भर्खरै :

सी चिनफिङद्वारा एपेक सीईओ शिखर सम्मेलनमा महत्वपूर्ण भाषण

सी चिनफिङद्वारा एपेक सीईओ शिखर सम्मेलनमा महत्वपूर्ण भाषण

क्वाङ्जु, १४ कार्तिक (सीआरआई) । स्थानीय समय अनुसार अक्टोबर ३१ तारिख दिउँसो, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण कोरियाको क्वाङ्जुमा आयोजित एपेकका सीईओ शिखर सम्मेलनमा “एसिया–प्रशान्त क्षेत्रमा अग्रणी भूमिका खेल्ने र संयुक्त रूपमा विश्व विकास र समृद्धिलाई प्रवद्र्धन” शीर्षकको महत्वपूण लिखित भाषण दिनुभएको छ ।
सी चिनफिङले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति जटिल र अस्थिर रहेको र विश्व नयाँ चौबाटोमा उभिउँदै भविष्यको दिशाले विश्वलाई गहिरो प्रभाव पार्ने उल्लेख गर्नुभयो । सबै पक्षहरूले दूरदर्शिता र जिम्मेवारी प्रदर्शन गरी एसिया–प्रशान्त क्षेत्रका जनताको अपेक्षा पूरा गर्ने र इतिहासको परीक्षामा टिक्न सक्ने छनौटहरू गर्नुपर्ने दोहो¥याउनुभयो ।
सी चिनफिङले एपेक आर्थिक भूमण्डलीकरणको लहरको प्रतिक्रियामा स्थापना भएको थियो, जसको लक्ष्य व्यापार र लगानी उदारीकरण र सहजीकरणलाई प्रवद्र्धन गर्ने र आर्थिक वृद्धि र समृद्धिलाई समर्थन गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, सबै पक्षहरूले आफ्नो मौलिक मिशनलाई पुनः पुष्टि गरी थप गतिशील र लचिलो एशिया–प्रशान्त सहयोगमार्फत विश्वमा उत्कृष्ट योगदान दिनुपर्छ अर्थात पहिलो, शान्ति र स्थिरता कायम राख्न नेतृत्व लिने । दोस्रो, खुलापन र एकीकरण लागु गर्न नेतृत्व लिने । तेस्रो, जीत–जीत सहकार्यको पालनामा नेतृत्व लिने । चौथो, समावेशी र समतामूलक विकासलाई प्रवद्र्धन गर्न नेतृत्व लिने ।
छ्युश पत्रिकामा सी चिनफिङको १५औं पञ्चवर्षीय योजनासम्बन्धी महत्वपूर्ण लेख प्रकाशित
यसैबिच नोभेम्बर १ तारिख प्रकाशित छ्युश पत्रिकाको २१ औँ अङ्कमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको “राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको लागि १५ औं पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सुझावबारे व्याख्या” शीर्षकको एउटा महत्वपूर्ण लेख प्रकाशित हुनेछ ।
सी चिनफिङले आर्थिक तथा सामाजिक विकासलाई मार्गदर्शन गर्न मध्यम र दीर्घकालीन योजनाहरू तर्जुमा गर्नु पार्टीको लागि देश शासन गर्ने एउटा महत्वपूर्ण तरिका हो भनी औँल्याउनुभएको छ । उहाँले चीनको अर्थतन्त्र र समाजको दिगो र स्वस्थ विकासलाई प्रवद्र्धन गर्न र समाजवादी आधुनिकीकरणको समयमै प्राप्तिको लागि अझ बलियो जग बसाल्न १५ औँ पञ्चवर्षीय योजनाको उचित तर्जुमा धेरै महत्वपूर्ण भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *