साम्राज्यवादीहरूको डलरको कब्जामा नेपाली युवा नपरौँ !
- भाद्र ३०, २०८३
भक्तपुर नगर देशको सबभन्दा सानो भौगोलिक क्षेत्रफल २.६६ वर्ग माइल (६.८८ वर्ग किमि) र ८०,००० नेवार समुदायको बाहुल्यता भएको एक प्राचीन सहर भएकै कारण नगरपालिका र जनता पुराना कला र सांस्कृतिक धरोहरहरूको संरक्षण, मर्मत सम्भार र पुनः निर्माणलाई आफ्नो कर्तव्य सम्झँदै काम गर्दै छन् । जनताकै स्तरमा चन्दा उठाउँदै, श्रमदान जुटाउँदै र पुराना दाताका परिवारहरूसँग समेत सरसल्लाह, स्वीकृति र आर्थिक सहयोगसमेत मागेर ‘पुर्खाले सिर्जेका सम्पदाहरूलाई’ जोगाउनु नै उनीहरू सभ्यताप्रतिको ‘कर्तव्य निर्वाह गरेको अनुभव’ गर्छन् ।
राजधानीको नजिक भएको हुँदा भक्तपुरलाई एक ‘टेस्टट्युव’ अर्थात् ‘प्रयोगको नमुना’ को रूपमा लिनु बढी सार्थक हुन्छ । प्राचीन नगरमा पुरानै ढल, ढुङ्गा, ढुङ्गेधारा, पोखरी, पानीको ढल साँघुरो गल्ली बाटो आदि भएको हुँदा १०–१५ पाङ्ग्रे र १०–२० टन भार बोक्ने गाडीहरू आवतजावतमा रोक्नुपर्छ । घना जनसङ्ख्या भएको हुँदा एउटा सानो सडक खन्दा वा ढल मर्मतको नाममा २–३ वर्षसम्म ‘माथिको आदेश’ भन्दै र ‘विदेशीसँग सरकारको सम्झौताको’ निहुँमा अलपत्र पार्नु प्राचीन नगरको अर्थ र महत्व नबुझ्नु वा गाउँ र सहरको भेद नबुझी सिंहदरबारबाट आदेश गर्नुसरह हुने गरेको हुन्थ्यो । स्थानीय तहसँग राम्रो समन्वय नगरी नगरका जनताको मर्का नबुझ्ने कर्मचारीहरूलाई पहिले योजना लागू गर्ने ठाउँलाई निरीक्षण र अध्ययन गराउनु उत्तम उपाय हो । त्यसो गरेमा २–४ वर्षसम्म केन्द्रीय सरकारले मित्र देशसँग गरेको तार–टेलिफोनको सम्झौताबाट वर्षाैँसम्म हुने अलपत्र स्थिति र ठेकेदारहरूको ‘असंवेदनशीलता’ बाट देश ‘कुरूप हुने’ र जनताले लामो समय धुलो र हिलोबाट पीडित हुनुपर्ने थिएन ।
सिंहदरबारमा सल्लाह हुने प्राचीन नगरहरूमा लागू गरिने योजनाहरू विशेष गरी मित्र देशहरूसँग सन्धि सम्झौता हुनुभन्दा पहिले निश्चित ठाउँको अध्ययन भ्रमण माथिकै व्यक्तिबाट हुनु अत्यन्त व्यवहारिक हुने र अज्ञानतावस बिचको पक्षबाट हुने अवाञ्छित स्थिति उन्पन्न हुने छैन । स–साना योजनाको त्रुटीलाई व्यक्तिको खुट्टामा काँडा बिझेसँग तुलना गर्नु उपयुक्त हुन्छ । काँडा सानो हुन्छ तर त्यसको असर ठुलो र अनुभव अत्यन्त अप्रिय हुन्छ ।
भक्तपुर नगरको विकासबारे भेरी र कर्णालीका आफ्ना नाति नातिनाहरूलाई प्राथमिकदेखि एम.एस.सम्मका कलेजहरूमा अध्ययन गरेका नयाँ पुस्ताको हेरचाहमा रहेका अभिभावकहरूले एउटा चिया पसलमा सधैँ नेमकिपालाई अराजनैतिक वचन बोल्दै गरेका भक्तपुरमा तथाकथित पढैया केटाहरूलाई उत्तर दिएको पनि सुनियो । ती अभिभावकहरूको भनाइ थियो–भक्तपुर जिल्लाको वरपर भेरी र कर्णालीका हामीहरू अहिले २ हजारको सङ्ख्यामा छौँ, भाइहरूसँग अरु जिल्लाको भ्रमणको अनुभव छ ? जनतालाई शिक्षा, स्वास्थ्य, अन्य सुविधामा यहाँजस्तो कुन जिल्लामा छ ? हरेक टोलमा स्कूल, कलेज, स्वास्थ्य चौकी अस्पतालको सुविधा, सुन्दर मठमन्दिर, पौवा, पाटी, पोखरी र सफाइ कहाँ छ ? भक्तपुर त स्वर्ग जाने ठाउँ हो मन्दिरै मन्दिर, सबै पोखरीको किनारमा घाम तापेर उपचार गर्न आउँछन् । फेरि नेमकिपालई गाली गर्दै छौ भाइहरू ।”
२०१७ सालमा पुँजीवादी प्रजातन्त्रको विघटनपछि टोल टोलमा किसान युवाहरूको साक्षरता उन्मूलनको विरोधमा रात्रि अनौपचारिक रूपमा टुकी बालेर सञ्चालन हुँदै गयो । बिच बिच छिमेकी भारतबाट सुस्तामा भएको थिचोमिचोविरुद्धको आन्दोलनबाट प्रशिक्षित भएर ती युवाहरू पछि किसान महिलाहरू पनि प्रौढ कक्षामा सामेल भए । छापाका अक्षर चिनेपछि ‘अमेरिकी साम्राज्यवादले भियतनाममा गरेको आक्रमण’ बुझ्न थाले भक्तपुरका साधारण जनताले । संसारमा साम्राज्यवादीहरूले गरेका एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनतालाई गरेको अन्याय बुझ्न थाले र फोटो प्रदर्शनहरूले सबै स्पष्ट हुँदै गए । यो एक प्रकारको विश्वविद्यालयमा नपढाइने राजनैतिक शिक्षालाई गाईजात्राको सांस्कृतिकजस्ता पर्वमा पनि प्रतिबिम्बित भए । यसरी भक्तपुरमा किसान जनतामा नयाँ राजनैतिक र नागरिक भावनाको चिन्तनले पुस्तक, पत्र–पत्रिका र अखबारहरू पढ्ने कामदार वर्ग तयार ग¥यो । यो एक प्रकारको साक्षरताको साहित्यिक वरदान थियो ।
भक्तपुरमा शैक्षिक विकासपछि युवा विद्यार्थीहरू शिक्षक, डाक्टर, इन्जिनियर, स्वास्थ्यकर्मी, प्राविधिक आदि र लोकसेवा आयोगबाट सरकारी नोकरीमा छानिएर विभिन्न जिल्लामा गएर कर्तव्य पूरा गर्दै छन् । पहिले भक्तपुरबाट हरेक वर्ष केही महिना प्रजापतिहरू माटाका भाँडा बनाउन जान्थे, आज पनि डकर्मी, सिकर्मीजस्ता निर्माणको काम गर्ने युवाहरू जिल्ला बाहिरमात्र होइन विदेश पनि लागेका छन् । ६०–७० भन्दा बढी जिल्लाका विद्यार्थीहरू भक्तपुरका विभिन्न विद्यालय र कलेजहरूमा अध्ययनरत छन् । यसरी जनताबाटै सुरु गरेको साक्षरता आन्दोलनबाट आज देश र विदेशमा समेत भक्तपुरबाट शिक्षा हासिल गरेर देश र जनताको सेवामा लाग्दै छन् । यो नै भक्तपुरको नदेखिने उपलब्धि हो जसमा सबैको योगदान छ ।
Leave a Reply