भर्खरै :

स्तालिनको जीवन सङ्घर्षबारे चर्चा

स्तालिनको जीवन सङ्घर्षबारे चर्चा

कैलाली, ६ पुस । नेपाल मजदुर किसान पार्टी आठौँ जिल्ला सम्मेलन तयारी समिति कैलालीको आयोजनामा स्तालिनको १४७ औँ र माओ त्सेतुङको १३२ औँ जन्म दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम आइतबार जानकी गा.पा. ४ मा सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले स्तालिन र माओत्सेतुङ विश्व सर्वहारावर्गका महान् गुरू भएकाले उहाँको जन्म दिवस संसारका कम्युनिस्टहरूले मनाउने गरेको बताउनुभयो ।
माओको योगदानको कारण अहिले चीन विश्वको महाशक्ति बन्न सफल भइरहेको चर्चा गर्दै उहाँले माओका लेख रचनाहरू अध्ययन गरी व्यवहारमा उतार्नु जरूरी भएको बताउनुभयो ।
नेमकिपा कैलाली संयोजक रमेशकुमार रावलले डिसेम्बर २१ को दिन स्तालिनको जन्म दिन भएकोले स्तालिनको जीवन सङ्घर्ष र समाजवाद स्थापनाको लागि उहाँको योगदानबारे कार्यकर्ताहरूबिच छलफल जरूरी भएको बताउनुभयो ।
कार्यक्रममा कैलाली सचिव गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *