भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालको विगत र अबको चुनौती

  • कार्तिक २३, २०८२
  • गङ्गा
  • विचार
भक्तपुर क्यान्सर अस्पतालको विगत र अबको चुनौती

प्रसङ्ग : भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिक जयन्ती

सर्वसाधारण जनताबिच एउटा भनाइ छ, ‘क्यान्सर रोग लागेपछि जन र धन दुवै सकिन्छ ।’ नेपाली समाजमा अन्य रोगहरूको तुलनामा अत्यन्त गम्भीर र अत्यधिक खर्चिलो खालको रोगको रूपमा क्यान्सरलाई लिइन्छ । वातावरणीय प्रदूषण, खानपानलगायतका विभिन्न कारणले धेरैजनामा शरीरको विभिन्न अङ्गमा क्यान्सर रोग देखिन थालेको छ । यस्तो गम्भीर प्रकृतिको रोगको अत्याधुनिक उपचारसहितको क्यान्सर अस्पताल आप्mनो आँगनमा पाउनु भक्तपुरवासी जनताको लागि गौरवको विषय हो । क्यान्सरको उपचार स्वदेशमै सम्भव छ र आर्थिक रूपमा विपन्न व्यक्तिहरूले पनि उपचार पाउन सक्छन् भन्ने सकारात्मक सन्देश भक्तपुर क्यान्सर अस्पतालले दिएको छ भन्दा अत्युक्ति नहोला !
तत्कालीन समयमा देशमै क्यान्सरको उपचार गर्ने एकाइको आवश्यकता ठानेर विज्ञ चिकित्सकहरू तथा विभिन्न संस्थाका प्रतिनिधिहरूले भक्तपुरका त्यतिबेलाका जनप्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूसँगको सहकार्यमा २०५३ सालमा ‘भक्तपुर क्यान्सर प्रोजेक्ट’ स्थापना गरेका थिए । त्यसमा नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारी आमन्त्रित थिए । भक्तपुर नगरपालिका वडा नं. १ स्थित (साबिक भनपा १७ दूधपाटी) भक्तपुर अस्पतालको पुरानो भवनलाई उपयोग गर्दै सुरु गरिएको उक्त ‘भक्तपुर क्यान्सर प्रोजेक्ट’ नामलाई २०५७ साउन १७ गतेको व्यवस्थापन समितिको बैठकबाट परिवर्तन गरी ‘भक्तपुर अर्बुद रोग सेवा केन्द्र’ (Bhaktapur Cancer Care Center) को नाममा सञ्चालन गर्ने निर्णय गरिएको थियो । सोही व्यवस्थापन समितिको बैठकबाट सो केन्द्रलाई पूर्ण स्वायत्तता प्रदान गरी ७ सदस्यीय समिति गठन भएको थियो । २०५६ असोज २१ गते तत्कालीन राजा वीरेन्द्रबाट भक्तपुर क्यान्सर केयर सेन्टरको नामबाट भवनको उद्घाटन भएको थियो ।
केन्द्रको व्यवस्थापन समितिमा भक्तपुरबाट निर्वाचित सांसद सल्लाहकार तथा भक्तपुर नगरपालिकाका प्रमुख उपाध्यक्ष, अनि भक्तपुर जिल्ला विकास समितिका प्रतिनिधि र भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहने प्रावधान थियो । अस्पतालको भौतिक व्यवस्थापनका लागि भक्तपुर नगरपालिकाले २०५८ माघ २४ गते भक्तपुर अर्बुद रोग सेवा केन्द्रका नाउँमा ५–४–०–० क्षेत्रफल जग्गा स–शर्त रूपमा उपलब्ध गराएको थियो भने भक्तपुर अस्पतालले पनि २०५६ असोज ३ गते आफ्नो नाउँमा रहेको जग्गामध्येबाट केही जग्गा भक्तपुर अर्बुद रोग सेवा केन्द्रका नाउँमा उपलब्ध गराएको थियो । यसको साथै भक्तपुर नगरपालिकाले केन्द्रको भवन निर्माणको लागि २०६० माघ २७ गते २० लाख रुपैयाँ अनुदान दिएको थियो । केन्द्रकै प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाले स्थानीय महिलाहरूको पाठेघर तथा स्तन परीक्षण तथा अन्य अङ्गहरूको क्यान्सरबारे सचेतनामूलक शिविर पनि सञ्चालन गर्दै आएको थियो ।
विडम्बना ! भक्तपुर क्यान्सर अस्पतालमा ‘औँला दिँदा डुँडुलो निल्ने’ उखान चरितार्थ भयो । ‘नेपाल अर्बुद रोग निवारण संस्था’ क्यान्सर रोग प्रतिकार्यका लागि जनचेतना फैलाउने उद्देश्यले गठित गैरसरकारी संस्था भएकोले त्यस संस्थाको प्रतिनिधिलाई भक्तपुर अर्बुद रोग सेवा केन्द्रको सुरुदेखि नै सदस्यको रूपमा आमन्त्रित गरिएको थियो । तर, २०५८ सालमा तत्कालीन सरकारले प्रतिनिधिसभा विघटन गरेपछि र २०५९ सालमा स्थानीय निकाय जनप्रतिनिधिविहीन भएपछि उक्त गैरसरकारी संस्थाले षड्यन्त्रमूलक ढङ्गबाट २०५९ साउन १२ गते आप्mनो केन्द्रीय समितिको बैठक बसी विधान संशोधन गरेर भक्तपुर अर्बुद रोग सेवा केन्द्र (Bhaktapur Cancer Care Center) को व्यवस्थापन समितिलाई स्वायत्तता प्रदान गर्ने नाममा आफूले लिएको घोषणा ग¥यो । भक्तपुर अर्बुद रोग सेवा केन्द्रको व्यवस्थापन समितिमा मात्र रहेकोमा उसले नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्ष तथा भक्तपुर क्यान्सर केयर सेन्टरको पदेन अध्यक्ष रहने गरी विधान संशोधन ग¥यो ।
सरकारी सम्पत्ति गैरसरकारी संस्थाको नियन्त्रणमा जानु आफैमा गैरकानुनी कार्य मानिन्छ । संस्थाले भक्तपुर अर्बुद रोग सेवा केन्द्रको नाम परिवर्तन गरी भक्तपुर क्यान्सर अस्पताल नामकरण गरेर आप्mनो पूर्ण नियन्त्रणमा राख्यो । उसले कानुनबमोजिम अस्पताल दर्ता प्रक्रियासम्म पनि गरेन भने सरकारलाई नियमानुसार कर तिर्नुपर्ने आवश्यकता पनि ठानेन । यसको उल्टो क्यान्सरको उपचार गर्ने पवित्र संस्थाको रूपमा अस्पताल खोलेको देखाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग ल्याउने एवम् विभिन्न उपकरणहरू सहयोग स्वरूप प्राप्त गर्ने तर अस्पताललाई आएको आर्थिक सहयोग र सेवा प्रयोग गरेबापतको शुल्कबाट हुने आय विभिन्न शीर्षक बनाएर व्यवस्थापन समितिका पदाधिकारीहरूले हिनामिना गरेको पाइयो । नेपाल अर्बुद रोग निवारण संस्थाले २०५९ सालदेखि नै एकलौटीरूपमा आफ्ना केही पदाधिकारी र तिनका निजी कम्पनीहरूलाई फाइदा पुग्ने गरी तथा व्यवस्थापन समितिका अन्य व्यक्तिलाई अदृश्य लाभ पुग्ने गरी भक्तपुर क्यान्सर अस्पतालको स्रोत साधनको दुरुपयोग गरेका थुप्रै उदाहरण देखिए । उदाहरणको लागि आर्थिक वर्ष २०७४।०७५ मा भक्तपुर क्यान्सर अस्पतालले १५ करोड ९७ लाख २० हजार ३ सय २६ रुपैयाँ आम्दानी गरेको थियो । नेपाल अर्बुद रोग निवारण संस्थाको १ करोड १७ लाख ५१ हजार ६ सय ८३ रुपैयाँ आम्दानी गरेको प्रतिवेदन छ । संस्थाले नेपाल अर्बुद रोग निवारण संस्थाको खर्चमात्रै देखाएर कर चुक्ता प्रमाणपत्र लिएको देखियो तर भक्तपुर क्यान्सर अस्पतालको आम्दानी र खर्चको कुनै विवरण कर कार्यालयमा बुझाएको कहीँकतै देखिएन ।
अस्पतालमा डाक्टर, नर्स, पारामेडिक्सलगायतका अन्य कर्मचारीहरू नियुक्ति र सेवा सुविधाका लागि कर्मचारी प्रशासन नियमावली २०५५ विद्यमान हुँदाहुँदै व्यवस्थापन समितिका पदाधिकारीहरूको स्वार्थअनुकूल कर्मचारीहरूप्रति विभेद, श्रम शोषण र अन्यायपूर्ण व्यवहार भएको विरोधमा अस्पतालका कर्मचारीहरू आन्दोलित भएको दृष्टान्त छ । व्यवस्थापन समितिकै पदाधिकारीको निजी कम्पनी ‘भरोसा सर्भिसेस् प्रा.लि.’ सँग गैरकानुनी ढङ्गबाट सम्झौता गरी सफाइ कर्मचारीहरूलाई काम गराइएको र अस्पतालबाट प्रदान गरिने नियमित पारिश्रमिकको आधा मात्र ‘भरोसा’ मार्फत कर्मचारीहरूलाई दिइएको सप्रमाण भेटियो । अस्पतालको भवन निर्माण कार्यका लागि तोकिएको प्राविधिक कन्सल्टेन्सी MEH Consultant Pvt.Ltd ले अयोग्य भनी उल्लेख गरेको निजी कम्पनी MKS Design and Built Pvt. Ltd. लाई अस्पताल व्यवस्थापन समितिले नियोजित रूपमा टेन्डर पारी निजसँग आर्थिक लाभ लिएको पाइयो । अस्पतालको आर्थिक विनियममा रु. १०,००,००१।– भन्दा माथिको सामान अथवा सेवा प्राप्त गर्न वा छपाइ गर्न टेन्डरद्वारा प्रतिस्पर्धा गरी सेवा लिनुपर्नेमा व्यवस्थापन समितिले सो नगरी वार्षिक करोडौँ रुपैयाँको कारोबार हुने निजी ‘बेल फर्मा’ सँग मासिक रु.१५,९०,९०९।– मा औषधि खरिद गरिरहेको देखियो । अस्पताल परिसरभित्रै व्यवस्थापन समितिका पदाधिकारीहरूको स्वार्थ समूहहरूलाई भित्याएर ल्याब, फार्मेसी, सिटी स्क्यानलगायतको सेवा महँगो शुल्कमा चलाइरहेको सबैले अनुभव गरेकै थिए ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गैरसरकारी संस्थाका पदाधिकारीहरूले आफूखुसी गर्ने तथा भ्रष्टाचार, आर्थिक चलखेल र कर्मचारीहरूमाथि विभेद एवम् शोषण गरेपछि कर्मचारीहरूले विद्रोह गरी हडताल र तालाबन्दी गरे । त्यो राम्रो सङ्केत थिएन । त्यस्ता गतिविधिहरूले बिरामीको स्वास्थ्य उपचार सेवामा प्रत्यक्ष प्रभाव पर्न थाले । बिरामीको सेवामा प्रत्यक्ष असर पर्ने गरी बन्द हडतालजस्ता गतिविधिहरू भएपछि व्यापक जनगुनासो आएको र त्यसलाई समयमै सम्बोधन गर्न नसकेमा घटनाले थप जटिल रूप लिनसक्ने सम्भावना भएकोले त्यो विषम् परिस्थितिमा स्थानीय सरकारको हैसियतले भक्तपुर नगरपालिकाले चासो राख्नु स्वाभाविक थियो । छलफल र समस्या समाधानका लागि अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पटक–पटक सम्पर्क राख्दा पनि उपस्थित नभएपछि नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिको अनुरोध र स्थानीय जनताको मागको सम्बोधन गरी २०७६ साउन ३० गते नगर प्रमुखको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरी अस्पतालको सेवा सुचारु गरेको समाचार प्रकाशित भयो । बिरामीको उपचार गर्ने अस्पताल आफै थला परेकोमा भक्तपुर नगरपालिकाले अभिभावकीय भूमिका खेल्दा सबैतिर उत्साह सञ्चार भएको देखिएको थियो । तर, भ्रष्टाचारको स्वाद चाख्न पल्केकाहरू मौन बस्ने