भर्खरै :

जेनजी प्रदर्शन के कति प्रायोजित ?

जेनजी प्रदर्शन के कति प्रायोजित ?

गत वर्षको भदौ २३ र २४ गतेको जेनजी उपद्रवमा ७७ जनाको मृत्यु, २,४२९ घाइते र झन्डै एक खर्बको क्षति भयो । सो उपद्रवमा देशभरिझैँ आगजनी पनि गरियो । जेनजी प्रदर्शनको नेतृत्व गराउन रवि, बालेन, सुधन, सागरलगायत युवालाई अमेरिकी सरकारको गुप्तचर संस्था सीआईएका हाँगा NED, IRI, NDI, CEPPS ले करोडौँ डलर खर्च गरी विध्वंस गर्ने र चुनाव जित्ने तालिम दिएको अमेरिकी संचार माध्यम ‘द ग्रेजोन’ का खोज पत्रकार किट क्लारेनवर्गले लेख लेखेको सार्वजनिक भयो । तसर्थ, राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना के कति प्रायोजित रूपमा पनि घटाइन्छ भन्नेतर्फ नेपाली जनता थप सचेत हुनु जरूरी भयो । भदौ १० गते नेपालको लाङटाङ हिमालको हिमपहिरो नेपाल–चीनको सीमानदी ल्हेन्दे खोलामा ठोक्किएपछि रसुवाको भोटेकोसीमा हिमबाढी आयो । यो विनाशकारी हिमबाढीमा मृत्यु भएका १,३२५ जनाको शव फेला परेको, ५,१२० जना बेपत्ता रहेको र भौतिक पूर्वाधार ७ खर्ब रुपैयाँभन्दा बढीको संरचना क्षति भएको प्रारम्भिक आकलन सार्वजनिक भयो । विदेशी सञ्चार संस्था ‘रोयटर्स’ का अनुसार चीनले नेपाललाई हिमपहिरो र भारी वर्षाको सम्भावनाबारे १२ दिनअघि नै सूचना दिएको थियो । तर, रास्वपा सरकार किन सचेत भएन ? भेलबाढीलगत्तै विदेशी विज्ञहरूसँग खोज र उद्धारका लागि जनशक्ति र उपकरण सहयोग लिनुपर्नेमा रास्वपा सरकार हप्तादिन बिलम्ब गरेर किन बस्यो ?
नेपालमा २०७२ सालमा ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प आउँदा ३१ जिल्लामा ८,७९० जनाको मृत्यु भएको थियो भने २२,३०० जना घाइते भएका थिए । भूकम्पमा झन्डै ८० लाख मानिस प्रभावित भए र देशलाई ७ खर्ब ६ अर्ब ४६ करोड १० लाख बराबरको क्षति भएको थियो । भूकम्पको उद्धार, राहत र पुनःस्थापनाको लागि धेरै मित्र देशहरूले नेपाललाई सहयोग गरे । छिमेकी मित्र देश चीनले पनि भूकम्पपीडित नेपालीलाई सहयोग ग¥यो । यो सहयोगबारे भ्रम पनि फैलाइयो कि “सहयोगको नाममा चीनले नेपालमा पकड जमायोे” । यसकारण, भदौ १० गतेको हिमपहिरोमा रास्वपा सरकारले तत्काल विदेशी सहयोग नलिएको हो ।” काठमाडौँ उपत्यकाका भूकम्पमा पुराना सहरका पीडित जनताका घरहरू अझै पुनःनिर्माण भएका छैनन् ।
चीनले कुनै पनि देशमा सेना र हतियार तैनाथ नगर्ने प्रतिबद्धता व्यवहारमा देखाउँदै आएको छ । यही भदौ २७ र २८ गते भारतको राजधानी नयाँ दिल्लीमा भएको अठारौँ ब्रिक्स शिखर सम्मेलनमा चीनले ‘पारस्परिक हित र साझा जितका’ लागि सहकार्यलाई जोड दिएबाट चीनको विशाल हृदय रहेको देखिन्छ । बरू, नेपाली भूमि कालापानीमा ७५ वर्षदेखि भारतीय सेना तैनाथ छ । २०७२ सालको भूकम्पको बेला राहत ल्याएको नाममा भारतले आफ्ना विमान काठमाडौँ विमानस्थलमा अवतरण गरी अन्य देशको विमान अवतरणमा बाधा तेस्र्याएको त्यतिबेलै सार्वजनिक भएको हो ।
२०७४ सालमा भएको अविरल वर्षाको कारण ३५ जिल्ला प्रभावित भयो र तराईका रौटहत, मोरङ, झापा, सर्लाहीलगायत जिल्लामा बाढीले क्षति ग¥यो । यो बाढीले करिब ६१ अर्ब रुपैयाको भौतिक क्षति, १३४ जनाको मृत्यु र २२ जना घाइते भए । यो बाढी आउनुमा भारतले नेपालको सिमानामा सप्तरीदेखि बाँकेसम्म नेपाली भूमि डुबान हुने गरी सडक बाँध बनाउनु मुख्य कारण हो । यो यथार्थ त्यतिबेला नै सार्वजनिक भएको हो ।
२०७६ सालमा कोभिड–१९ महामारी विश्वभरि नै फैलियो । चीनले कोभिड–१९ बारे तत्काल विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गरायो । संयुक्त प्रयासमा कोभिड–१९ नियन्त्रण गर्ने प्रस्ताव चीनले अघि सार्दा संरा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘सामान्य रूघाखोकी’ भनी बेवास्ता गरे भने भारतका प्रधानमन्त्री मोदी साँझ बिजुली निभाएर टर्चलाइट बाल्ने र थाल ठट्टाउनेमा लागे । कोभिड–१९ ले विश्वभरि जनधनको अपार क्षति ग¥यो । नेपालमा करिब १० हजारको मृत्यु भयो भने १२ लाख जनसङ्ख्या गरिबी रेखामुनि धकेलियो र बेरोजगारी पनि बढ्यो ।
२०७२ सालमा मेलम्चीमा बाढी आयो र त्यहाँको बजार नै बगायो । काठमाडौँ उपत्यकाको लागि बनाएको मेलम्ची नदीको खानेपानीको मुहानमा पनि क्षति पुग्यो । यो बाढीमा ५० लाख अमेरिकी डलर क्षति भएको सार्वजनिक भयो । २०८० सालमा जाजरकोटमा भूकम्प आयो र १५९ जनाको मृत्यु भयो भने ६ हजारभन्दा बढी घर भत्किए । २०८१ असोज १०–१२ गतेको अविरल वर्षामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, पाँचथर, उदयपुर, खोटाङलगायतमा जनधनको क्षति भयो । यसमा ७८ जनाको मृत्यु तथा ८० भन्दा बढी घाइते भए भने ३४ ओटा राजमार्गको ८० स्थानमा पहिरो गयो र २६ ओटा जलविद्युत् आयोजनामा क्षति पुग्यो ।
नेपाल–चीन सीमा ल्हेन्देखोलामा २०८२ असार २४ गते पनि भेलबाढी आयो र सुक्खा बन्दरगाहमा क्षतिलगायत ५० भन्दा बढी नयाँ गाडी र एक दर्जन मालबाहक गाडी भेलबाढीमा बगाइए । वर्षाको कारण कोसी, मधेश र बाग्मती प्रदेशमा पनि त्यही वर्ष जनधनको क्षति भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *