भर्खरै :

सिरियामाथि हमलाको विरोधमा आज भक्तपुरमा जुलुस

भक्तपुर, ३ बैशाख । मध्यपूर्वी देश सिरियामाथि संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चा(संरा अमेरिका, बेलायत र फ्रान्स)ले थालेको हमलाको विरोधमा सोमबार विरोध जुलुस तथा जनसभा हुने भएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको आयोजनामा सोमबार दिनको ३ः०० बजे भक्तपुरको गोल्मढी(नेमकिपा केन्द्रीय कार्यालय परिसर) बाट शुरु हुने विरोध जुलुस सूर्यबिनायक चोक पुगेर सभामा परिणत हुने आयोजकले जानकारी दिएको छ ।
सिरियामा संरा अमेरिकानेतृत्वको साम्राज्यवादी मोर्चा अप्रिल १४ बाट हमला शुरु गरेको हो । विगत आठ वर्षदेखि लगातार युद्धको सामना गर्दै आएको सिरियामा साम्राज्यवादी हमलाले स्थितिलाई थप जर्जर बनाउने र सिरियाली जनताले दुःख पाउने पर्यवेक्षकहरुको भनाई छ ।
अस्साद सरकारले रसायनिक हतियार प्रयोग गरेको आरोप लगाई संरा अमेरिकाले हमला शुरु गरे पनि अस्साद सरकारले कुनै रसायनिक हतियार प्रयोग गरेको पुष्टि भएको छैन ।
संरा अमेरिकाले यसअघि इराकमा पनि आणविक हतियार राखेको झुठा आरोपमा हमला गरेको थियो । तर त्यहाँ कुनै पनि प्रकारका आणविक हतियार भेटाउन सकिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *