हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, ६ पुस । विश्व सर्वहारावर्गका महान् गुरुहरू जोसेफ स्तालिनको १४७ औँ र माओ त्सेतुङको १३२ औँ जन्म दिवसको अवसरमा आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष उपेन्द्र सुवालले कुनै पनि व्यक्तिको जन्मोत्सव मनाउनुको अर्थ उहाँहरूले आफ्नो काम, कर्तव्य र व्यवहारबाट विश्व जगत्मा पु¥याएको सेवाको स्मरण गरेर हामीले पनि देशमा योगदान पु¥याउनु नै हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले प्रतिक्रियावादी शक्तिभित्र पसेर जनताको सेवा गर्न सकिन्छ भन्ने लेनिनवादी सिद्धान्तअनुरूप पञ्चायती चुनावमा भाग लिएर जनताको हितमा काम गरेको औँल्याउँदै उहाँले माओ किसानको घर–घरमा गएर नै सङ्गठन बनाएर किसानको हितमा लागेझैँ किसानहरूलाई सङ्गठित गरेर किसानको सेवामा निःस्वार्थरूपमा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले जनताको घर–घरसम्म गएर व्यापक जनतालाई बुझाउन नसकेसम्म देशमा अस्थिर र अशान्ति भइरहने विचार व्यक्त गर्नुभयो ।
जनतालाई सचेत र सुसूचित पार्न अथक मेहनत गर्नुपर्ने बताउँदै उहाँले बहुमत जनतामाझ राजनैतिक चेतना फैलाउन विभिन्न कार्यक्रम तथा प्रशिक्षण कक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष रामसुन्दर सुवाल र सचिव पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।
Leave a Reply