भर्खरै :

जुम्लामा स्तालिन र माओको जन्मजयन्ती मनाइयो

जुम्लामा स्तालिन र माओको जन्मजयन्ती मनाइयो

जुम्ला, १५ पुस । विश्व सर्वहारावर्गका गुरुहरू जे.भी. स्तालिन र माओ त्सेतुङको पुस १२ गते जन्म जयन्ती मनाइयो ।
उक्त कार्यक्रममा यज्ञबहादुर बुढ्थापाले विश्व सर्वहारावर्गको लागि स्तालिन र माओको विचार र शिक्षा सही भएकोले विश्वका जनताले उहाँहरूको जयन्ती मनाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कामदारवर्गका जनतालाई दबाउनेहरू आफै पतन हुनेछन् ।”
मनप्रसाद उपाध्यायले नेमकिपाको सिद्धान्त र विचार कामदारवर्गको पक्षमा छ भन्नुभयो ।
सन्तल सिंह रावतले नेमकिपा स्थापनाकालदेखि सिद्धान्त र विचारमा अडिग रही देश र जनताको पक्षमा सङ्घर्षरत रहेको बताउनुभयो ।
हर्क बोहराले इमानदारीपूर्वक र निःस्वार्थपूर्वक राजनीति गरिरहेको दललाई कार्यकर्ताले छोड्न नहुने विचार व्यक्त गर्नुभयो ।
राजेश्वर देवकोटाको सभापतित्वमा भएको सो कार्यक्रममा सन्तबहादुर खत्री र देवीबहादुर बुढ्थापाले पनि स्तालिन र माओले पु¥याएको देनबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *