क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
बेइजिङ, १६ पुस (एएफपी) । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको अर्थतन्त्र २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि हुने अपेक्षा गरिएको बताउनुभएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा सीले एक शीर्ष राजनीतिक परामर्शदातृ निकायलाई सम्बोधन गर्दै सो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “सरकारले तय गरेको आधिकारिक लक्ष्यसँग मेल खान्छ र सन् २०२४ मा रेकर्ड गरिएको पाँच प्रतिशत वृद्धि बराबर हुनेछ ।”
विश्वको दोस्रो ठुलो अर्थतन्त्र पछिल्ला वर्षमा बढ्दो दबाबमा परेको छ । उपभोक्ता विश्वास महामारी–प्रेरित गिरावटबाट पूर्ण रूपमा फर्किन सकेको छैन । रियल स्टेट क्षेत्रमा निरन्तर ऋण सङ्कट, औद्योगिक अत्यधिक क्षमता र वासिङटनसँगको व्यापार द्वन्द्वले दृष्टिकोण चुनौतीपूर्ण बनाएको छ ।
राष्ट्रपति सीले भन्नुभयो, “हामीले चुनौतीहरूको सामना ग¥यौँ र लगनशील भई प्रयास ग¥यौँ । आर्थिक र सामाजिक विकासका मुख्य लक्ष्यहरू सफलतापूर्वक प्राप्त गरिएका छन् ।” उहाँले वृद्धि दर करिब पाँच प्रतिशत पुग्ने अनुमान गरिएको र समग्र सामाजिक स्थिरता कायम रहेको जानकारी दिनुभयो ।
भ्रष्टाचारविरोधी अभियान ‘अथक रूपमा पछ्याइएको’ भन्दै उहाँले सरकारको प्रतिबद्धता पनि दोहो¥याउनुभयो । विज्ञहरूले पेइचिङले मार्चमा हुने प्रमुख वार्षिक राजनीतिक भेलामा सन् २०२६ का लागि यस्तै वृद्धि लक्ष्य घोषणा गर्ने अपेक्षा गरेका छन् ।
बुधबार जारी डाटाले नीति निर्माताहरूका लागि सकारात्मक सङ्केत दिएको छ ।
Leave a Reply