संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको कामको अन्तर्राष्ट्रिय जगतमा पनि प्रचारप्रसार भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा ठुलो ब्यासीमा सेवा प्रवाह र समसामयिक विषयमा जानकारी दिन आइतबार आयोजित सो सभामा उहाँले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा भक्तपुर नपाले उदाहरणीय काम गर्दै आएको स्पष्ट पार्नुभयो ।
भक्तपुरको एक घर एक स्नातक नाराले आज सार्थक रूप लिइसकेको बताउँदै उहाँले भक्तपुर नपाले समाजवादी लक्ष्यअनुरूप काम गर्दै आएको बताउनुभयो ।
भक्तपुरका जनता असल र इमानदार भएकै कारण भक्तपुर नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई दिँदै आएको शैक्षिक ऋण प्रभावकारी रूपमा सञ्चालन भएको बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाजस्तै ख्वप विश्वविद्यालय पनि सञ्चालन गर्ने अठोटका साथ नगरपालिका अगाडि बढिरहेको छ भन्नुभयो ।
नगरपालिकाबाट सञ्चालित देको मिवा इतापाके आयोजना नगरपालिकाले सञ्चालन गरेको चौथो आवास योजना भएको बताउँदै भक्तपुर नगरलाई सुन्दर र व्यवस्थित नगरको रूपमा विकास गर्न जग्गावालाहरूकै मागअनुसार आवास योजना सञ्चालन गरेको बताउनुभयो ।
आयोजना पीडित सङ्घर्ष समितिले आफ्नो माग स्पष्ट राख्नुभन्दा नगरपालिका र आवास योजनाविरोधी गतिविधि गरिरहेको बताउँदै उहाँले समितिले जनताको समस्या सम्बोधन गर्नेमा भन्दा जनतामा भ्रम फैलाउने काम गरिरहेको बताउनुभयो ।
जनताको निःस्वार्थ सेवा गर्नेबाहेक अरू कुनै स्वार्थ नगरपालिकाको नरहेको प्रमुख प्रजापतिले बताउनुभयो । उहाँले सार्वजनिक र पर्ती जग्गा संरक्षण गर्ने कर्तव्य नगरपालिकाको हो, ढिलो चाँडो अतिक्रमित पर्ती र सार्वजनिक जग्गा सार्वजनिक नै कायम हुनेछ भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले झूटो प्रचार गरी आयोजनाको विरोध गरिरहेको बताउनुभयो ।
योजनाका बाँकी समस्याहरू जनतासँगै छलफल गरी समाधान गर्दै अगाडि बढ्ने जानकारी पनि उहाँले गराउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाको विकासमा बाधा अवरोध सिर्जना गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्वले नेक्राकिसङ्घले मोहियानी हक सुनिश्चितको लागि खेल्दै आएको भूमिकाबारे प्रस्ट पार्दै सङ्घले जालीफटाहा र नक्कली काम गर्नेहरूको पक्षमा कहिल्यै काम गर्दैन भन्नुभयो ।
नेमकिपा वडा नं. २ ब्यासीका संयोजक गणेशप्रसाद सुवालले देश र जनताको निःस्वार्थ सेवा नै राजनीति हो भन्दै जनतालाई राजनैतिक रूपमा सचेत र सङ्गठित पार्ने काम नेमकिपाले गर्दै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा वडा सदस्य मन्जुमैंया लाखा र श्यामसुन्दर मातांले भक्तपुर नपाले जनताको चाहना र प्राथमिकताको आधारमा काम गर्दै आएको बताउँदै वडाको विभिन्न विकास निर्माणको कामबारे अवगत गराउनुभयो ।
Leave a Reply