कुरै थिएन । उनीहरूले भक्तपुर नगरपालिका र पदाधिकारीहरूलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गरे । कानुनी लडाइँको क्रममा नगरपालिकाले अस्पतालको दैनिक प्रशासन र उपचार सेवामा कुनै अप्ठेरो पार्ने काम गरेन । अस्पतालमा कार्यरत कर्मचारीहरूलाई वर्षदिनसम्म मासिक तलब खुवाउनसमेत ठुलो समस्या भएको सुनिएको थियो । भक्तपुर नगरपालिकाले सङ्घ वा प्रदेश सरकारलाई क्यान्सर अस्पतालले आफ्नो स्वामित्वमा लिई व्यवस्थित रूपमा सञ्चालन गर्न वा नगरपालिकाको स्वामित्व कायम हुने व्यवस्था गरिदिनको लागि निरन्तर जोड दिएको थियो । कर्मचारीहरूको धैर्य र बिरामीको अविचलित सेवा गर्ने भावना अनि स्थानीय जनता र नगरपालिकाको निरन्तरको प्रयासले अन्ततः भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकारको स्वामित्वमा पुग्न सफल भयो । नेपाल सरकारले २०७७ कार्तिक २४ गते भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरी औपचारिक रूपमा सरकारी स्वामित्वमा लिने निर्णय ग¥यो । यस ऐतिहासिक दिनलाई अस्पतालको निम्ति एक गौरवको दिनको रूपमा लिन सकिन्छ । अस्पतालले यसै दिन (कार्तिक २४ गते) लाई यसै वर्षदेखि वार्षिक जयन्ती मनाउने निर्णय गरेर जनभावनाको कदर तथा कर्मचारीहरूको मनोबल उच्च बनाउने कार्य गरेको छ । यो प्रशंसनीय कार्य हो ।
यतिमै चुनौती भने समाप्त भएको भन्न मिल्दैन । अस्पतालको लोगो सरकारी भयो† भौतिक सम्पत्तिको स्वामित्व ग्रहण सरकारले ग¥यो तर लामो समयदेखि अविच्छिन्न रूपमा बिरामीको सेवामा कार्यरत चिकित्सक, नर्स, पारामेडिक्स र प्रशासनिक कर्मचारीहरूको स्वामित्व भने अझैसम्म ग्रहण गरेको छैन । कर्मचारीहरूको स्थायित्व, सरकारी सेवा सुविधा र पदोन्नति हुन सकेको छैन । उमेर हदका कारण अवकाश पाइसक्दा समेत कर्मचारीहरूलाई सुविधा दिन सकिएको छैन । गठन आदेश आएको पाँच वर्ष पुगिसक्दा पनि नेपाल सरकारबाट कर्मचारी विनियमावली पारित नहुँदा कर्मचारीहरूलाई हौसला बढाउने मेसो मिलेको छैन ।
क्यान्सर रोगको निदान र उपचार गर्ने आधुनिक प्रविधि एवम् उपकरणहरू अस्पतालमा भित्रिएसँगै देशैभरिबाट बिरामीको चाप बढिरहेको छ । नेपाल सरकारको बीमा सेवा र विपन्न उपचार सेवा अस्पतालबाट प्रदान गरिएकोले धेरैका लागि यो अस्पताल उपचारको गन्तव्य पनि बनेको छ । तर, नेपाल सरकारबाट कर्मचारी व्यवस्थापनमा यथोचित ध्यान नपु¥याउँदा केही जटिलता र विकृति आएको महसुस गरिएको छ । त्यस्तै, भ्रष्टाचार र आर्थिक चलखेलकै कारण अस्पताललाई झन्डै मृत्युशøयामा पु¥याएको गैरसरकारी संस्थाका प्रतिनिधिहरू अस्पताल व्यवस्थापन समिति गठन आदेशमा उल्लेख भएको भन्दै अस्पतालमा प्रवेश गर्ने प्रयत्न गरिरहेको हल्लाले पक्कै पनि अस्पताल बचाउने कर्मचारी एवम् अस्पतालको प्रगति चाहने शुभचिन्तकहरूलाई चोट पुग्न सक्छ । यसप्रति सम्बन्धित पक्ष समयमै सजग हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *