नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
सुर्खेत, ५ मङ्सिर । नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा नेमकिमाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारमा रहेका पार्टीमात्र नभएर हालसम्म सरकारमा गएका सबै शासक पार्टीहरूले लिनुपर्ने भनाइ राख्नुभयो । उहाँले एमाले र नेकाको सरकार पूर्णतः असक्षममात्र होइन राज्यका महत्वपूर्ण संरचनाहरू कति कमजोर रहेछ भन्ने कुरा भदौ २३ र २४ गतेको घटनाले पुष्टि गरेको विचार राख्नुभयो । उहाँले नेमकिपाले क्रान्तिकारी संसद्वादको नीतिअन्तर्गत चुनावमा भाग लिँदै आएको भन्दै निर्वाचनलाई आन्दोलनको रूपमा लिने विचार राख्नुभयो ।
पुँजीवादी व्यवस्थामा भ्रष्टाचारको अन्त्यको कुरा आकाशको फलजस्तै हुने भन्दै उहाँले तर युवा पुस्ताले भ्रष्टाचारको अन्त्यको निम्ति आवाज उठाउनु सकारात्मक हो भन्नुभयो । नेपालको सन्दर्भमा क्रान्तिकारी भूमिसुधारले मात्र क्रान्तिको रूप लिने भन्दै उहाँले उत्पादनका साधन सामाजिकीकरण, शिक्षा र स्वास्थ्यको निःशुल्क बन्दोबस्त, विकासमा समान अवसरको बन्दोबस्त गर्नु नै क्रान्ति हो भन्नुभयो ।
नेमकिपा, सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पार्टीका सल्लाहकार समिति सदस्य नर्मा गुरुङ, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्का, प्रदेश समिति सदस्य धनेन्द्र विक, पार्टी जिल्ला समितिका उपाध्यक्ष अकल राना, सचिव लालबहादुर थापालगायतले आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा सहभागीले पार्टीका सदस्य तथा जनवर्गीय सङ्गठनका सदस्यहरूबिच पार्टी नीति तथा कार्यक्रमबारे अन्तरक्रिया भएको थियो ।
Leave a Reply