भर्खरै :

दैलेखमा स्तालिन जन्म जयन्तीमा प्रशिक्ष्ँण कार्यक्रम

दैलेखमा स्तालिन जन्म जयन्तीमा प्रशिक्ष्ँण कार्यक्रम

दैलेख, ६ पुस । नेपाल मजदुर किसान पार्टी दुल्लु नपा १२ वडा समितिको आयोजनामा जोसेफ स्तालिनको १४७ औँ जन्म जयन्तीको कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा दैलेखका अध्यक्ष जगत वलीले स्तालिनको जन्म जयन्ती दिवस मनाउनुको अर्थ हामीले पनि स्तालिनजस्तै समाजको स्थापना र जगेर्ना गर्ने शिक्षा सिक्नुपर्ने बताउँदै शत्रु र मित्र पहिचान गरी सोभियत सङ्घजस्तै समाजवाद स्थापनाका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले काम गरेर खाने शोषितपीडित निमुखा जनतालाई पुँजीवादी व्यवस्थाले गरेको अन्यायको बारेमा जानकारी दिनुपर्ने उल्लेख गर्दै पुजीवादी पार्टीले काम गरेर खाने सोझा जनतालाई समाजवादको विषयमा नभनी स–साना स्वार्थमा फसाएर राज्य सत्तालाई सधैँ आफ्नो बनाउने अवसरवादी नीतिका बारेमा जनतालाई बुझाउन जरुरी छ भन्नुभयो ।
जेन–जी आन्दोलनपछि देशमा आएको सरकार पनि पुँजीवादी र विदेशीहरूको इसारामा बनेको सरकार भएकोले जेन–जी आन्दोलनमा निधन हुनेहरूको बलिदान यत्तिकै भएको जानकारी उहाँले दिनुभयो ।
उहाँले कार्यकर्ताले निरन्तर गतिविधि गर्ने र नयाँ पुस्तालाई पार्टी र सङ्गठनको विषयमा जानकारी दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका अग्रज कार्यकर्ता काशिराम जैसीले २०४६ सालपछिको नेमकिपाको राजनीतिक सङ्घर्षका बारेमा बोल्नुभएको थियो ।
नेमकिपा दैलेखका सदस्यहरू मदन भण्डारी, वीरबहादुर भण्डारी, शिवराज दाहाल र नेक्राविसङ्घ दैलेखको २२ आँै जिल्ला सम्मेलन तयारी समितिका संयोजक खेमराज दाहालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *