क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
‘स्वतन्त्रता’ को यस्तो विकृत संस्करणलाई कालासयबहुल सदनले वाक स्वतन्त्रतासम्बन्धी विधेयकमा घुसाउन खोज्यो । यस्तो स्थितिमा सामाजिक जनवादी समूहले सांसदलाई ‘दण्ड नलाग्ने’ विधेयकबारे बहस र अनुमोदन प्रक्रिया चलुञ्जेल संसद्का सम्पूर्ण कामकारबाही बन्द गर्न प्रस्ताव ग¥यो । तर, उदारवादीहरू हतारमा देखिए । उनीहरूले विधेयक पास नहुँदासम्म बजेटसम्बन्धी बहस मुल्तबीमा राख्न प्रस्ताव अघि सारे । तर, यो प्रस्ताव सफल भएन । एकहिसाबले भन्ने हो भने उदारवादीहरूले समेत राहतको सास फेरे । तैपनि दुवै सामाजिक जनवादी समूह र त्रुदोभिकहरूले हिम्मत हारेनन् । उनीहरूले बजेटसम्बन्धी छलफल रोक्न सदन अवरुद्ध पार्ने योजना बनाए । देशमा क्रान्तिकारी भावना मौलाइरहेको बेला सदनमा यसप्रकारको प्रदर्शनले ठुलो महत्व राख्ने पक्का थियो । सदनमा सरकारविरुद्ध एकाध जोडदार भाषण गर्नुभन्दा यो कदमले वजन बढी हुने निश्चित थियो ।
बजेटसम्बन्धी पहिलो बहसकै बेला ‘प्राभ्दा’ पत्रिकाको दोस्रो वार्षिकोत्सव थियो । हाम्रो पार्टीले यसलाई ‘श्रमिक प्रेस दिवस’ को रूपमा मनाउने निर्णय ग¥यो । सो अवसरमा सेन्ट पिटर्सबर्गका मजदुरहरूले जुलुसको आयोजना गरे । पत्रिकाको सम्पादन कार्यालयमा थुप्रै शुभकामना सन्देश प्राप्त भयो । ‘प्राभ्दा’ को ‘फलामे’ कोषका लागि चन्दा प्राप्त भयो । ‘प्राभ्दा’ को विशेष संस्करणको व्यापक वितरण भयो । त्यो दिन मात्र पत्रिकाको १ लाख ३० हजार प्रति बिक्री भयो । मजदुरहरूको यो हर्षोल्लास देखेर सदनमा हाम्रो प्रदर्शनले जनआन्दोलनलाई अगाडि बढाउन टेवा पुग्ने र समस्त मजदुर वर्गले हामीलाई समर्थन गर्नेमा हामी आश्वस्त भयौँ ।
अप्रिल २२ गते सदनमा बैठक सुरु हुनुभन्दा अगाडि नै दुई सामाजिक जनवादी समूह र त्रुदोभिकहरूले एउटा प्रस्ताव राख्यौँ । वाक स्वतन्त्रतासम्बन्धी विधेयक ऐन नबन्दासम्म बजेटको बहस पछि सार्ने प्रस्ताव राख्यौँ । बजेट आयोगका प्रतिनिधिहरूले बोल्ने बेला तीन समूहका सदस्यहरू आगामी कार्यक्रमका लागि बैठक हलबाट बाहिरिए । हामीले वित्तमन्त्री बार्कको मन्तव्य सुरु हुने बेला फर्किने र उनलाई बोल्न नदिने निधो ग¥यौँ ।
बार्कको साटो सदनमा मन्त्रिपरिषद्का नयाँ अध्यक्ष गोरेमिकिन आए । सबैलाई हटाउँदै उनी सदनको मञ्चमा उक्ले । वयोवृद्ध गोरेमिकिनलाई कोकोभ्त्सेभको स्थानमा जारशाही सरकारको प्रधानमन्त्री नियुक्त गरिएको थियो । किनभने, कोकोभ्त्सेभलाई कोमल मन भएको र उदार मानिन्थ्यो । दिन प्रतिदिन चर्किँदै गइरहेको क्रान्तिकारी आन्दोलनलाई निर्ममतापूर्वक दबाउनका लागि नयाँ प्रधानमन्त्री नियुक्त गरिएको थियो । यसकारण, संसद् अवरुद्ध गर्ने हाम्रो योजना हामीले आस गरेभन्दा पनि उत्तम हुने भयो । यो अवरोध अब सिधै सरकार प्रमुखविरुद्ध लक्षित हुने भयो । यसको अर्थ हाम्रो कदम जारशाहीविरुद्ध प्रदर्शनमा बदलिने भयो ।
गोरिमिकिनले बोल्न मात्र थालेका थिए, “राज्य ड्युमाका भद्र सदस्यहरू ।…” यत्तिकैमा वामपन्थी हातामा गर्जन सुरु भयो । ‘सांसद्हरूलाई वाक स्वतन्त्रता चाहिन्छ–चाहिन्छ ।’ यो नाराले प्रमको आवाज छायाँमा प¥यो । हल्ला रोक्न असमर्थ भएर रोद्जानकोले गोरेमिकिनसँग माफी मागे र संलग्न सांसदहरूलाई आगामी पन्ध्र बैठकका लागि निलम्बित गरे । त्यसपछि गोरेमिकिनले मञ्च छोडे । उनको साटो दण्डित सांसदहरू मञ्चमा उक्ले । सदनको नियम अनुसार तीमध्ये प्रत्येकलाई निकालिनु अघि आफ्नो बचाउमा बोल्ने हक थियो । पालैपालो उनीहरूले जोडदार विरोध जनाए । मौकाको फाइदा उठाउँदै ‘६ बोल्शेभिकहरू’ ले सरकारको भत्र्सना गरे र उदारवादीहरूको लाछीपन र दुर्बलता छताछुल्ल पारिदिए ।
निलम्बन प्रक्रिया भटाभट अघि बढ्यो । कसैले प्रतिकार गरे रोद्जान्कोले तुरुन्तै कुरा काटिदिन्थे । केही निलम्बित सांसदहरूले संसद् भवन छोड्न मानेनन् । त्यसपछि प्रक्रिया यसरी अघि बढ्यो । रोद्जान्कोले केही समयलाई बैठक स्थगन गरे । यही अन्तरालमा सभा भवनमा सैन्य दस्ता आइपुग्यो । सैनिकहरूले छेकबार लगाए । अधिकारीहरू निलम्बित सदस्यसामु गए र उनलाई बाहिर निकाल्न भने । यसपछि सेनासँग केही सिप नचल्ने भएर ती सांसद लुरुलुरु बाहिर गए ।
संसद्को इतिहासमा यस्तो बलप्रयोग कहिल्यै भएको थिएन । मन्त्रीहरूबस्ने हाता भरिभराउ थियो । सबै मन्त्रीले रोद्जान्कोको प्रभावकारी सेवालाई ध्यानपूर्वक नजर लगाए । एकजना सांसद्लाई हटाइसकेपछि बैठक सुचारु भयो । पूरै प्रक्रिया पुनः अगाडि बढ्यो । आपत्ति जनाउने सबै सांसदलाई बाहिर निकालेपछि जोरेमिकिन फेरि मञ्चमा देखापरे । उनी एक शब्द बोल्न सकेनन् । फेरि एकपल्ट भवनभित्रै रहेका वामपन्थी समूहका सांसदले अवरोध गरे । दक्षिणपन्थीहरूले कुर्लिए, “यिनीहरू सबैलाई बर्खास्त गर्नुस् ।” रोद्जान्कोले पुनः माफी मागे र सांसदहरूलाई बाहिर खेद्ने प्रक्रिया चलाए ।
तेस्रोपल्ट पनि गोरेमिकिनले अवरोध खेप्नुप¥यो । यसपालि उनले वामपन्थी हाताबाट टेबल ठोकेको र चिच्याएको आवाज सुन्नुप¥यो । तीन संसदीय समूहका केही न केही सदस्य बचुञ्जेल निलम्बन र बल प्रयोगबाट निकालाको सिलसिला चलिरह्यो । तब गएर मन्त्रिपरिषद् अध्यक्षले बोल्न सके । उनले आपसी समझदारी, साझा काम र भर्खरै भएको ‘सन्तापपूर्ण घटना’ जस्ता केही अस्पष्ट शब्द उच्चारण गरे । त्यसपछि वित्तमन्त्री बार्कको पालो आयो । वामपन्थी सांसदहरूका ‘हानिकारक’ मन्तव्यबाट मुक्त भएपछि सदनले बजेटबारे छलफल सुरु ग¥यो ।
