भर्खरै :

पाँगामा ‘भैरवनाथ तः गुथि’ पुस्तक विमोचन

पाँगामा ‘भैरवनाथ तः गुथि’ पुस्तक विमोचन

काठमाडौँ, १० कार्तिक । भैरवनाथ तः गुथिका सहसचिव एवं नाइके श्रीकृष्ण महर्जनद्वारा लिखित ‘पाँगामा भैरवनाथ तःगुथि’ नामक नेपालभाषाको पुस्तक सोमबार सार्वजनिकीकरण भयो ।
पुस्तकको विमोचन तः गुथिका ज्येष्ठ नागरिक शेरबहादुर महर्जन, नारायण महर्जन, गुथिका अध्यक्ष बद्रीलाल महर्जन, वाग्मती प्रदेशसभा सदस्य पुकार महर्जन र लेखक श्रीकृष्ण महर्जनले संयुक्त रूपमा गर्नुभयो ।
लेखक महर्जनले आफ्नो पुस्तक पाँगाको परिचयअन्तर्गत भौगोलिक, ऐतिहासिक, पाँगा बस्तीको संरचना, बाटो र ठाउँ, पाँगाको मन्दिर, चारदोबाटो
(छ्वास) ढोका र पाटी, पानीको व्यवस्था, जात्रा पर्व, बाजा र पाँगाको गुथिबारे प्रस्टसँग उल्लेख गरेको बताउनुभयो ।
उहाँले पुस्तकमा भैरवनाथ तः गुथि र कार्यविधिअन्तर्गत सनातन संस्कारका साथै गुथिको आर्थिक कारोबार समावेश गरी पाँगा र पाँगाका गुथिबारे अध्ययन गर्नेहरूको लागि सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकमा पाँगाका विभिन्न स्थानको शिलापत्र पनि कैद गरिएको छ ।
कार्यक्रममा वाग्मती प्रदेश सांसद पुकार महर्जनले यो पुस्तक ऐतिहासिक र प्रेरणादायी हुने भएकोले लेखक र प्रकाशकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा पुस्तकका प्रकाशक पब्लिकेसन इन्क प्रालिका प्रबन्धक विदुर डंगोलले पाँगावासी कुनै लेखकले ऐतिहासिक पुस्तक रचना गरे फेरि प्रकाशन गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।
तः गुथिका अध्यक्ष एवं कार्यक्रमका सभापति बद्रीलाल महर्जनले पुस्तक ऐतिहासिक दस्ताबेज भएकोले सबै गुठियारलगायत सर्वसाधारणले किनेर सहयोग गर्न आग्रह गर्दै पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक शेरबहादुर महर्जन र नारायण महर्जनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *