भर्खरै :

ललितपुरमा भेटघाट र छलफल

ललितपुरमा भेटघाट र छलफल

ललितपुर, १४ पुस । देशको समसामयिक राजनीतिक विषयमा नेपाल मजदुर किसान पार्टी ललितपुरले कार्यकर्ता भेटघाट र छलफल चालु राखेको छ ।
यसैक्रममा शुक्रबार गोदावरी नगरपालिका वडा नं. ११ र १२ मा नेमकिपाप्रति आस्थावान स्थानीय बासिन्दाबिच छलफल सम्पन्न भयो ।
छलफल कार्यक्रममा नेमकिपा ललितपुरका सदस्य विष्णुभक्त महर्जन र नेक्रामहिलासङ्घ केन्द्रीय समितिका सदस्य सुनकेसा शाहीले पार्टीको दृष्टिकोण, गतिविधि र समसामयिक विषयमा प्रस्ट पार्नुभएको थियो । त्यस्तै ललितपुर महानगरपालिका वडा नं. २७ मा पनि शुक्रबार भेटघाट र छलफल सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *