नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
सुर्खेत, १३ मङ्सिर । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगरको नगर भेला बाङ्गेसिमलमा शनिबार सम्पन्न भयो ।
भेलामा नेमकिपाका पूर्व केन्द्रीय सदस्य एवम् पार्टी सल्लाहकार नर्मा गुरूङले निःस्वार्थ रूपमा पार्टी कार्यकर्ता नलागेसम्म समाजवादी क्रान्तिको जग नबस्ने बताउनुभयो ।
आमूल परिवर्तनको लागि बहुमत कामदार जनतालाई सचेत र सङ्गठित पार्नुपर्ने अहिलेको आवश्यकता हो, उहाँले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले निर्वाचन जित्नकै लागि दल बदल र विभिन्न नामका पार्टीहरू फुट्ने र जुट्ने गरेको चर्चा गर्दै सत्तामा गएका पार्टीहरूले विभिन्न हत्कण्डा मच्चाएर निर्वाचन जिती देशलाई कङ्गाल बनाइरहेको छ भन्नुभयो ।
नेमकिपा कर्णाली प्रदेश समिति सदस्य एवं जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले बहुमत जनता सचेत र सङ्गठित नभएसम्म व्यवस्था परीवर्तन हुनसक्दैन भन्नुभयो ।
शेरबहादुर शाहीको अध्यक्षतामा भएको भेलामा धनेन्द्र विक, लालबहादुर थापा, दीपक शाही, अकल राना, गणेश खड्का, अम्मर भण्डारी, मनबहादुर विक, अङ्गबहादुर शाही, विजुकला रानालगायतले बोल्नुभएको थियो ।
भेलाले शेरबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय नेमकिपा वीरेन्द्रनगर दोस्रो नगर सम्मेलन तयारी समिति गठन गरेको छ ।
Leave a Reply