ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
भक्तपुर, ६ पुस । भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा शनिबार वंशगोपालमा हाडजोर्नी तथा नसा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले मेडिकल सामग्री हस्तान्तरण गरी भक्तपुर नगरपालिकाले नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखी समय–समयमा वडा समितिमार्फत विविध रोगको निःशुल्क शिविर सञ्चालन गरिरहेको धारणा राख्दै नगरवासी स्वस्थ रहेमात्र राम्रो, स्वस्थ नगर बन्ने भएकोले आ–आफ्नो स्वास्थ्य परीक्षण गरी उपचार गर्न सके धनजनको क्षतिबाट बच्ने प्रस्ट पार्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका डा. मनिष प्रधानाङ्गले भनपाले भक्तपुर नगरवासीमात्र होइन देशभरिका बिरामीलाई विविध रोगको बारेमा सेवा प्रदान गर्दै हाडजोर्नी नसालगायतमा सम्पूर्ण उपचार दिइरहेको धारणा राख्नुभयो । भक्तपुरवासीलाई टाढा गएर होइन, सबै आफ्नै ठाउँमा सेवा दिन अग्रसर भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल, वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।
उक्त शिविरमा १३९ जना पुरुष तथा महिलाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा ख्वप अस्पतालमा डा. मनिष प्रधानाङ्ग र श्रेया शर्माले परीक्षण गर्नुभएको थियो । साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।
Leave a Reply