ष हिरण्यलाल जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले क्षयरोग निवारणका लागि गरिरहेको क्रियाकलापबारे जानकारी दिनुभयो । विभिन्न विशेषज्ञ डाक्टरहरूको स्वास्थ्य लेख, कथा, जानकारी समावेश भएको स्मारिकाको सम्पादकको भूमिका हरिसुन्दर छुकांले गर्नुभएको थियो ।
 कार्यक्रमको महत्वबारे सञ्चारकर्मी नवीना खर्बुजाले बताउनुभयो । नेपाल क्षयरोग निवारण संस्थाको भक्तपुर शाखा वि. सं. २०३६ साल साउनमा स्थापना भएको थियो ।
Leave a Reply