समाजवादउन्मुख राज्य व्यवस्थाको आधारमा बजेट ल्याउनुपर्छ
- जेष्ठ १०, २०८३
समाजमा नौरङ्गी मान्छे हुन्छन् त्यसै भनिएको होइन । अनेक रङ्गका, अनेक थरीका, अनेक सोचका मान्छे भएरै समाजका बुढापाकाहरू भन्ने गर्छन्, कस्तो नौरङ्गी मान्छे । आफू मात्र ठुलो, राम्रो र योग्य ठान्ने अहंभाव भएका व्यक्तिहरू पनि समाजमा देखिएका छन् । कसैसँग जोरी खोज्ने वा फुर्ती देखाउने अभिमानी, घमण्डी र सेखीहरू टोल, गाउँ–ठाउँमा मात्र होइन राजनीतिक दलभित्र पनि देखिएका छन् । राष्ट्रिय राजनीतिमा बढाइचढाइ गर्ने, रबाफ देखाउने अरुलाई गन्दै नगन्ने सामन्त चरित्रका नेता तथा कार्यकर्ता र उनीहरूको वरिपरि या पछि लाग्ने कार्यकर्ताहरूको घुइँचो विशेषतः ठुला दलमा देखिएको छ । यसरी सतही र फुस्रो राजनीति गर्ने नेता तथा कार्यकर्ताहरू एमालेमा देखिएका छन् । अति अहङ्कारी, ओलीको गुणगान नगर्ने या अन्ध समर्थन नगर्ने नेता तथा कार्यकर्ताहरूलाई पाखा लगाउने, कारबाही गर्ने, निरङ्कुश राजाले जस्तै आफूले बोलेको भनेको कुरालाई निर्णयसरि मान्नुपर्ने, आलोचना, प्रत्यालोचना पनि गर्न नपाउने चरित्रका नेताहरू एमालेभित्र देखिएका छन् । आँखा चिम्ली आफ्नो गुणगान नगर्ने एमालेको नेतृत्व र त्यसको वरिपरि रहने गलत व्यक्तिहरूकै विरोधमा एमालेको ११ औँ महाधिवेशनमा ओली र पोखरेलको प्यानलसहित प्रतिस्पर्धामा उत्रिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी गलत होइन ।
सही सिद्धान्त र सही विचारको पालना त सबै नेता तथा कार्यकर्ताले गर्नुपर्छ । सही सिद्धान्त र सही विचारको राजनीति गर्ने दलका नेताले व्यक्तिगत स्वार्थ पूरा गर्न निर्णय गर्ने होइन । ओलीको नेतृत्वमा बनेको सरकारले समयमै सही निर्णय नगर्दा, अरुको आन्दोलन दबाएरै छाड्ने सेखीले गर्दा जेन–जी आन्दोलन भएको हो† देशकै शक्तिशाली सरकार नमज्जासँग ढलेको हो । यसको दोषी नेका सम्मलित ओलीको नेतृत्वमा बनेको एमाले सरकार नै हो । एमाले सरकारको सानो गल्तीले देशको सम्पत्ति कति क्षति भयो† कति मान्छेले ज्यान छोड्नु प¥यो । यो सामान्य घटना होइन ।
देशमा अहङ्कार गर्ने, अरुलाई वास्तै नगर्ने नेताहरूको सूचीमा केपी ओली पनि रहेको राजनीतिक विश्लेषण छ । त्यस्तै सेखी गर्ने नेताहरूमा हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि हुन् । उनी त छिनछिनमा बोली फेर्ने नेतामा पर्छन् । उनी अवसरवादी नेता हुन् । सिद्धान्त र विचारलाई थन्काएर जसरी भए पनि सरकारको नेतृत्व गर्नैपर्ने पदमुखी नेतामा दाहाल पनि पर्छ । अहङ्कार देखाउने सामन्ती चरित्रका नेताहरूको पछि दगुर्ने अन्य नेता तथा कार्यकर्ताले सही सिद्धान्त र विचारको राजनीति गर्छ भन्ने कुरा कसरी विश्वास गर्ने ?
एमालेको ११ औँ महाधिवेशनमा केपी ओलीविरुद्ध ईश्वर पोखरेल समूहको प्रतिस्पर्धा त्यसै भएको होइन । एमालेका पुराना अरु नेताहरू ओलीविरुद्ध त्यसै खनिएका होइनन् । जेन–जी आन्दोलनको क्रममा भएको नरसंहार र ध्वंसको नैतिक जिम्मेवारी सरकार प्रमुखले नलिए अरु कसले लिने ? आफ्नो सेखी स्वभाव र कार्यशैली सुधार्नुको सट्टा झन् अहङ्कारी भएर देखापर्नुले पनि उनीप्रति आफ्नै दलका नेता तथा कार्यकर्ताहरू असन्तुष्ट भएका हुन् । महाधिवेशनमा दुई पक्षबिच भएको प्रतिस्पर्धा आन्तरिक प्रतिस्पर्धा भने पनि त्यो नेतृत्वप्रतिको असन्तोषको सङ्केत हो । प्रतिस्पर्धामा हार जीत अर्को पार्टी हो । एमाले नेतृत्वको अहङ्कार र सत्ता सम्हाल्दा देखिएका भ्रष्टाचार र अनियमितताको चाङले एमालेको नेतृत्वमा बनेको सरकार कसको पक्षमा रहेको छ भन्ने कुरा थाहा हुन्छ । पाटो अधिवेशनकै क्रममा देखिएको पार्टी नेताहरूकै असन्तुष्ट र यसै समयमा पार्टी नेता तथा कार्यकर्ताहरू अरु पार्टीमा प्रवेश भएको लहरले एमालेभित्र पहिरो गएको चर्चा परिचर्चा राजनीतिक वृत्तमा भइरहेको छ । पार्टीकै नेता कार्यकर्ताबिच भएको असन्तुष्टले नेतृत्व पक्षको कार्यशैली सही नभएको अथ्र्याउँछ । ठुलोको अभिमानी र ठुलो हुनु नै सच्चाइ ठान्ने एमालेभित्रको गलत मानसिकता अहिले पनि छ ।
कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार या माक्र्सवाद – लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे प्रचार प्रसार नगर्ने एमाले कस्तो कम्युनिस्ट पार्टी ? माक्र्सवाद – लेनिनवाद पथ प्रदर्शक मान्ने एमालेको नेतृत्व पक्षले माक्र्सवाद र लेनिनवादबारे जनतालाई बुझाउन आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्दैन ? कम्युनिस्ट भएर कम्युनिस्टको सिद्धान्त र विचार अनुसार एमालेले के काम गरेको छ ? कम्युनिस्टको सिद्धान्त र विचारअनुसार कुनै काम नगर्ने एमालेका कस्ता नेता ¤ कम्युनिस्ट पार्टीले कम्युनिस्ट सिद्धान्त र विचारलाई आत्मसात गर्नुपर्छ । माक्र्सवाद–लेनिनवादलाई देशको माटो सुहाउँदो उपयोग गर्नुपर्छ । कुनै देशको नेताको दर्शनलाई अन्धानुकरण गर्ने होइन देशको माटो सुहाउँदो लागु गर्ने हो । यस कार्यमा एमाले चुकेको छ या एमालेले क्रान्तिकारी बाटो छोडेको छ । यो कम्युनिस्ट पार्टीको निम्ति दुर्भाग्यको विषय हो । यसकारण, एमालेभित्र नेता कार्यकर्ताबिच मात्र होइन जनताको पनि एमालेप्रतिको विश्वास गुम्दै गएको हो ।
Leave a Reply