रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
प्योङयाङ, अप्रिल २१ । प्रजातान्त्रिक गणतन्त्र कोरियाले आणविक परीक्षण तथा अन्तरमहादेशीय बालास्टिक मिसाइल (आईसीबीएम) परीक्षण शनिबार देखि बन्द गर्ने भएको छ । शनिबार प्रजग कोरियाको सरकारी समाचार संस्था कोरियाली केन्द्रीय समाचार एजेन्सी(केसीएनए)ले सो कुरा सार्वजनिक गरेको हो ।
केसीएनएका अनुसार कोरियाली मजदुर पार्टी केन्द्रीय समिति पोलिटव्युरोले त्यस्तो निर्णय गरेको हो ।
‘अप्रिल २१ सन् २०१८ देखि हामी आणविक परीक्षण र अन्तरमहादेशीय बालास्टिक रकेट परीक्षण बन्दै गर्नेछौं । प्रजग कोरियाको उत्तरी आणविक परीक्षण क्षेत्रलाई पारदर्शी रुपमा आणविक परीक्षण बन्द गरेको निश्चित गर्न भत्काइनेछ ।’, केसीएनएले भन्यो ।
आणविक परीक्षण बन्द गर्ने काम विश्वव्यापी निशस्त्रीकरणको महत्वपूर्ण प्रक्रिया हो र प्रजग कोरिया यो अन्तर्राष्ट्रिय चाहनालाई साथ दिन्छ । अनि आणविक परीक्षण पूर्ण रुपमा बन्द गर्दछ ।’, केसीएनएले भन्यो ।
प्रजग कोरियाको निर्णयअनुसार उसले प्रजग कोरियाविरुद्ध आणविक धम्की र आणविक युद्धको अवस्थामा बाहेक कुनै पनि अवस्थामा कहिल्यै पनि आणविक हतियार बनाउनेछैन न त आणविक हातहतियार वा आणविक प्रविधिको प्रसार गर्नेछ ।
‘हामीले हाम्रो सबै शक्ति शक्तिशाली समाजवादी अर्थतन्त्र निर्माण र देशका सबै मानवीय तथा भौतिक स्रोत परिचालन मार्फत् उल्लेखनीय रुपमा जनताको जीवनस्तर सुधारमा लगाउनेछौं ।’, प्रजग कोरियाको आधिकारिक समाचार स्रोतले भन्यो ।
’प्रजग कोरिया समाजवादी आर्थिक निर्माणका लागि उपयुक्त अन्तर्राष्ट्रिय वातावरण बनाउन र कोरियाली तथा विश्व शान्ति तथा स्थायित्व रक्षा गर्न छिमेकी देश र अन्तर्राष्ट्रिय समुदायसँग निकट सम्पर्कमा रहने र सक्रिय संवादका लागि काम गर्नेछ ।’, केसीएनएको भनाई छ ।
उक्त निर्णय गरिएको बैठकमा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ इल सहभागी भएका थिए । उनले आणविक शक्ति विकास गर्ने मिसन समाप्त भएको र अब कोरियाली मजदुर पार्टीको रणनीतिक बाटो आर्थिक निर्माणमा केन्द्रित हुने भएको बताए ।
सिन्ह्वा
Leave a Reply