कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, १४ कार्तिक । वागीश्वरी माध्यमिक विद्यालय आधारभूत तहको विद्यार्थी हित समितिको आयोजनामा शुक्रबार ‘सुशासन, अनुशासन र विद्यार्थी’ र ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ विषयमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले अतिरिक्त क्रियाकलापको आयोजनाले विद्यार्थीमा रहेका प्रतिभाहरू प्रस्फुटन हुने मौका पाउने भएकोले नियमित गरिरहनु पर्ने आवश्यकता औँल्याउँदै विद्यालयले विद्यार्थीको हितमा हुने हरेक कार्यमा सहयोग गर्दै आएको बताउनुभयो ।
विद्यार्थीले अध्ययनमा जोड दिनुका साथै अनुशासनको महत्वलाई पनि बुझ्नुपर्ने धारणा राख्दै उहाँले अनुशासनले विद्यार्थीको भावी जीवन सुन्दर बन्न सहयोग गर्नेछ भन्नुभयो ।
विद्यालयका निमावि तहका इन्चार्ज शिक्षक विश्वराम प्रजापतिले निबन्ध लेखन प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गीण विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका सगुन धन्छाले विद्यार्थीहरू राजनीतिकरूपमा सचेत हुनुपर्ने धारणा राख्दै राजनीतिका विभिन्न विचारधाराको सकारात्मक र नकारात्मक पक्षबारे जानकारी राख्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष मनिषा शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू मुना तामाङ, सीता कार्की, विद्यार्थी हित समितिका रिेजेन धन्छा र सोनिया शाहीले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा कुसुना अधिकारी, अनुष्का कार्की र सिम्रिका पोखरेल पुरस्कृत भएका थिए ।
Leave a Reply