यो निलम्बन प्रक्रिया चलिरहँदा क्याडेट र प्रगतिशील सांसदहरूको व्यवहार एकदम नमुना उदारवादीको रह्यो । उनीहरूको वास्तवमा घाँटी प्रतिक्रान्तिकारी शक्तिसँग जोडिएको थियो । हिजोमात्र वाक स्वतन्त्रताका ठुलाठुला शब्द फलाक्ने उदारवादीहरूले संसद् अवरोधमा भाग लिएनन् । बरु तीमध्ये केहीले त रोद्जान्कोले चालेको निलम्बन प्रक्रियाको पक्षमा मत दिए । कतिपयले मतदानमा भाग नलिएको सही हो । तर, एकजनाले पनि विपक्षमा मत हाल्ने आँट गरेन । अझ आफ्नो मुखपत्रमा क्याडेटहरूले बलप्रयोगको पक्ष लिए । उनीहरूको तर्क थियो, “यो नृशंस भौतिक बल प्रयोग थिएन बरु जनतालाई प्रतिनिधित्व गर्ने संस्थानका प्रमुखको आदेशमा क्रियाशील अनुशासन पालन गराउने निकायको कार्य थियो ।” क्याडेटहरूले खुलेरै जारशाही निरङ्कुशतन्त्र र कालासयहरूप्रति आफ्नो नाङ्गो चाकडी बजाए ।
हामीमाथिको समग्र कारबाही र संसद् अवरोधको घटनामा उदारवादीहरूको रवैयाले पनि निर्णायक भूमिका खेल्यो । सदनमा हाम्रो समस्त क्रियाकलापमा हाम्रो काम तबतब प्रभावकारी रह्यो जबजब हामीले मजदुरहरूबाट समर्थन हासिल गर्न सक्यौँ । सदनमा एकहदसम्म देशको राजनीतिक सङ्घर्षको प्रतिविम्ब झल्किन्थ्यो । तैपनि, समस्या कारखाना, सडकमा सल्टाउनुपथ्र्यो । तुराइद दरबार (संसद् भवन) का पर्खालभित्र समाधान थिएन ।
हाम्रो समूहले सदनको घटनालाई लिएर अन्य पार्टीसँग मिली मजदुर प्रदर्शन गर्ने तयारी थाल्यौँ । बोल्शेभिकहरूको बलियो सङ्गठन भएका ट्रेड युनियन, शैक्षिक सङ्घसंस्था तथा अन्य मजदुर वर्गीय सङ्गठनहरूमार्फत आन्दोलन सुरु भयो । यस्तो होला भनी आकलन गरेर गुप्त प्रहरीले आफ्नो सक्रियता दोब्बर पा¥यो । समूहका प्रत्येक सदस्यमाथि कडा निगरानी भयो । समूहका कार्यालयहरू गुप्तचरहरूका अखडा बने । सांसदहरू निलम्बित भएको दिन साँझपख गुप्त प्रहरीले हाम्रो पार्टीका ६ सदस्यलाई पक्राउ ग¥यो । हडताल आयोजना गर्ने विषयमा छलफल गर्न ती मजदुरहरू हाम्रो कार्यालयमा आएका थिए । त्यही बेला पक्राउ परे ।
धरपकडका कारण हाम्रो समूह निकै सजग भयो । पार्टी सङ्गठनका प्रतिनिधिहरूलाई हाम्रो कार्यालयमा नआउन भनियो । पार्टी समितिका हाम्रा गतिविधिमा कडा गोप्यता कायम गरियो । हामीले विभिन्न सङ्गठनका कामरेडहरूलाई मजदुरहरूले साङ्गीतिक तथा शैक्षिक गतिविधि गर्ने स्थानमै बैठक बस्न र विरोधका गतिविधिको तयारी गर्न लगायौँ ।
अप्रिल २३ को बेदखलीको भोलिपल्ट हडताल सुरु भयो । खासगरी छापासँग सम्बन्धित ४ हजार मजदुरले काम छोडेका थिए । त्यसपछिका दिनहरूमा यो हडताल अन्यत्र सर्दै गयो । अप्रिल २४ गते हडतालीहरूको सङ्ख्या बढेर ५५ हजार पुग्यो । तेस्रो र चौथो दिनमा थप १७ हजार मजदुर हडतालमा थपिए । आन्दोलन मस्कोमा फैलियो । त्यहाँ २५ हजार मानिस हडतालमा सहभागी भए । जहीतही बैठक बस्दै विरोधको निर्णय पारित गर्दै मजदुरहरू धमाधम हडतालमा मिसिए ।
उद्योग सङ्घले पहिले जस्तै सबै ठुला उद्योगहरू तालाबन्दी गरेर जवाफ दियो । अप्रिल २४ को दिन १६ ठुला उद्योगहरू बन्द भए । झन्डै २५ हजार मजदुर कामबाट निकालिए । उद्योग सङ्घलाई मजदुरहरू ‘तालाबन्दी सङ्घ’ भन्थे । यसले आफूलाई मजदुरहरूविरुद्ध आर्थिक र राजनीतिक सङ्घर्ष गर्ने सङ्गठनको रूपमा प्रस्तुत भयो । अप्रिल २९ गते अधिकांश कारखानामा काम पुनः सुचारु भयो । तर, कतिपय मालिकहरूले मे दिवसमा हडताल हुने सम्भावनालाई ध्यानमा राखेर मजदुरहरूलाई दण्डित गर्न तालाबन्दीलाई मे २ गतेसम्म लम्ब्याए । पुँजीपतिहरूले मजदुरवर्गलाई भोकभोकै र बेकामे राखेर तिनको क्रान्तिकारी उत्साहलाई नामेट पार्न सकिने ठाने । तर, कालासय सांसदहरू यसलाई पनि अपुग ठान्थे । उनीहरू मजदुरहरूलाई कठोरतम दण्ड दिन आह्वान गरे ।
प्रतिक्रान्तिकारी पत्रिका ‘रुसकोये ज्नाम्या’ (रुसी झन्डा) ले कपटी प्रस्तावको खुला उद्घोष ग¥यो । उसले मजदुरको ज्याला घटाउनुपर्ने र (सदन वा बिमा निकाय आदिबाट) मजदुरको समग्र प्रतिनिधित्व अन्त्य गर्नुपर्ने माग राख्यो । कालासय सांसदहरूले मजदुरहरूमा क्रान्तिकारी भावना बढिरहेको तथ्यलाई स्वीकार्नै प¥यो । यसको पछाडि मजदुर प्रेसले चलाएको प्रचार अभियान तथा सामाजिक जनवादी सांसदहरूका गतिविधि मूल कारक रहेको पनि उनीहरूले ठम्याए । ‘रुसकोये ज्नाम्या’ मा अप्रिल २६ गते छापिएको एक लेखले भन्यो :
“मजदुरहरूको प्रेसमा सामाजिक जनवादी सांसदहरूको पूर्ण नियन्त्रण छ । (सरकारले) असावधानीपूर्वक यो प्रेसलाई सांसद र मजदुरहरूबिच हिमचिम बढाउन दिइएको छ । एक वर्षअघि मजदुरहरूलाई सदनका घटनाक्रमसँग उति चासो थिएन । सामाजिक जनवादीहरू बैठकबाट निकालिए । तिनका साथीहरू, भगौडा अपराधीहरू पक्राउ परे । तिनीहरू बस्ने ठाउँमा छापा मारियो । तैपनि मजदुरहरू चुप थिए । अहिले त सदनमा दिने एउटै मन्तव्यमा पनि २ लाख सङ्गठित मजदुरहरू जुरुक्क उचालिन्छन् । मजदुर वर्गका सबै जल्दाबल्दा प्रश्न तुरुन्तै सदनमा गुञ्जिन्छन् । सदनमा सामाजिक जनवादीहरूले सरकारलाई बोल्न दिँदैनन् र यसले अज्ञानी मजदुरहरू झन् उचालिन्छन् । साथै, सामाजिक जनवादी सांसदहरूले जे बोले पनि त्यसलाई मजदुरहरूले टिपिहाल्छन् । सामाजिक जनवादीहरूको अहङ्कारलाई ठाउँमा ल्याउँदा विरोधमा उनीहरूले सदनमा आपत्तिजनक अवरोध तेस्र्याए । यसलाई पनि मजदुरहरूले हडताल गरी समर्थन गरे । आंशिक सही हडताल एक हदसम्म सफल भयो । केही मामिलामा अडान लिनुपर्ने बेला हो यो । तोपका आहार र बखेडाकारीहरूबिच यो हिमचिमको खतराबारे विचार गर्नुपर्ने बेला हो ।”
‘रुसकोये ज्नाम्या’ पत्रिकामा छापिएको त्यो लेखले यसपछि विभिन्न प्रस्ताव राख्यो । मजदुरहरूलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नुपर्ने र ज्याला घटाइदिनुपर्ने लेख्यो । नरसंहारकारीहरूले लेखे, “भोकभोकै हडताल गर्न सकिन्न । पेट भरिएकाहरू मात्र हुलदङ्गामा आउँछन् ।” यसपछि लेखले सार खिच्यो :
“यसरी मात्र शान्ति बहाल हुनेछ । यसपछि मात्र सदनमा सामाजिक जनवादीहरूले विरोध जनाएपिच्छे सेन्ट पिटर्सबर्गका सडकमा सुव्यवस्था कायम गर्न घोडचढी पल्टन यताउति दौडिरहनुपर्दैन ।”
कालासयहरूले सही भनेका थिए । जनतासँग मजदुर सांसदहरूको घनिष्ट सम्बन्धको ठुलो महत्व थियो । सेन्ट पिटर्सबर्ग, मस्कोलगायत देशका विभिन्न सहरमा मजदुरहरूले हाम्रा क्रियाकलापको समर्थनमा प्रदर्शन गरेर त्यो घनिष्टता जाहेर गरेका थिए ।
संसद् अवरोध गर्ने हामी र अन्य दुई समूहले सम्पूर्ण तह र तप्काबाट समर्थन पाए । क्याडेटहरू आफ्नो निर्णयलाई संविधानसम्मत देखाउन अनेक बहाना आविष्कार गर्न बाध्य भए । दक्षिणपन्थी क्याडेटहरूमध्ये सबैभन्दा मुख माक्लाकोभ मस्कोका सांसद थिए । (तत्कालीन गृहमन्त्रीको नाम पनि माक्लाकोभ हुनाले नझुक्किनुहोला । सं.) उनी मस्को गएर वामपन्थी सांसदहरूको बेदखलीविरुद्ध मत नदिनुको कारण खुलाउन बाध्य भए । उनले गुनासो गर्दै भने, “ग्रामीण क्षेत्रमा विरोध आन्दोलनको नयाँ लहर चल्दै छ । यसले हाम्रो पार्टीलाई बेवास्ता गर्छ र विरोधका कानुनी तरिकालाई अस्वीकार गर्छ ।” अर्का क्याडेट नेता मिल्युकोभले उनलाई समर्थन गर्दै भने, “क्रान्तिकारी लहर बढिरहेको सत्य हो भने यो निकै दुःखद छ ।” क्रान्तिलाई पछि सार्नु नै उदारवादीहरूको एउटै लक्ष्य थियो । सरकारको विरोध गर्ने बेला पनि उनीहरूको मुख्य तर्क यही हुन्थ्यो । सरकारको नीतिले क्रान्तिलाई मलजल गरिरहेको वा क्रान्ति भड्काइरहेको दलिल हुन्थ्यो तिनको ।
