नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
दैलेख, ५ मङ्सिर । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ८ मा बिहीबार बिन्द्रासैनीमा कार्यकर्ता भेला भयो ।
नेमकिपा चाबिनपा वडा नं. ८ को गैरे गाउँ टोल समितिका अध्यक्ष भानुभक्त नेपालीको अध्यक्षतामा भएको उक्त भेलामा नेमकिपाका केन्द्रीय सदस्य बखत थापाले शासक पार्टीहरूको असक्षमताका कारण देशमा दिनप्रतिदिन अन्योल बढ्दै गएको उल्लेख गर्नुभयो ।
समाजवादी व्यवस्थामा मात्र तल्लो वर्गका जनताले सुखको सास फेर्न पाउने विचार व्यक्त गर्दै उहाँले सिद्धान्तहीन गठबन्धन गर्दै जसरी पनि सत्तामा पुग्ने र देशलाई परनिर्भर बनाउने शासक दलहरू फेरि विभिन्न रूपमा जनताका माझमा जानसक्नेतर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै जनताको क्रान्तिकारी भावनाले मात्र देशले सही बाटो लिन सक्छ भन्नुभयो ।
दीपक शाहीले वर्गसङ्घर्षको माध्यमबाट अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भेलामा धनकुमारी शाही, कृष्ण ढकाल, लवराज ढकाल, प्रेमबहादुर शाहीलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
भेलाले प्रेमबहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय चाबिनपा वडा नं. ८ को वडा सम्मेलन तयारी समिति गठन गरेको छ ।
Leave a Reply