सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

हिमाल, पहाड, तराई आहा !
धान फल्ने फाँटहरू
सुनैले सजिएका
पहेँलपुर जहाँतहीँ ।
मानो रोपेर मुरी फलाएको
पहेँलपुर फाँटहरूमा धान
भित्याउने समय यो
किसानलाई भ्याइ नभ्याई ।
तिहार लगत्तै
छठपर्वको सङ्घारमा
एकाएक आकासमा
मडारिन थाल्छन् बादलहरू ।
बङ्गाल खाडीको रे !
मोन्था चक्रवात
देशैभरि कतै वर्षा
कतै हावाहुरी, हिमपात ।
मुखैमा पर्न लागेको फसल
भित्याउने समय
मौसमले साथ नदिँदा
पौरखी किसानलाई कति पीडा ।
परिश्रमको फल भित्र्याउने बेला
यस्ता चक्रवात नआइदिए हुन्थ्यो
प्रकृतिले दुःख नदिए हुन्थ्यो
मनमा थियो किसानको आस ।
हिमाली पर्यटकीय क्षेत्रहरूमा
वर्षा र हिमपातले
देशी, विदेशी यात्रीहरू
विचल्लीमा परे होलान् ।
अझै कति दिन पर्ने होला ?
हावाहुरी, वर्षा, हिममात
दैनिक जीवनयापनमा
कति प्रभाव पर्ने होला ।
क्षति त आखिर क्षति नै थियो
देश र जनताका लागि
दिनरात हावाहुरीको पर्वाह नगर्ने
किसानलाई भयो दुःख अति ।
Leave a Reply