भर्खरै :

शक्तिको आडमा आक्रमण गर्ने धम्की निन्दनीय

शक्तिको आडमा आक्रमण गर्ने धम्की निन्दनीय

संयुक्त राज्य अमेरिकाको कारण संसारमा कहीँ न कहीँ युद्ध भइरहेको छ । शक्ति र हतियारको दम्भ देखाएर अमेरिका र अमेरिकी पिछलग्गूहरूको सहयोग र साथमा दर्जनाँै देशमा आक्रमण गरेर धनजनको ठुलो क्षति पु¥याइएको छ । आक्रमणको पछिल्लो पटक प्यालिस्टिनमा नराम्रोसँग क्षति पु¥याइएको थियो । अमेरिकाको सहयोग र साथमा इजरायलले प्यालिस्टिनमा आक्रमण गर्दा ७० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । दोस्रो कार्यकालको पहिलो वर्ष नबित्दै युद्ध गर्न हौस्याएका, युद्धमा साथ दिएका अमेरिकी राष्ट्रपति ट्रम्पले ठाउँ–ठाउँमा युद्ध र सङ्घर्षको स्थिति समाप्त गरेको दाबी गरेर नोबेल शान्ति पुरस्कारको अपेक्षा गरे । युद्ध र सङ्घर्ष सेलाउन नपाउँदै राष्ट्रपति ट्रम्पले फेरि भेनेजुयलामा आक्रमण गर्ने धम्की दिए । विश्वलाई आतङ्कित र असुरक्षित बनाउने ट्रम्पलाई नोबेल शान्ति पुरस्कार होइन युद्ध अपराधीको मुद्दा राखेर अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्ने विश्वका न्यायप्रेमी र शान्तिकामी जनताको माग रहेको छ ।
खनिज तेलको गतिलो स्रोत मानिने मुलुक भेनेजुयला ट्रम्प प्रशासनको आदेशमा अमेरिकी सैनिक घेराबन्दीमा परेको छ । ट्रम्पले भेनेजुयलाको आकाश र सेरोफेरोलाई पूरापूर बन्द गरेका छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार यसरी अमेरिकाले भेनेजुयलाको आकाशमाथि प्रतिबन्ध लगाउन मिल्दैन । उनको क्रियाकलापले गर्दा हाल कोलम्बिया, ब्राजिल र ग्रायनासमेतका देशहरू भयग्रस्त भएका छन् । सेना परिचालन गरेर भेनेजुयलाका राष्ट्रपतिलाई अपदस्थ गराउने र सत्ताच्युत गराउने खालका गतिविधि निन्दनीय छ । अमेरिकी प्रशासनको देशको स्वाधीनता र सार्वभौमिकतामा हस्तक्षेप गर्ने नीतिको विश्वका देशभक्त सरकार र स्वयं अमेरिकी जनताले विरोध गरिरहेका छन् । अमेरिकी संसद्का केही सांसदहरूले अमेरिकी सेनालाई राष्ट्रपतिको अवैध आदेश पालना नगर्न आह्वानसमेत गरेका छन् । यसरी अमेरिकी राष्ट्रपति ट्रम्प विश्वका राष्ट्रप्रमुख र जनताबिच मात्र होइन आफ्नै देशका नेता, सांसद र जनताबिच पनि अलोकप्रिय हुँदै छन् ।
लागूऔषध कारोबार रोक्ने कुरामा कसैको फरक मत हुँदैन । तर, लागूऔषध कारोबारको कारण भेनेजुयलामा आक्रमण गर्ने धम्की शक्तिको दम्भबाहेक अरु होइन । ट्रम्प प्रशासनको ध्यान लागूऔषध होइन भेनेजुयाली सरकारलाई सत्ताच्युत गराउनु हो; अनेक भ्रमजालबाट मदुरो सरकारलाई असफल पार्नु हो । लागूऔषध कारोबार ट्रम्प प्रशासनको निहुँ मात्र हो । अमेरिकी सरकारले अरु देशमा पनि अनेक निहुँ खोजी, बहाना बनाई आक्रमण ग¥यो† आक्रमण गर्न सहयोग पु¥यायो । अमेरिकी सैन्य कारबाही चलाएर भेनेजुयलामा धनजनको क्षति पु¥याउने र मदुरो सरकारलाई आत्मसमर्पण गराउने ट्रम्प प्रशासनको लक्ष्य हो । हतियार र सैन्य शक्तिको दम्भ देखाएरै सत्ताच्युत गराउने, कुनै सरकारलाई असफल बनाउने र असफल बनाउनको लागि अनेक बहाना बनाउने षड्यन्त्र अमेरिकी सरकारले पहिलेदेखि बुन्दै आएको हो । बलको आधारमा अरु देशमा आक्रमण गर्ने काम कुनै पनि प्रजातान्त्रिक मुलुकलाई सुहाउँदैन । आफूभन्दा फरक विचारका देश र देशका प्रमुखहरूलाई एकएक पाइला गरी सिध्याउने अमेरिकी प्रशासनको अहङ्कार, हस्तक्षेप र दबाब भइरहेसम्म संसारका जनताले सन्तोषको सास फेर्न पाउने छैनन्; जनता सुरक्षित हुने छैनन् ।
अमेरिकी आक्रामक नीतिको संसारभरका जनता र राष्ट्र प्रमुखले विरोध गरिरहेका छन् । साम्राज्यवादी अमेरिकी नीतिको विरोध प्रदर्शन चालु छ । विरोध प्रदर्शन अमेरिकामा पनि भइरहेको छ । शक्तिको आडमा अरु देशको सार्वभौमिकतामा आँच पु¥याउने, हस्तक्षेप र आक्रमण गर्ने कार्य विश्वबाट अन्त्य हुनुपर्छ । यसरी आक्रमण गर्ने देशमा संयुक्त राज्य अमेरिका नै अगाडि छ । अरु देशको स्रोत र साधन कब्जा गर्ने या आफ्नो नियन्त्रणमा राख्ने काम अमेरिकी प्रशासनले गरिरहेको छ । आक्रमण गर्ने र गराउने, देश देश जुधाएर हतियार बेच्ने, भौतिक संरचना ध्वस्त पारेर आर्थिक सङ्कट निम्त्याउने, हाहाकार बनाएर देशलाई असफल पार्ने काममा अमेरिकी प्रशासनको ठुलो हात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *