क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
हाम्रो समूहका सांसदहरू बेलाबेला विभिन्न मन्त्रीलाई तार पठाइरहन्थ्यौँ । प्रायः हामी गृहमन्त्रीलाई भेटिरहन्थ्यौँ । प्रहरी गृह मन्त्रालयअन्तर्गत थियो । त्यहाँ हामी मजदुरहरू पक्राउ परेको, कामबाट निकालिएको आदि मुद्दा लिएर जान्थ्यौँ ।
यस्ता वार्ता वा भेटघाटबाट कुनै देखिने परिणाम आउँदैन भन्ने हामीलाई थाहा थियो । तैपनि हामी किन जान्थ्यौँ त ? सदनमा हाम्रो कुरा राखे जस्तै यी भेटवार्ताको पनि प्रचारात्मक महत्व थियो । मजदुरका सांसद पनि मजदुर नै थिए । तैपनि, तिनका सांसदको मागअनुसार जारशाही मन्त्री वार्ता गर्न बाध्य भएको खबर दिँदा नै पनि मजदुरहरू सङ्घर्षका लागि अझ उत्साहित हुन्थे । ‘प्राभ्दा’ मा मजदुरहरूका सांसदले यो–यो माग राखे भनी खबर छाप्दा थप नयाँ मजदुरहरू सङ्घर्ष गर्न उत्सुक हुन्थे । मैले मन्त्रीहरूलाई भेटेको दिन नयाँनयाँ मजदुरहरू मेरो घरमा आउँथे । यसअघि पार्टी वा मजदुर युनियनसँग कुनै सरोकार नराख्ने नयाँ मजदुरले मकहाँ आएर आफ्ना माग राख्थे । सरकारलाई प्रश्न गर्नका लागि आवश्यक सामग्री दिन्थे । यसरी उनीहरू सङ्गठित मजदुरहरूको कित्तामा आउँथे । यसरी नयाँ मजदुरहरू थपिँदा सङ्घर्षको अग्रमोर्चामा रहेका मजदुरहरूको मनोबल बढ्थ्यो ।
हामीले वार्ताका लागि तार पठाउँदा जलसेना मन्त्री एडमिरल ग्रिगोरोभिच टाढा कतै गएका थिए । त्यसकारण, हामीले उनका सहयोगी एडमिरल बुब्नोभको जवाफ पायौँ । उनी भोलिपल्ट बिहान हामीसँग भेट्न राजी भएका थिए । भोलिपल्ट हामी उनको कार्यालय गयौँ । कारखानामा भएका सबै कुरा बेलिबिस्तार लगाएपछि बुब्नोभसँग हामीले आइन्दा मर्मतशालाको प्रशासनले गरिरहेको दुव्र्यवहारमा गम्भीर ध्यान दिनुपर्ने बतायौँ ।
सुरुमा त सहायक मन्त्रीले कुरा टार्न खोजे । आफूले घटनाबारे केही थाहा नपाएको† ओभरटाइम गर्न नमानेका मजदुरहरूलाई कामबाट निकाला गरिएको बारे मर्मतशालाको हाकिमले रिपोर्टमा उल्लेख नगरेको; ज्याला घटाइएको सम्बन्धमा जानकारी नपाएको बताए । तर, पक्राउको विषयमा कुराकानी लम्बिएपछि बुब्नोभले आफूले सुरुमा गरेको बहानाबाजी बिर्से । कुरा फुत्किहाल्यो । जहाज मर्मतशालाको हाकिमले माथिल्ला अधिकारीहरूकै निर्देशन पालन गरेको रहेछ । बुब्नोभले मर्मतशालाको हाकिमलाई आदेश दिएको कबुल गरे । तर, मजदुरलाई पक्राउ गर्न प्रहरी बोलाउन नभनेको तर्क गरे । मानौँ, हडतालीहरूलाई तह लगाउन सघाउनुप¥यो भन्दा प्रहरीले अर्कै अर्थ निकाल्छ !
हामीले आपत्ति जनाएपछि बुब्नोभले बाल्टिक मर्मतशालाको अवस्था छानबिन गर्न विशेष अधिकारी पठाउने वचन दिए । यो वचन छलछाम मात्र थियो । भोलिपल्ट छानबिन गर्नुको साटो सहायक मन्त्रीले एउटा सूचना जारी गरे । त्यो सूचना कारखानामा टाँसियो । सूचनामा सम्बन्धित ज्यासलहरू बन्द गर्ने र मजदुरहरूलाई सामूहिक रूपमा निष्कासन गर्ने घोषणा गरिएको थियो ।
तथापि, सहायक मन्त्रीसँग हाम्रो भेटघाटको अलिकति प्रभाव प¥यो । भोलिपल्ट ‘माथिको आदेश’ बाट प्रहरीले गिरफ्तार मजदुरहरूलाई रिहा ग¥यो । तर, हडताल रोकिएन । बरू ज्यासलको ठाउँमा पूरै विभाग हडतालमा मिसियो । कारखानाका सिकर्मी र रञ्जितकारहरू पनि हडतालमा आए । यी मजदुरहरूले ज्याला बढाउनुपर्ने र कामको अवस्था सुधार्नुपर्ने माग राखे । साथै, उनीहरूले नागरिकलाई जस्तो व्यवहार गरिनुपर्ने माग पनि राखे । यो माग एकदम सान्दर्भिक थियो । त्यसबेला थल र जल सेनासँग सम्बन्धित उद्योग तथा संस्थानमा मान्छेलाई पशुवत व्यवहार गरिन्थ्यो । तसर्थ, मजदुरहरूले फौजी छाउनीको जस्तो दुव्र्यहारविरूद्ध आवाज उठाए । ३ हजारभन्दा बढी मजदुरहरू त्यो हडतालमा जोडिए ।
एक महिनाभित्र जूनको अन्त्यतिर बाल्टिक जहाज मर्मतशालामा अर्को हडताल सुरु भयो । मजदुरहरूसँग दुव्र्यवहार गरिएको र पोलिकार्पोभ नाउँको एकजना म्यानेजरले जानाजान ज्यालामा कटौती गरेको हुनाले त्यो हडताल थालिएको थियो । मजदुरहरूले म्यानेजरलाई खेदेर ज्यासलबाट निकाले । त्यसपछि ज्यासल बन्द गरियो । जवाफमा मजदुरहरूले अनेक माग राखेर हडतालको उद्घोष गरे । मजदुरहरूको मनोबल तोड्न पहिलो हडतालमा जस्तै प्रहरी डाकियो । कारखाना प्रशासनले हडताली नेता र सङ्गठक भनेर आशङ्का गरेका १० भन्दा बढी मजदुरलाई पक्राउ गरियो । हडतालीहरूले तत्काल मलाई खबर गरे । यसपालि पनि मैले कैदीहरूको पक्षमा बोल्न जलसेना मन्त्री ग्रिगोरोभिचलाई तार पठाएँ ।
एडमिरल ग्रिगोरोभिच आफूलाई उदारवादी भन्न रूचाउने जारशाही मन्त्री थिए । उनी सबै सांसदहरूसँग ‘ठिक्क पर्न’ खोज्थे । तर, अरूको जस्तै उनको उदारवाद पनि देखावटी थियो । तिनीहरू भड्किला प्रतिक्रियावादी उपाय अपनाएर जनतालाई चिढाउन चाहँदैनथे । त्यसैले उदार देखिन खोज्थे । तर, वास्तविकता अर्कै थियो । उनीहरू पनि कालासयहरूकै नीति अपनाउँथे । यस अर्थमा उनीहरू माक्लाकोभ, श्चेग्लोभितोभ जस्ता नरसंहारकभन्दा फरक थिएनन् । ग्रिगोरोभिचको ‘सन्तुलित’ व्यवहार अक्टोबरवादी दलका धेरैले रूचाउँथे । यसकारण, अक्टोबरवादीहरू विपक्षी रहेको सदनमा त्यही दलका सभामुख रोद्जान्कोले ग्रिगोरोभिचलाई एक जिम्मेवार मन्त्रालयको मन्त्री बनाउने प्रस्ताव राखे ।
हाम्रो वार्तालाप पत्रिकामार्फत जनताबिच जानेछ भन्ने हेक्का राख्दै ग्रिगोरोभिचले आफू जनताको साथी भएको अभिनय गरे । उनले मसँग भने, “म तलैदेखि एक सामान्य कारिन्दाको रूपमा काम गर्दै सा¥होगा¥हो खेप्दै यहाँ आइपुगेको हुँ ।”
उनले एकपल्ट साबुन कारखानाका मजदुरको बैठकमा भाषण दिएको र परिवर्तनकारी विचार राखेको भन्न भ्याए । यस्ता यताउतिका गफ गरेर उनले आफूलाई मजदुरका समस्याबारे विज्ञ देखाउन खोजे । उनले मजदुरको अवस्था र आवश्यकताबारे लम्बेतान कुरा गरे । मलाई कोसँग कुरा गर्दै छु भन्ने हेक्का थियो । उनले मजदुरहरूबारे यति मायालु कुरा गर्नु पछाडिको खास अर्थ म बुझ्थेँ । तसर्थ, मैले तुरून्तै हाम्रो मुद्दा राखेँ । थुनामा रहेका व्यक्तिहरूका सम्बन्धमा हडतालीहरूको माग र कारखानाका अधिकारीहरूको मनोमानीबारे बताएँ ।
ग्रिगोरोभिचको ‘उदारता’ एकाएक अलप भयो । मैले कुनै ठोस जवाफ पाइनँ । अन्त्यमा उनले सहायक बुब्नोभलाई बोलाए र छानबिन थाल्न भने । बुब्नोभको छानबिन कस्तो हुन्छ हामीलाई थाहा थियो । अघिल्लो हडतालमा यसको झलक पाइएको थियो । त्यसबेला उनले धेरै मजदुरलाई कामबाट निकाला गरेका थिए र पूरै कारखाना प्रशासनलाई जोगाएका थिए । बुब्नोभले अहिले मर्मतशालामा सबथोक सही भइरहेको बताए । ज्याला उच्च छ, कसैलाई ओभरटाइम काम गर्न लगाइएको छैन, मजदुरहरूको कुनै गुनासो छैन – बुब्नोभले यस्तै गफ दिए । उनले ढाडस दिए – पक्राउ परेका व्यक्तिहरूको विषयमा चिन्ता लिनु पर्दैन किनभने तिनीहरू निर्दोष भए रिहा भइहाल्छन् ।
जवाफमा मैले सहायक मन्त्रीले देखाएको आनन्दी चित्र यथार्थ होइन भनेँ । कार्यस्थलको खराब अवस्था र प्रशासनको व्यवहार गर्ने तरिका ठीक नहुनाले मजदुरहरू लगातार सङ्घर्षमा उत्रिन बाध्य भएको बताएँ । मेरो कुरा सुनेपछि ग्रिगोरोभिचले पुनः एकपल्ट छानबिन गर्ने वाचा गरे† आफै बुझ्ने, पत्ता लगाउने आदि कुरा गरे ।
जारशाही मन्त्रीहरूको वाचा र ढाडसको अर्थ के हो र तिनीहरूबाट केकति अपेक्षा गर्नुपर्छ भनी मजदुरहरूलाई बुझाउन मैले ‘प्राभ्दा’ पत्रिकामा हाम्रो वार्तालाप प्रकाशित गरिदिएँ । मन्त्रीसँगको वार्तालाप छपाउनुको उद्देश्य खासमा बाल्टिक मर्मतशालाका मजदुरहरूलाई सङ्घर्ष जारी राख्न र उच्च अधिकारीहरूबाट केही पाउने आशा नराख्न हाम्रो तर्फबाट एउटा अपिल थियो ।
लगत्तै म ओबुखोभ कारखानामा भएको हडतालबारे वार्ता गर्न पुनः जलसेना मन्त्रीकहाँ गएँ । त्यो कारखाना पनि जलसेना मन्त्रालयकै मातहत थियो । यो हडताल जुलाई महिनाको अन्तिमतिर सुरु भएको थियो । यसमा ८ हजार हडताली सहभागी थिए । यो हडताल पनि कष्टप्रद र असह्य कार्यावस्थाकै कारण सुरु भएको थियो । कारखानामा हानिकारक ग्यास फैलिरहन्थ्यो । मजदुरहरूले बारम्बार बिन्ती बिसाउँदा समेत ग्यास बाहिर फाल्ने भेन्टिलेसन उपकरण जडान गरिएको थिएन । प्रत्येक मजदुरले दिनको १२ घण्टा काम गर्नुपथ्र्यो । खाजाको लागि विश्रामको समय थिएन । ज्यालाको नाममा मासिक ४० रुबल (रुसी रूपैयाँ) दिइन्थ्यो । सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा धेरै कम थियो यो ।
यो हडताल दुई महिनासम्म चल्यो । अन्त्यमा कारखानाले एक सय हडतालीलाई कालोसूचीमा राख्यो र तिनलाई काममा लिएन । हडतालको क्रममा ३० जना मजदुर पक्राउ परे । १४ मजदुरलाई सेन्ट पिटर्सबर्गबाट निष्कासित गरियो र तिनलाई साम्राज्यका ‘५२ सहर’ मा पस्न मनाही गरियो । यतिले नपुगेर प्रहरीले ओबुखोभका कतिपय मजदुरविरूद्ध फर्जी मुद्दा चलायो । उनीहरूलाई ‘राष्ट्रहितलाई खतरामा पार्ने स्थानमा’ हडताल गरेको आरोप लगाइयो ।
पहिलो व्यक्ति पक्राउ पर्दा नै मैले बुब्नोभसँग वार्ता गर्न पत्र पठाएको थिएँ । तर, यसपालि प्रचारको लागि मैले सामग्री पाउँछु भनेर उनी डराए । उनले मेरो टेलिग्रामको जवाफ पठाएनन् ।
सन् १९१३ को नोभेम्बर ६ गते हडताल टुङ्गियो । त्यसपछि ओबुखोभ कारखानाका मजदुरहरूविरूद्ध मुद्दा चलाइयो । सुनुवाइको दिन सेन्ट पिटर्सबर्गका १ लाखभन्दा बढी मजदुर सडकमा उत्रे । उनीहरूले एकदिने हडताल गरे । पिटर्सबर्गका सम्पूर्ण कलकारखाना र मिलमा मजदुर बैठक डाकियो । सबैले विरोधमा प्रस्ताव पारित गरे । हाम्रो संसदीय समूह र ‘प्राभ्दा’ मा यस्ता सयौँ विरोध प्रस्ताव आए । प्रस्तावको भाषा कति कडा र तीखो थियो भने ‘प्राभ्दा’ मा तिनलाई छाप्न सकिएन । यो राजनीतिक हडताल निकै जोसिलो र एकमना थियो । विद्यमान कठोर शासनभित्र मजदुरहरूले प्राप्त गरेका सीमित अधिकारको प्रतिरक्षा गर्ने हुटहुटी देखिन्थ्यो । वास्तवमा यो रक्षात्मक नभई सरकारविरूद्ध एउटा नौलो आक्रमण थियो ।
मुद्दा चलाइएको एक हप्तापछि ओबुखोभ कारखानाका मजदुरहरू पुनः एकपल्ट सडकमा आए । यसपालि कारखाना प्रशासनले थोपरेको नयाँ नियमको विरोधमा उनीहरूले हडताल गरे । नयाँ कानुनअनुसार एकदम दक्ष मजदुरसमेत जरिवाना तिर्नबाट जोगिन सक्दैनथ्यो । नियम कति कठोर थियो भने उसले दिनकै जरिवाना तिर्नुपर्ने हुन्थ्यो । ओभरटाइम कामलाई बाध्यकारी बनाइयो तर ज्याला सामान्य नै दिइने भयो । (ओभरटाइम कामको प्रचलित दर सामान्त्न्दा डेढ गुणा थियो ।) नयाँ नियम लागु गरेपछि ज्याला दिने दिन मजदुरहरूलाई जानाजान ठग्न थालियो ।
कारखाना प्रशासन मजदुरहरूलाई एकदम भड्काउने गरी प्रस्तुत भए । बैठक बस्न मनाही गरियो । कारखानाको नियमअनुसारको सहुलियतमा पनि बन्देज लगाइयो । निश्चित काम गर्ने मजदुरले काम बन्द गरे तिनका विरूद्ध आपराधिक कसुरमा मुद्दा दायर गर्ने घोषणा गरियो । जिल्लाभरि छ्याप्छ्याप्ती प्रहरी तैनाथ गरियो ।
ओबुखोभ कारखानाका मजदुरहरूले आफ्ना हाकिमसँग वार्ता गर्ने सम्भावना नै नरहेको देखे । त्यसैले उनीहरूले जलसेना मन्त्रीकहाँ प्रतिनिधि पठाउने निधो गरे । मजदुरहरूले उनलाई व्यक्तिगत रूपमै भेटेर मर्मतशालाको अवस्था जनाउने र आफ्ना माग राख्ने सोचे । उनीहरूको अनुरोधमा म फेरि एकपल्ट ग्रिगोरोभिचलाई भेट्न गएँ र उनलाई ओबुखोभका मजदुरहरूको अवस्था जाहेर गरेँ ।
यसपालि ग्रिगोरोभिचले उदारवादी वा जनताको साथी हुँ भनेर स्वाङ पारेनन् । उनले मजदुरहरूका प्रतिनिधिसँग नभेट्ने बताए । साथै, उनले प्रतिनिधि चुन्ने उद्देश्यले मजदुरहरूलाई बैठक बस्ने अनुमति दिन नसक्ने बताए । उनले भने, “मजदुरहरूका जेजति माग छन् त्यसलाई मर्मतशालाका हाकिमकहाँ मात्र बुझाउन मिल्छ ।”
संसद्को शरद् सत्र सुरु हुँदै थियो । ओबुखोभका मजदुरहरूले हामीसँग मर्मतशालामा मजदुरको कष्टकर अवस्था र प्रशासनको रवैयाको विषयमा सदनमा आपत्कालीन प्रश्न उठाउन आग्रह गरे । नोभेम्बर १५ को दिन हामीले सदनमा प्रश्न राख्यौँ । तर, दस दिनपछि मात्र त्यो छलफलको एजेन्डामा चढ्यो ।
Leave a Reply