भर्खरै :

सोभियत सङ्घको समाजवादी क्रान्ति : नायक र खलनायकहरू – २

सोभियत सङ्घको समाजवादी क्रान्ति : नायक र खलनायकहरू – २

(पत्रकार समाज नेपालले प्रकाशित गरेको स्तालिनका अङ्गरक्षक ए. टी. रेबिनको संस्मरण पुस्तकको नेपाली रूपान्तरण ‘स्तालिनसँग’ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको भूमिका पाठकको अध्ययनको निम्ति प्रकाशित गरिएको छ । – सम्पादक)
बैठकले पार्टीको तलदेखि माथिल्ला सबै समितिहरू निर्वाचित गराउने, वर्गीय सङ्गठनहरूले पार्टीलाई सबै रिपोर्टहरू दिनुपर्ने र बहुमतको निर्णयलाई मान्नुपर्ने कडाइपूर्वक अनुशासन मान्ने, तल्लो समितिले माथिल्लो समितिको निर्णय मान्ने एवम् प्रजातन्त्र र केन्द्रीयताको नीति स्वीकार्नुपर्ने निर्णय ग¥यो । बैठकहरूमा लेनिन सिपाहीहरू आ–आफ्नो देशको पुँजीवादी सरकारहरूलाई हराउन बन्दुकलाई आफ्नै देशमा सोझ्यानुपर्नेमा जोड दिनुहुन्थ्यो ।
१६ अक्टोबर १९१७ मा विद्रोहको नेतृत्व गर्न स्तालिनको नेतृत्वमा एक केन्द्रलाई निर्वाचित गरियो । कामेनेभ र जिनोभित्ले विद्रोहको विरोध गरे । अक्टोबर क्रान्तिमा सर्वहारावर्गले विजय प्राप्त ग¥यो ।

स्तालिन

क्रान्तिलाई सफलतातिर लान रुसलाई शान्ति आवश्यक हुँदा ‘मित्र’ देशहरू बेलायत र फ्रान्ससँग शान्तिको प्रस्ताव अघि सा¥यो । रुसले जर्मनी र अस्ट्रियासँग शान्तिको वार्ता ग¥यो । जर्मनीले पोल्यान्ड, युक्रेन र बाल्टिक प्रदेशहरू कब्जा गर्न चाहन्थ्यो । समाजवादलाई जोगाउन ब्रेस्टलिटोभ्स्क सन्धि गर्न त्रोत्स्कीलाई सोभियत प्रतिनिधिमण्डलको सभापति बनाइयो । १० फेब्रुअरी १९१८ मा सम्झौता वार्ता भङ्ग गरी त्रोत्स्की, बुखारिन, रोडेक, प्याताकोभले ‘वामपन्थी कम्युनिस्ट’ नामको एक षड्यन्त्रकारी गुट बनाए । ‘वामपन्थी कम्युनिस्ट’ को नाममा साम्राज्यवादी जर्मनीलाई पोल्यान्ड, लातभिया, एस्टोनिया दिन चाहन्थ्यो । युक्रेनसमेत जर्मनीलाई दिई तिनीहरूले रुसलाई ठुलो हर्जाना दिन बाध्य पारे । तिनीहरूसँग लड्न लेनिनसँगसँगै सङ्घर्षमा स्तालिन पनि हुनुहुन्थ्यो ।
पार्टीभित्र ‘मजदुरविरोधी’ ‘प्रजातान्त्रिक केन्द्रवादी’ र ‘वामपन्थी कम्युनिस्ट’ भनिने विभिन्न गुटले लेनिनको सिद्धान्तको विरोध गर्दै थिए । वास्तवमा तिनीहरूले सर्वहारा क्रान्तिको वर्ग शत्रुहरूलाई सहयोग गरिरहेको बताउँदै लेनिनले ३ अप्रिल १९२२ मा केन्द्रीय समितिको विस्तारिक बैठकमा ४३ वर्षीय स्तालिनलाई महासचिव बनाउन पार्टीमा प्रस्ताव राख्नुभयो । पार्टीले यो प्रस्ताव पारित गरेर अत्यन्त दूरदर्शी निर्णय लिएको साबित भयो ।
लेनिनलाई रोगले च्याप्दै लगेपछि पार्टीभित्रका जिम्मेवार नेताहरूले आफ्ना गतिविधि बढाउँदै गए । २१ जनवरी १९२४ मा मस्को नजिकैको गोर्की भन्ने गाउँमा लेनिनले अन्तिम सास लिनुभयो । रुसी कम्युनिस्ट पार्टी, रुसी जनता र संसारका तमाम कामदारवर्गको निम्ति दुःखद घटना थियो ।
सन् १९२४ मा त्रोत्स्कीहरूले ‘स्थायी क्रान्ति’ र ‘पुँजीवादको घेरा चुँडाल्ने’ नाममा युरोपमाथि हमला गर्न लगाई रुसको समाजवादलाई समेत क्षति पु¥याउन चाहन्थे ।
बुखारिनहरू पुँजीपतिहरूलाई नास नगरी गरिबलाई धनी बनाउने गफ हाँक्थे, सारमा ‘धनी बन’ भन्दै रुसको शोषक किसान कुलाकहरूलाई जोगाउन चाहन्थे ।
जिनोभित् र कामेनेभले कला–कौशलमा पछि परेको रुसमा समाजवादको विजय सम्भव नहुने बताउँदै रुसलाई कच्चा माल आपूर्ति गर्ने देशमै झार्न चाहन्थे, मेसिनरी (यान्त्रिक सामान) र तयारी सामानमा रुसलाई परनिर्भर बनाउन चाहन्थे । यसरी पार्टीविरोधी पक्षहरू मजदुरवर्गको सहयोगी मध्यम किसानलाई समाजवादको पक्षमा हुनसक्दैनन् भन्दै कुलाकहरूसँग मिलाउन चाहन्थे, जसको अर्थ समाजवादलाई पछाडिबाट तान्ने काम थियो ।
डिसेम्बर १९२५ मा पार्टीको चौधौँ महाअधिवेशनले त्रोत्स्की, बुखारिन, कामेनेभ, जिनोभित्का खोटो दृष्टिकोणलाई अस्वीकार भन्दै स्तालिनले ‘लेनिनवाद’, को ‘नयाँ विरोध’ भनी ‘रुसलाई एक खेतीवाल देश’ बाट मेसिनहरूमा आत्मनिर्भर बनाई एक औद्योगिक देशमा रूपान्तरण गर्ने योजना प्रस्तुत गर्नुभयो । जिनोभित् र कामेनेभले स्तालिनको त्यस आर्थिक योजनाको विरोध गरे पनि महाअधिवेशनमा प्रतिनिधिहरूले योजनाविरोधीहरूले देशलाई पुँजीवादी र साम्राज्यवादीहरूको कमारा बनाउने षड्यन्त्र गरेको बताउँदै ‘स्तालिनको योजना’ लाई नै पूर्ण समर्थन गरे ।
सोभियत सङ्घको औद्योगीकरणको निम्ति सैद्धान्तिक सङ्घर्ष

त्रोत्स्की

औद्योगीकरणविना रुस स्वतन्त्र हुने थिएन न त रुसमा समाजवाद सफल हुने थियो । त्यसको निम्ति ठुलो धनराशी आवश्यक थियो । जार सरकारले जनतासँग चुसेर साम्राज्यवादी देशलाई वर्षमा ५० करोड रुबल हर्जाना तिर्दै थियो । फेरि समाजवादी देशले कमजोर देशलाई उपनिवेश बनाएर हर्जाना लिने र पुँजीवादी देशहरूसँग ऋण मागेर पुँजी जम्मा गर्ने दृष्टिकोण खोटपूर्ण थियो । समाजवादको निम्ति त्यस्ता अन्याय र पुँजीवादी देशसँग झुक्ने कुरा पनि थिए ।
औद्योगीकरणको निम्ति आफ्नै देशमा मेसिनहरू, कल–पुर्जा, मोटर, रासायनिक वस्तु, फलाम, इस्पात, इन्जिन बनाउने, बिजुली निकाल्ने, धातु र कोइला खानी उत्खनन, देशको रक्षाको निम्ति गोला–बारुद, तोप, हवाइजहाज, टैङ्क आदि युद्ध सामग्रीहरू बनाउनु आवश्यक थियो । कृषिको निम्ति कुटो–कोदालीदेखि हलो र ट्याक्टर एवम् खेतीसँग सम्बन्धित मेसिनहरू उत्पादन गर्नु जरुरी थियो ।
सोभियत सरकारले शोषकवर्गको कल–कारखाना, जग्गा–जमिन, यातायातका साधन, व्यापार र बैङ्कको नाफा एवम् हर्जाना दिने ५० करोड रुबलले उद्योग र कलकारखाना निर्माण गर्न सुरु ग¥यो । त्यही रिसमा बेलायती साम्राज्यवादले सोभियत सङ्घमाथि १९२७ मे महिनामा हमला ग¥यो र २६ मे को दिन कूटनैतिक सम्बन्ध चुँडाल्यो । ७ जूनको दिन पोल्यान्डको रुसी राजदूतको हत्या ग¥यो । रुसको विभिन्न भागमा बेलायती गुप्तचरहरूले विध्वंसात्मक गतिविधिहरू गरे । जर्मनी र अन्य देशमा रुसी वाणिज्यदूतहरूमाथि हमला गरे ।
जिनोभित् र कामेनेभहरूले नयाँ छापाखानाहरूमार्फत औद्योगीकरणको विरोध गरे, पेरिस कम्युनको बेला जस्तो मजदुर र किसानबिच झगडा लगाउने काम गरे । कुलाकहरूको पक्ष लिएर औद्योगीकरणको विरोध गरे । एकै साथमा बेलायती सरकार र पार्टीका शत्रु, त्रोत्स्कीहरू सबै एक भए ।
सन् १९२९ को वर्ष रुसको निम्ति उत्पादन वृद्धिको गौरवको वर्ष थियो । तर, बुखारिन र अन्य विरोधीहरूले विदेशी तत्वहरू, कुलाक, कालाबजारियासँग मिलेर उपद्रवहरू गर्न थाले ।
स्तालिनका सम्भावित उत्तराधिकारी
किरोभको हत्याकाण्ड
किरोभ २७ मार्च १८८६ मा रुसको कजाकिस्तानमा जन्मेका थिए । आमा–बुबाबाट वञ्चित ७ वर्षको उमेरमा किरोभ र उनकी बहिनीलाई बज्यैले पालेकी थिइन् ।
सन् १९०१ मा कजाकको एक औद्योगिक विद्यालयमा एक धनी परोपकारीले किरोभलाई छात्रवृत्तिको बन्दोबस्त गरेका थिए । इन्जिनियरिङको स्नातक भएपछि उनी साइबेरियाको एक नगर टोम्स्क (Tomsk) मा बसाइँ सरे । सन् १९०४ मा किरोभ माक्र्सवादी बने र रुसी समाजवादी प्रजातान्त्रिक श्रमिक पार्टीमा सामेल भए । उनी त्यसबेला १८ वर्षका युवा थिए ।
सन् १९०५ को रुसी क्रान्तिमा किरोभले पनि भाग लिए र पक्राउ परे । त्यसपछि बोल्शेविक पार्टीको सदस्य बनी जेलबाट रिहा भए ।
दोस्रोपटक उनी सन् १९०६ मा पक्राउ परे र कानुनविरोधी साहित्य छापेको अपराधमा उनलाई ३ वर्षको जेल सजाय भयो । जेलमुक्त भएपछि फेरि उनी क्रान्तिकारी गतिविधिमा लागे । केही समयपछि उनी तेस्रो पटक कानुनविरोधी साहित्य छापेकोमा पक्राउ परे । एक वर्षको हिरासतपछि उनी ककाससमा सरुवा भए । १९१७ को मार्चमा राजतन्त्रविरोधी फेबु्रअरी क्रान्तिपछि किरोभ रिहा भए । उनको उमेर त्यसबेला ३१ वर्षको थियो ।
क्रान्तिपछि प्रतिक्रियावादीहरूले ठाउँ–ठाउँमा सङ्घर्ष गरे । त्यसको विरोधमा किरोभले पनि बोल्शेविक सैनिक प्रशासनको नायक भएर १९२० सम्म आस्ट्राखान भन्ने ठाउँमा लाल सेनाको तर्फबाट सङ्घर्ष गरेका थिए ।
सन् १९२१ मा किरोभ अजरबैजानको कम्युनिस्ट पार्टीको प्रथम सचिव भए । उनी औद्योगीकरण र सामूहिकीकरणका समर्थक थिए । तर, बुखारिन, राइकोभ र त्रोत्स्की त्यस नीतिका कट्टर विरोधी थिए । यसकारण, तिनीहरू किरोभलाई मन पराउन्नथे । १९३० को दशकमा उनी सा¥है सक्रिय भए ।
सन् १९३० तिर सोभियत कम्युनिस्ट पार्टीको तर्फबाट लेनिनग्राद पार्टीको प्रमुख र पार्टीको सर्वोच्च पद राजनैतिक समितिका सदस्य थिए । त्यसैबेला उनलाई स्तालिनका उत्तराधिकारी सम्झिन थालिएको थियो । यसकारण, १ डिसेम्बर १९३४ मा उनकै कार्यालय स्मोल्नीमा पार्टी विरोधीहरूले ठुलो षड्यन्त्र गरे र निकोलात् (Nikolayev) भन्ने व्यक्तिले किरोभलाई पछाडिबाट गर्धनमा गोली हानेर मारे । उनी ४८ वर्षका थिए र स्तालिनपछिका सम्भावित पार्टी नेता तथा सोभियत रुसका नेता थिए, जुन कुरो साम्राज्यवादीहरूलाई मन पर्दैनथ्यो ।
किरोभको व्यक्तित्व
पेट्रोग्रादको विद्रोहको निम्ति केन्द्रीय समितिले आफ्ना प्रतिनिधिहरू पठाएर सबै मोर्चा सम्हाल्ने कार्यमा भोरोशिलोभ, मोलोतोभ, जेरजिन्स्की, कगानोविच जस्तै अन्य महत्वपूर्ण व्यक्तिहरूमध्ये एक जना किरोभ पनि थिए । तिनीहरू आफ्नो उद्देश्यको लडाइँलाई न्यायपूर्ण मान्थे, अनुशासित, आत्म बलिदानी र सामूहिक बलिदानलाई महत्व दिन्थे । सोभियत कम्युनिस्ट पार्टीको सत्रौँ महाअधिवेशनमा बुखारिन, राइकोभ, जिनोभित्, कामेनेभ आदि पार्टीका विश्वासघाती र विदेशी शत्रुहरूसँग मिलेका जासुसहरूले भाषणमा पार्टीको सफलतालाई सा¥है प्रशंसा गर्थे र पार्टीको सफलताको निम्ति सा¥है खुसी प्रकट गर्थे । तर, भित्रभित्र षड्यन्त्र गरिरहेका हुन्थे ।
१ डिसेम्बर १९३४ को दिन किरोभलाई लेनिनग्रादको स्मोल्नीमा क्रुरतापूर्वक गोली हानेर मारेपछि पार्टीभित्रका शत्रुहरूको विरोधमा छानबिन सुरु भयो ।

किरोभ

जिनोभित्पन्थीहरूको एक सोभियतविरोधी गुटको एक सदस्य पक्राउ परे । त्यो गुट पार्टीभित्र लुकेको एक विश्वासघाती गुट थियो ।
किरोभ मजदुरवर्गमा सा¥है प्रिय नेता थिए । उनको हत्याले रुसभरि आक्रोश र विरोधको ठुलो लहर चल्यो । त्रोत्स्कीपन्थीहरूको पनि त्यसमा हात थियो । तिनीहरूले आफूलाई फासीवादीहरूको पैसामा बेचिसकेका थिए । यसरी त्यो हत्याकाण्ड त्रोत्स्कीपन्थी र बुखारिन गुटले गरेको अपराध थियो ।
किरोभको हत्याले सोभियत पार्टीका सबै सदस्यहरूलाई शत्रुहरूदेखि होसियार हुन र शत्रुहरू कमजोर भएपछि समाजवादतिर लत्रेर आउनेछन् भन्ने उदार दृष्टिकोण हुनेछ भनी सचेत पार्ने सूचना प्रवाह ग¥यो, ‘सफलताले सन्तोष वा आत्मसन्तोष लिनुहुन्न ।’
किरोभको हत्या र अन्य विध्वंसात्मक गतिविधिका साथै गोर्कीको हत्यामा २० वर्षसम्म पुँजीवादी राज्यहरूको गुप्तचर विभागहरूसँग त्रोत्स्की, जिनोभित्, कामेनेभ, बुखारिन, राइकोभ आदिको सम्बन्ध थियो र विदेशबाट तिनीहरू सञ्चालित थिए । सोभियतको अदालतले ती सम्बन्धित सबैलाई गोली हानी मार्ने सजाय सुनायो ।
नक्कली कम्युनिस्टहरूबाट कुटिल चाल
(१ डिसेम्बर १९३४ मा जर्मनी र अन्य प्रतिक्रियावादीहरू मिलेर बोल्शेविक पार्टीका ठुला नेता किरोभलाई गोली हानेर मारे ।) सर्वोच्च न्यायालयको सैनिक अदालतले १९३७ मा त्रोत्स्की, जिनोभित्, कामेनेभ, बुखारिन, राइकोभ आदिलाई प्रमाणहरू र अपराध स्वीकार गरेको आधारमा गोली हानेर मार्ने सजाय सुनायो । तिनीहरूले ‘किरोभको हत्या स्तालिनले गर्न दिएको’ हल्ला गरेर रुसी पार्टी र देशमै आतङ्क मच्चाउन चाहेका थिए । त्यस अदालती कारबाहीको बेला अमेरिकी राष्ट्रपति रुजवेल्टका अमेरिकी राजदूतसमेत उपस्थित थिए । ती अपराधीहरूको युक्रेन, बेलारुस कब्जा गर्ने र देशको समुद्री इलाका विदेशी शत्रुको हातमा सुम्पने षड्यन्त्रको खुलासा पनि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *