युद्धविराम भए पनि लेबनानमा इजरायली आक्रमण जारी
- जेष्ठ ८, २०८३
भक्तपुर, १५ पुस । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा ख्वप अस्पतालको प्राविधिक सहयोगमा भ.न.पा. का उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा चोछेँ टोलमा हाडजोर्नी तथा नसारोगसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भयो ।
उक्त स्वास्थ्य शिविर कार्यक्रममा अतिथि जोशीले नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले नगरवासीहरूको साथ, सहयोग र सल्लाहमा काम गरिरहेको बताउनुभयो । विभिन्न रोग लागेका पीडितलाई नेपाल सरकारबाट प्रदान गरिने रु. एक लाख र प्रदेश सरकारबाट प्रदान गरिने रु. पचास हजार उपचार सुविधा प्राप्तिको लागि सिफारिश दिइरहेको उल्लेख गर्दै उहाँले उपचारको लागि भक्तपुर नगरपालिकाले रु. १५ हजार आर्थिक सहयोग गरिरहेको बताउनुभयो । उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस भनेर भनपाले रु. पाँच लाखसम्म शैक्षिक ऋणको सुविधा दिइरहेको बताउनुभयो ।
युवाहरू विदेश पलायन भइरहेकोमा सरकार चिन्तनशील हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भक्तपुर नगरपालिकाले न्यून मूल्यमा शिशु स्याहार केन्द्र, विभिन्न ७ वटा कलेज तथा विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले नगरवासीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै ख्वप अस्पताल सञ्चालन गरी वडामै हाडजोर्नी तथा नसारोग पाठेघर क्यान्सरलगायत विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेरे नगरवासीहरूको स्वास्थ्य समस्या हल गर्न निरन्तर क्रियाशील रही अघि बढिरहेको छ भन्नुभयो ।
स्वास्थ्य शिविर कार्यक्रमका सभापति एवं भ.न.पा. ६ का वडा अध्यक्ष हरिराम सुवालले वडामा खानेपानी समस्या सुल्झाउन सम्बन्धित खानेपानी संस्थानसित समन्वय गरी कार्य गरिरहेको बताउँदै पुरातात्विक चोछेँ छुमा गणेश द्योछेँ स्थानीय उपभोक्ता समितिमार्फत मौलिक शैलीमा पुनः निमाण कार्य सम्पन्न भइसकेको बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिकहरूको हेरचाह गर्न ख्वप आदर निकेतन सञ्चालनको लागि आवश्यक कार्य भइरहेको बताउनुभयो ।
समाजसेवी गोपीकृष्ण चाँगुभारीले विगतमा किसानहरू खेती कृषि क्षेत्रमै व्यस्तताका कारण सरसफाइमा कमी भएको उल्लेख गर्दै हाल विभिन्न जनचेतनामूलक कार्यले सरसफाइ, स्वास्थ्य क्षेत्रमा परिवर्तन भइरहेको बताउनुभयो ।
हाडजोर्नी तथा नसारोगका डा. श्रीकृष्ण कासिछ्वाले मानिसको २२ वर्षपछि हडी खिइने सुरु हुने जानकारी गर्दै खानपिन, रहनसहन, बस्ने तौरतरिका नमिल्दा हाडजोर्नीको समस्या हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नर्स पूर्णिका लाखे र वडा सदस्य सिद्धिराम अवालले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।
Leave a Reply