यही बेला क्याडेट र प्रगतिशीलहरूलगायत तिनका साझेदारहरूले आफ्नो कपटलाई सफाइ साथ प्रस्तुत गरे । यसको प्रभाव कति प¥यो भने (मेन्शेभिक) विघटनकारीहरूले उदारवादीहरूसँग मिलेर जानुपर्नेसम्म सोच्न भ्याए । आफ्नो पत्रिकामा मेन्शेभिकहरूले प्रगतिशील पुँजीवादी पार्टीहरूसँग मिलेर जान तयार रहेको लेखे । स्थितिको विश्लेषण गर्दै उनीहरूले फेरि एकपल्ट मजदुर वर्गलाई ‘मजदुरहरूको निम्ति साङ्गठनिक स्वतन्त्रता’ को नीति घोटेर खुवाउन खोजे । मेन्शेभिक पत्रिका ‘सेभेर्नाया राबोचाया गजेटा’ (उत्तरी मजदुर खबर) ले लेख्यो, “सदनमा वाक स्वतन्त्रता तथा सांसदहरूको दण्ड–फराक हैसियतको प्रश्न आज देशको राजनीतिक जीवनको सबैभन्दा अहम प्रश्न बन्न पुगेको छ । यी प्रश्नहरू सन् १९१२ अगस्टमा निर्दिष्ट मूल मागहरूसँग एकदम नजिक छन् ।” (यसलाई अगस्ट गुट भनिन्थ्यो ।)
‘प्राभ्दा’ पत्रिकाले तुरुन्तै यो दृष्टिकोणको खण्डन ग¥यो । सदनले केवल क्रान्तिकारी सङ्घर्षलाई सबल बनाउने साधन मात्र बन्न सक्छ । तसर्थ, सदनको वाक स्वतन्त्रताको प्रश्न मजदुरहरूका लागि महत्वपूर्ण हुन सक्दैन । ‘प्राभ्दा’ ले लेख्यो :
“सामाजिक जनवादी तथा त्रुदोभिकहरूमाथि आक्रमण गर्दा सभामुख रोद्जान्को र पुरिश्केभिचहरूलाई साथ दिने अपराध गरेर उदारवादीहरू भर्खरै के ताजा भएका थिए (मेन्शेभिक) विघटनकारीहरूबाट सहकार्यको प्रस्ताव पाइहाले । यतिबेला यस्तो प्रस्ताव ल्याउनु मजदुर वर्गीय आन्दोलनप्रति पूर्वाग्रही बन्नु हो । पुँजीपतिहरूसँग सहकार्य अहिलेको नारा हुन सक्दैन । बरु पुँजीवादीहरू हिच्के पनि, तिनले विश्वासघात गरे पनि क्रान्तिलाई अघि बढाउनु नै आजको नारा बन्नुपर्छ । (मेन्शेभिक) विघटनकारीहरूले सदनमा पुँजीवादीहरूसँग संयुक्त काम गर्न सक्छन् तरसही नीति हामीले बाहिर अपनाउनुपर्छ ।… मजदुर वर्गले पनि ‘संयुक्त कार्य’ गर्छ तर त्यसको आधारलाई उदारवादी र विघटनकारीहरू दुवैले अस्वीकार गर्छन् ।”
वामपन्थी सांसदहरूलाई सदनबाट निकाला गरेपछि सेन्ट पिटर्सबर्गमा फैलिरहेको हडतालको लहरप्रति मेन्शेभिकहरूको रवैयामा जनकारबाहीप्रति तिनको डर झल्किन्थ्यो । क्रान्तिको सम्भावना देखेर तिनको होसहवास हरायो र तिनले आन्दोलनलाई थमौतीमा राख्न जोडबल लगाए ।
अप्रिल २५ को दिन मेन्शेभिक समूहको बैठक बस्यो । त्यसको माइन्युटको उल्लेख गुप्त प्रहरीको रिपोर्टमा पनि भयो । मेन्शेभिक नेता (फ्योदोर) दानको उपस्थितिमा भएको सो बैठकमा सेन्ट पिटर्सबर्गमा भइरहेका जुलुस प्रदर्शन र हडतालको विषयमा छलफल चलेको थियो । बैठकमा कैयन सदस्यले भने, “मजदुरहरूलाई सहयोगका लागि धन्यवाद भन्नुपर्छ र तिनलाई मे १ सम्म हडतालपछि सार्न भन्नुपर्छ ।” समूहले गरेको निर्णयमा यही भाव झल्कियो । लेखियो, “मे १ गते अझ उत्साह देखाउने हो भने अहिलेलाई हडतालबाट पछि हट्न जरुरी छ ।”
Leave a Reply