क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
‘लेनिनवादका आधारहरू’ विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरू स्तालिनको चर्चित कृति हो । यो सन् १९२४ मा प्रकाशित भएको थियो ।
यस कृतिमा लेनिनवादलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवादको रूपमा परिभाषित गरिएको छ । लेनिनवादले माक्र्सवादलाई पुनस्र्थापना गर्नुका साथै पुँजीवाद र वर्गसङ्घर्षको नयाँ परिस्थितिमा माक्र्सवादलाई अगाडि बढाउँछ । यो विशेषतः सर्वहारा क्रान्तिको सिद्धान्त र कार्यनीति हो । विशेषतः लेनिनवाद सर्वहारा वर्गको अधिनायकत्व/हुकुमको सिद्धान्त र कार्यनीति हो ।
लेनिनवादको उदय साम्राज्यवादको चरम अन्तरविरोधहरूबाट भएको हो । श्रम र पुँजीबिच, साम्राज्यवादी शक्तिहरूबिच र शासक राष्ट्रहरू तथा औपनिवेशिक जनताबिच अन्तरविरोध चर्किरहेको बेला लेनिनवाद जन्मेको थियो । त्यो बेला रूस यी सबै अन्तरविरोधको केन्द्रबिन्दु थियो । त्यसैले रूस नै लेनिनवाद जन्मभूमि बन्यो । लेनिनवादले सिद्धान्त र व्यवहारमा एकता हुनुपर्ने, पार्टीहरूको परीक्षण कामले गर्नुपर्ने, क्रान्तिकारी सङ्घर्षका लागि जनसमुदायलाई तयार पार्नुपर्ने र आत्म–आलोचनामा जोड दिनुपर्ने चार कुरामा जोड दिन्छ ।
लेनिनवादी सिद्धान्तले क्रान्तिकारी सिद्धान्त अपरिहार्यता रहेको तथ्यमा जोड दिन्छ । यसले क्रान्ति ‘स्वतःस्फूर्तता’ हुन्छ भन्ने अवसरवादी सिद्धान्तलाई अस्वीकार गर्छ । लेनिनवादले सर्वहारा क्रान्तिलाई विश्वव्यापी साम्राज्यवादी व्यवस्थाको सबैभन्दा कमजोर कडी तोड्ने औजार मान्छ । सर्वहारावर्गको हुकुमलाई लेनिनवादले क्रान्तिको मुख्य औजार मान्छ । लेनिनवादको यो मान्यताले सोभियत सत्ताको रूप लियो । लेनिनवादले किसानहरूलाई सर्वहारा वर्गको महत्वपूर्ण सहयोगी र जगेडा शक्तिको रूपमा पहिल्यायो । यसले राष्ट्रियताको मुद्दालाई औपनिवेशिक जनताको मुक्तिसँग जोडेर विश्वव्यापी समस्याको रूपमा प्रस्तुत ग¥यो । कम्युनिस्ट पार्टीलाई मजदुरवर्गको अग्रदस्ता, सङ्गठित दस्ता, वर्ग सङ्गठनको सर्वोच्च रूप र मजदुरवर्गको हुकुम ल्याउने उपकरण मानिन्छ । यसकारण, कम्युनिस्ट पार्टीमा गुटबन्दी अस्वीकार्य हुन्छ । रूसीहरूको जस्तो क्रान्तिकारी वेग र अमेरिकीहरूको जस्तो कार्यदक्षताको मिलनलाई नै लेनिनवादले आफ्नो सार मान्यो ।
अब “लेनिनवादका आधारहरू” पुस्तकको कथ्यलाई केस्राकेस्रा गरी केलाऔँ । पुस्तकमा साँच्चै के छ त ? लेनिनवाद के हो ?
१. लेनिनवादको परिभाषा र ऐतिहासिक जरा
लेनिनवादलाई प्रायः दुई अपूर्ण परिभाषाद्वारा व्याख्या गर्ने प्रयास गरिन्छ । पहिलो, यसलाई रूसको विशिष्ट परिस्थितिमा माक्र्सवादको प्रयोग मानिन्छ । जुन आंशिक सत्य हो । तर, यो परिभाषाले लेनिनवादको अन्तर्राष्ट्रिय चरित्रलाई बेवास्ता गर्छ । दोस्रो, यसलाई १९ औँ शताब्दीको माक्र्सवादको क्रान्तिकारी तत्वहरूको पुनरूत्थान मानिन्छ । लेनिनवादले दोस्रो इन्टरनेसनलका अवसरवादीहरूले दबाएको माक्र्सवादको क्रान्तिकारी आन्तर्यलाई पुनस्र्थापित गरेको थियो । यो पनि सत्यको एक अंश मात्र हो ।
पूर्ण सत्य के हो भने लेनिनवादले माक्र्सवादलाई पुनस्र्थापित मात्र गरेन । बरू, यसले पुँजीवाद र सर्वहारा वर्गसङ्घर्षको नयाँ परिस्थितिमा माक्र्सवादलाई अझ विकसित ग¥यो । लेनिनवादको सबैभन्दा सटिक परिभाषा यसप्रकार छ :
“लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । अझ स्पष्ट भाषामा भन्ने हो भने लेनिनवाद सामान्यतया सर्वहारा क्रान्तिको सिद्धान्त र कार्यनीति हो । विशेषगरी लेनिनवाद सर्वहारा वर्गको हुकुमको सिद्धान्त र कार्यनीति हो ।”
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको जीवनकालमा साम्राज्यवाद पूर्णतः विकसित भइसकेको थिएन । तर, लेनिनको जीवनकालमा विकसित साम्राज्यवाद र सर्वहारा क्रान्ति विस्तार भइरहेको थियो । त्यसैले, लेनिनवाद माक्र्सवादको थप विकास हो ।
साम्राज्यवादका अन्तरविरोधहरू
लेनिनले साम्राज्यवादलाई ‘मरणशील पुँजीवाद’ भन्नुभयो । किनभने, साम्राज्यवादले पुँजीवादका अन्तरविरोधहरूलाई चरम सीमामा पु¥याउँछ र यसपछि क्रान्ति सुरू हुन्छ । यसबिच देखिने तीन मुख्य अन्तरविरोधहरू यसप्रकार
छन् :
१. श्रम र पुँजीबिचको अन्तरविरोध : एकाधिकारवादी ट्रस्ट र वित्तीय गुटहरू कति शक्तिमान हुन्छन् भने मजदुरवर्गले गर्ने सङ्घर्षका परम्परागत तौरतरिका (ट्रेड युनियन, संसदीय सङ्घर्ष) अपुग बन्न पुग्यो । यसले मजदुरवर्गलाई अर्को विधि क्रान्तितर्फ धकेल्यो ।
२. वित्तीय समूहहरू र साम्राज्यवादी शक्तिहरूबिचको अन्तरविरोध ः कच्चा पदार्थका स्रोत र विदेशी भूभागका लागि विभिन्न साम्राज्यवादी शक्तिहरूबिच सङ्घर्ष सुरू भयो । यसले गर्दा साम्राज्यवादीहरूको आपसी युद्ध अनिवार्य बन्न पुग्यो । यो युद्धले साम्राज्यवादीहरूलाई कमजोर बनायो र सर्वहारा क्रान्तिलाई नजिक ल्यायो ।
३. शासक ‘सभ्य’ राष्ट्रहरू र औपनिवेशिक तथा आश्रित जनताबिचको अन्तरविरोध ः उपनिवेशवादी शासकहरूको क्रूर शोषण र दोहनले करोडौँ औपनिवेशिक जनतामा राष्ट्रिय चेतना जगायो । यसले गर्दा मुक्ति आन्दोलन उठ्यो । यो सङ्घर्षले उपनिवेशहरूलाई साम्राज्यवादको जगेडा शक्तिबाट सर्वहारा क्रान्तिको जगेडा शक्तिमा परिणत ग¥यो ।
रूस किन लेनिनवादको केन्द्र बन्यो ?
रूस यी सबै अन्तरविरोधको केन्द्रबिन्दु थियो । अर्थात, रूस क्रान्तिकारी तरिकाले ती अन्तरविरोध हल गर्ने स्थितिमा थियो ।
– जारशाही रूस पुँजीवादी, औपनिवेशिक र सैन्य गरी तीनैथरी उत्पीडनको सबैभन्दा अमानवीय र बर्बर चपेटामा परेको थियो ।
– यो पश्चिमी साम्राज्यवादको एक मुख्य जगेडा शक्ति थियो । यसले विदेशी पुँजी भित्यायो र युद्धमा लाखौँ सैनिकहरू उपलब्ध गरायो ।
– जारशाही शासन पश्चिमा साम्राज्यवादको दलाल र बफादार सहयोगी थियो ।
– त्यसैले, जारशाहीमाथि प्रहार साम्राज्यवादमाथिको प्रहार थियो । जारशाहीविरूद्धको क्रान्ति साम्राज्यवादविरूद्ध सर्वहारा क्रान्तिमा परिणत हुनु अनिवार्य थियो ।
– यसका साथै, रूसमा विश्वको सबैभन्दा क्रान्तिकारी सर्वहारावर्गको नेतृत्वमा एक विशाल जनक्रान्ति उठिरहेको थियो । यो वर्गसँग रूसका क्रान्तिकारी किसानहरूको महत्वपूर्ण साथ सहयोग थियो ।
यही परिस्थितिले रूसी कम्युनिस्टहरूलाई आफ्नो सङ्घर्षलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान, साम्राज्यवादका घाउहरूलाई उदाङ्गो पार्न र आफ्नै देशमा पुँजीवादलाई परास्त गर्न प्रेरित ग¥यो । यसैकारण, रूस लेनिनवादको जन्मघर बन्यो र रूसी कम्युनिस्टहरूका नेता भ्लादिमिर लेनिन यसका निर्माता बन्नुभयो ।
२. लेनिनवादी पद्धति
माक्र्स/एङ्गेल्सको जीवनकाल र लेनिनको जीवनकालबिच एउटा ठूलो विश्वासघाती अन्तराल थियो । यो बेला कम्युनिस्ट आन्दोलनमा दोस्रो इन्टरनेसनलको अवसरवादको जगजगी थियो । सो अवधिमा क्रान्तिकारी सिद्धान्तलाई निष्प्राण सूत्रहरूमा परिणत गरियो । क्रान्तिकारी नीतिको सट्टा फितलो राजनीति गरियो । आत्मालोचनाबाट कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता टाढै बसे । यही अवसरवादलाई बढार्दै लेनिनवादी पद्धति जन्मेको थियो ।
लेनिनवादी पद्धतिका विशेषता “
१. सिद्धान्त र व्यवहारको एकता : दोस्रो इन्टरनेसनलका सैद्धान्तिक सूत्रहरूलाई श्रमजीवी जनसमुदायको क्रान्तिकारी सङ्घर्षको भट्टीमा परीक्षण गर्ने । सिद्धान्त र व्यवहारबिच चुँडेको तन्तु पुनः जोड्ने ।
२. कार्यबाट परीक्षण : राजनीतिक पार्टीहरूको नीति उनीहरूले लगाउने नारा र उनीहरूले पारित गर्ने प्रस्तावहरूबाट होइन, बरू उनीहरूले गर्ने काम र गतिविधिबाट परीक्षण गर्ने ।
३. क्रान्तिकारी पुनर्गठन : श्रमजीवी जनसमुदायलाई क्रान्तिकारी सङ्घर्षका लागि तालिम दिएर तयार पार्ने उद्देश्यले सम्पूर्ण पार्टी गतिविधिलाई नयाँ क्रान्तिकारी धारमा ढाल्ने ।
४. आत्मालोचना : पार्टीभित्र आत्मालोचना गर्ने र आफ्नै गल्तीहरूबाट सिक्दै इस्पाती कार्यकर्ता र नेताहरूलाई प्रशिक्षित गर्ने । लेनिनले भन्नुभयो, “गल्तीलाई खुलस्त रूपमा स्वीकार्नु, त्यसका कारणहरू पत्ता लगाउनु, त्यसलाई सुधार्ने माध्यमहरूबारे विस्तृत छलफल गर्नु – यो एक गम्भीर पार्टीको चिनारी हो ।”
