हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, २१ मङ्सिर । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ जिल्ला समिति भक्तपुरले नेपाल क्रान्तिकारी मजदुर सङ्घको ५८ औँ स्थापना दिवस तथा १०८ औँ अक्टोबर समाजवादी क्रान्ति दिवस शनिबार आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले २०२४ मङ्सिर १५ गते मजदुर सङ्घको स्थापना भएको उल्लेख गर्दै श्रम शोषण र अन्यायको विरोधमा सङ्घको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
देशमा बहुदल स्थापना भएपछि अन्तर्राष्ट्रिय मे दिवसको दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष ज्ञापनपत्र बुझाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले काम गरी खाने वर्गको एउटा सङ्गठित शक्ति भनेकै सङ्गठन हो भन्नुभयो ।
कार्यकर्ताहरूले जनताको सेवा गर्ने भावना कहिल्यै भुल्न नहुने उल्लेख गर्दै उहाँले सिद्धान्त र विचारबिनाको सङ्घर्षले लक्ष्य हासिल नगर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरुको सभापतित्वमा भएको सो कार्यक्रममा उहाँले समाजवादी क्रान्तिबारे चर्चा गर्नुभयो ।
सत्तासीन कम्युनिस्टहरू देश र जनताको हितभन्दा दलगत स्वार्थमा लागेको उल्लेख गर्दै उहाँले डकर्मीहरूले देश विदेशका घटनाबारे जानकारी भइरहनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिका सचिव रमेश दुमरुले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।
Leave a Reply