लेनिनवादले दोस्रो इन्टरनेसनलको जडसूत्रवादी नेतृत्वलाई व्यवहारिक क्रान्तिकारी सङ्घर्षको अनुभवबाट खण्डन ग¥यो । सर्वहारा जनताले बहुमत नपाई सत्ता लिनु हुँदैन वा प्रशिक्षित कार्यकर्ताबिना सत्ता टिकाउन सकिँदैन भन्ने जड तर्कहरूलाई रूसी क्रान्तिको अनुभवले गलत साबित ग¥यो ।
३. सिद्धान्त
क. सिद्धान्तको महत्व
लेनिनवादले व्यवहारलाई सिद्धान्तभन्दा बढी प्राथमिकता दिन्छ भन्ने धारणा गलत हो । लेनिनले क्रान्तिकारी सिद्धान्तको ठूलो महत्व रहने कुरा बुझ्नुभएको थियो । उहाँको एउटा प्रसिद्ध कथन नै थियो :
“क्रान्तिकारी सिद्धान्तबिना कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन ।”
सिद्धान्त सबै देशका मजदुर आन्दोलनका अनुभवहरूको सामान्यीकृत रूप हो । सिद्धान्तलाई क्रान्तिकारी व्यवहारसँग जोडिएन भने यो निरर्थक हुन्छ । सिद्धान्तले मात्र आन्दोलनलाई आत्मविश्वास र मार्गनिर्देश दिन सक्छ । सिद्धान्तले मात्र घटनाहरूको आन्तरिक सम्बन्ध बुझाउन सक्छ ।
ख. ‘स्वतःस्फूर्तताको सिद्धान्त’ को आलोचना
यो अवसरवादी सिद्धान्त हो । यसले स्वतःस्फूर्त हुने मजदुर आन्दोलनलाई पूजा गर्छ । यो सिद्धान्तले मजदुरवर्गको अग्रदस्ता अर्थात् पार्टीको नेतृत्वदायी भूमिकालाई अस्वीकार गर्छ । यो सिद्धान्तले मजदुर आन्दोलनलाई ‘प्राप्त गर्न सकिने’ मागहरू मात्र पूरा गराउने कार्यमा सीमित राख्छ । अथवा, पार्टीलाई स्वतःस्फूर्त आन्दोलनको पछि लाग्न प्रेरित गर्छ । लेनिनले आफ्नो कृति ‘के गर्ने ?’ मा यस ‘पुच्छरवाद’ (khvostism) को आलोचना गर्नुभयो । यो आलोचनाले रूसमा एक साँचो क्रान्तिकारी आन्दोलनको सैद्धान्तिक आधार तयार ग¥यो ।
ग. सर्वहारा क्रान्तिको सिद्धान्त
सर्वहारा क्रान्तिसम्बन्धी लेनिनको सिद्धान्त तीनवटा आधारभूत मान्यतामा आधारित छ :
१. आन्तरिक मोर्चा : विकसित पुँजीवादी देशहरूमा वित्तीय पुँजीको प्रभुत्वले मजदुरवर्ग झन्झन् असन्तुष्ट बन्दै जान्छन् । यसले गर्दा पुँजीवादी देशहरूभित्र क्रान्तिकारी सङ्कट चर्किन्छ ।
२. बाह्य मोर्चा : उपनिवेशहरूमा पुँजीको निर्यात र औपनिवेशिक उत्पीडनले साम्राज्यवादविरोधी विद्रोहहरू बढ्न थाल्छन् ।
३. अन्तर–पुँजीवादी मोर्चा : साम्राज्यवादी शक्तिहरूबिच विश्वको पुनःविभाजनका लागि हुने सङ्घर्षले साम्राज्यवादलाई कमजोर बनाउँछ । यसले गर्दा क्रान्तिकारी सर्वहारावर्ग र औपनिवेशिक मुक्ति चाहनेहरूबिच मोर्चाबन्दीमा सहयोग पुग्छ ।
यिनै परिदृश्यबिच लेनिनले “साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वसन्ध्या हो” भन्ने सामान्य निष्कर्ष निकाल्नुभयो । यस सिद्धान्तअनुसार क्रान्तिको सुरूवात उद्योगधन्दा सबैभन्दा बढी फस्टाएको स्थानबाट नभई साम्राज्यवादी साङ्लो सबैभन्दा कमजोर बनेको स्थानबाट हुन्छ । यो सिद्धान्तले के पनि स्थापित ग¥यो भने पुँजीवादी लोकतान्त्रिक क्रान्ति र सर्वहारा क्रान्तिबिच नाघ्न नसकिने कुनै ‘चिनियाँ पर्खाल’ छैन । बरू पहिलो क्रान्ति दोस्रोमा परिणत हुनैपर्छ ।
४. सर्वहारावर्गको हुकुम क्रान्तिको औजार
सर्वहारा अधिनायकत्व/हुकुम सर्वहारा क्रान्तिको मुख्य सार हो । यो क्रान्तिको औजार, यसको अङ्ग र यसको सबैभन्दा महत्वपूर्ण आधार हो । सर्वहारावर्गको हुकुमको उद्देश्य पराजित शोषकहरूको प्रतिरोधलाई कुल्चनु, क्रान्तिका उपलब्धिहरूलाई सुदृढ पार्नु र समाजवादको पूर्ण विजयसम्म क्रान्तिलाई अगाडि बढाउनु हो । यो हुकुमका तीन मुख्य कार्यभार हुन्छन् : क) पराजित जमिनदार र पुँजीपतिहरूको प्रतिरोध तोड्ने । ख) सबै श्रमिक जनतालाई सर्वहाराको वरिपरि गोलबद्ध गर्ने गरी पूर्वाधार निर्माणमा सङ्गठित हुने । ग) विदेशी शत्रुहरू र साम्राज्यवादविरूद्ध सङ्घर्ष गर्न क्रान्तिलाई सशस्त्र बनाउने र क्रान्तिकारी सेना गठन गर्ने ।
सर्वहारावर्गको शासन पुँजीपतिवर्गमाथि सर्वहारा हुकुम भनेको सरकार चलाउने व्यक्तिको हेरफेर मात्र होइन । यो त नयाँ अङ्गहरू भएको नयाँ राज्य व्यवस्था हो । यो हुकुम पुरानो पुँजीवादी राज्यको भग्नावशेषमा खडा हुन्छ ।
– सर्वहारा हुकुम कानुनी रूपमै शोषकहरूमाथि प्रतिबन्ध लगाइने र बल प्रयोग गरिने पुँजीपतिवर्गमाथिको सर्वहारा जनताको शासन हो ।
– यो अल्पसङ्ख्यक शोषकहरूमाथि बहुमत शोषित–उत्पीडितकोे हुकुम हो ।
– यो हुकुम सबैका लागि ‘पूर्ण’ प्रजातन्त्र हुन सक्दैन । यो त ‘सर्वहारा र सामान्य गरिबगुरूवाका लागि नौलो प्रजातन्त्र र पुँजीपतिवर्गको लागि नौलो अधिनायकत्व’ बन्नुपर्छ ।
– यो हुकुम पुँजीवादी राज्य संयन्त्र, सेना र कर्मचारीतन्त्रलाई ध्वस्त पारेर मात्र उत्पन्न हुन सक्छ ।
सोभियत सत्ता सर्वहारा वर्गका सङ्घ सङ्गठनको नौलो अधिनायक रूप थियो । सर्वहारावर्गका सबैभन्दा फैलिएका जनसङ्गठन नै सोभियत (रूसी जनपरिषद्) थियो । त्यसैले सोभियतहरू शक्तिशाली थिए । सोभियतहरूले सबै शोषित–पीडित जनतालाई एकजुट पारे । सोभियतहरू श्रमजीवी जनसमुदायको क्रान्तिकारी सङ्घर्षका सबैभन्दा शक्तिशाली अङ्ग बने । सोभियत सत्ता विभिन्न सोभियतहरूको एउटा साझा राज्यरूप वा मिलन थियो । लेनिनले भन्नुभयो, “मजदुर, सिपाही र किसान प्रतिनिधिहरूको सोभियत गणतन्त्र नै समाजवादतर्फ (सबैभन्दा पीडामुक्त) सामाजिक सङ्क्रमण सुनिश्चित गर्नसक्ने एक मात्र (राज्य) रूप हो ।”
५. किसानको सवाल
लेनिनवादमा किसानको सवाल आधारभूत सवाल होइन । तर, यो सर्वहारा हुकुम ल्याउनका लागि एक अंशियार सवाल हो । यो सर्वहारा हुकुम स्थापित गर्नका लागि किसानहरू सहयोगी बन्ने कि नबन्ने भन्ने प्रश्न हो । लेनिनवादले बहुमत किसानमा क्रान्तिकारी क्षमता हुने र त्यसलाई सर्वहारा हुकुमको हितमा प्रयोग गर्न सकिने सम्भावनामा जोड दिन्छ ।
क. पुँजीवादी लोकतान्त्रिक क्रान्तिको अवधि (सन् १९०५ – १९१७ फेब्रुअरी) : यो समयमा रूसका किसानहरू उदारवादी पुँजीपतिवर्ग (क्याडेट) को प्रभावबाट मुक्त भएर सर्वहारा वर्गतिर ढल्किए । यही सहयोगले रूस फेब्रुअरी क्रान्तितर्फ लम्कियो ।
ख. सर्वहारा क्रान्तिको अवधि (१९१७ फेब्रुअरी – १९१७ अक्टोबर) : किसानहरू समाजवादी क्रान्तिकारीहरूबाट निराश भए । उनीहरू शान्ति र जमिनका लागि सर्वहारा जनताको वरिपरि प्रत्यक्ष रूपमा गोलबद्ध भए ।
ग. सोभियत सत्ताको सुदृढीकरणपछि : आर्थिक निर्माणको प्रश्न अगाडि आयो । लेनिनले सहकारी संस्थाहरूमार्फत लाखौँ साना र मझौला किसानलाई सङ्गठित गरेर कृषिमा समाजवादी निर्माणको बाटो कोर्नुभयो । तीनवटा क्रान्तिमा सर्वहाराको नेतृत्वमा लडेको सोभियत किसान अब सर्वहारावर्गसँग आर्थिक सहकार्य गर्ने असाधारण मित्र बन्यो ।
६. राष्ट्रियताको सवाल
लेनिनवादले राष्ट्रिय प्रश्नको दायरालाई फराकिलो बनायो । राष्ट्रियताको प्रश्नलाई ‘सभ्य’ राष्ट्रहरूको साँघुरो घेराबाट निकालेर लेनिनवादले उपनिवेशका उत्पीडित जनताको मुक्तिको मुद्दा बनाइदियो ।
– लेनिनवादले आत्मनिर्णयको अधिकारलाई उपनिवेशवादी देशबाट अलग्ग रहेर स्वतन्त्र राज्य बन्न पाउने अधिकारको रूपमा व्याख्या ग¥यो ।
– राष्ट्रिय प्रश्नलाई सर्वहारा क्रान्तिको एक हिस्सा मानियो र यसको समाधानलाई सर्वहारा क्रान्तिसँग जोडियो ।
– लेनिनवादले उत्पीडित देशहरूको राष्ट्रिय मुक्ति आन्दोलनमा क्रान्तिकारी क्षमता रहेको र यो क्षमता प्रयोग गरी साम्राज्यवादलाई परास्त गर्न सकिने बतायो ।
यसको लागि लेनिनवादी सिद्धान्तअनुसार ‘प्रभुत्वशाली’ राष्ट्रका सर्वहारावर्गले उत्पीडित र आश्रित जनताको राष्ट्रिय मुक्ति आन्दोलनलाई सहयोग गर्नुपर्छ । यो सहयोग दृढ र सक्रिय हुनुपर्छ । यो सहयोगको अर्थ अलग र स्वतन्त्र राज्य बन्न पाउने उपनिवेश देशको अधिकारको प्रतिरक्षा गर्नु हो, त्यो अधिकारलाई मूर्त बनाउन टेवा दिनु हो ।
७. रणनीति र कार्यनीति
‘रणनीति र कार्यनीति’ सर्वहारावर्गले चलाउने वर्गसङ्घर्षमा नेतृत्वको विज्ञान हो ।
क. रणनीति (Strategy) : रणनीतिको अर्थ हो – क्रान्तिकारी चरणमा सर्वहारावर्गको मुख्य निसाना तय गर्नु, क्रान्तिकारी शक्तिहरू (मुख्य र सहायक जगेडा शक्तिहरू) ले मिलेर एक सुसङ्गत योजना बनाउनु र सो चरणभरि यो योजना कार्यान्वयन गर्न सङ्घर्ष गर्नु । क्रान्तिको एक चरणबाट अर्को चरणमा जाँदा रणनीति परिवर्तन हुन्छ । तर, सो चरणभरि मूलतः रणनीतिमा परिवर्तन आउँदैन ।
ख. कार्यनीति (Tactics) : आन्दोलनमा उतारचढाव आउने छोटो अवधिमा सर्वहारा जनताको आचरण कस्तो रहने भनी तय गर्नु कार्यनीति हो । कार्यनीति रणनीतिको एक हिस्सा हो । रणनीतिको अधीनमा रहेर कार्यनीतिले रणनीतिको सेवा गर्छ । कार्यनीति सङ्घर्षको प्रवाह र उतारचढाव अनुसार बदलिन्छ ।
रणनीतिक नेतृत्वले सबै जगेडा शक्तिहरूको उचित प्रयोग गरी क्रान्तिको मुख्य उद्देश्य हासिल गर्ने काम गर्छ । सही समयमा, सही ठाउँमा शक्ति केन्द्रित गर्नु, निर्णायक प्रहारको लागि क्षण छनोट गर्नु, अपनाइएको मार्गमा अविचलित रूपमा लाग्नु र दुश्मन बलियो हुँदा समुचित ढङ्गले पछि हट्न जगेडा शक्तिहरूको कुशल प्रयोग गर्नु नै रणनीतिक नेतृत्वको खुबी हो ।
कार्यनीतिक नेतृत्वले सङ्घर्ष र सङ्गठनका सबै तौरतरिकामा निपुणता हासिल गरेको हुन्छ । यस्तो नेतृत्वले रणनीतिक सफलताको लागि आफूलाई ती तौरतरिकामा पोख्त पार्दै लग्छ ।
८. पार्टी
साम्राज्यवादलाई परास्त गर्न र सर्वहारा हुकुम स्थापित गर्ने नौलो अभिभारा पूरा गर्न पुराना सामाजिक–प्रजातान्त्रिक पार्टीहरू अनुपयुक्त थिए । त्यसैले, एउटा नौलो, लडाकु, क्रान्तिकारी पार्टीको आवश्यकता थियो । लेनिनवादी पार्टी नै यो नौलो पार्टी बन्यो ।
यस नयाँ पार्टीका विशेषता यस प्रकार थिए :
क. मजदुरवर्गको अग्रदस्ता : पार्टीले मजदुरवर्गका सबै उत्कृष्ट तत्वलाई समेट्नुपर्छ र क्रान्तिकारी सिद्धान्तले सुसज्जित हुनुपर्छ । यसले स्वतःस्फूर्त (हुने मजदुर) आन्दोलनको पछिपछि नलागी श्रमजीवीवर्गको नेतृत्व गर्नुपर्छ ।
ख. मजदुरवर्गको सङ्गठित दस्ता : पार्टी आफैमा अनुशासन र सङ्गठनको प्रतीक हुनुपर्छ । कम्युनिस्ट पार्टी विभिन्न जनवर्गीय सङ्घ सङ्गठनको योग मात्र होइन । बरू तिनीहरूको एक सग्लो पद्धति हो । जसमा अल्पमत नेता–कार्यकर्ता बहुमतको मातहत क्रियाशील हुन्छन् ।
ग. सर्वहारावर्गको पार्टी सङ्गठनको सर्वोच्च रूप : पार्टीले सर्वहाराका सबै सङ्घ सङ्गठनहरू (ट्रेड युनियन, सहकारी, आदि) को सङ्घर्षको नेतृत्व तप्कालाई एकताबद्ध र केन्द्रीकृत पार्ने क्षमता राख्छ ।
घ. सर्वहारा हुकुमको औजार : पार्टी सर्वहारा हुकुम हासिल गर्न, त्यसलाई कायम राख्न र त्यसलाई थप विस्तार गर्न नभई नहुने सर्वहारा जनताको एक साधन हो ।
ङ. सामूहिक इच्छाशक्तिको मूर्त रूप, गुटबन्दीको विरोधी : इच्छाशक्तिको एकताबिना पार्टीमा फलामे अनुशासन कायम गर्न असम्भव छ । पार्टीको एकता र फलामे अनुशासन कायम गर्न गुटबन्दीलाई रोक्नुपर्छ । यी दुई विपरीत कुरा हुन् ।
च. अवसरवादी तत्वलाई टक्टक्याउँदै शुद्ध र बलियो बन्छ : अवसरवादी तत्वहरूका कारण पार्टीभित्र गुटबन्दी मौलाउँछ । त्यस्ता तत्वहरूविरूद्ध निर्मम सङ्घर्ष नगरी र तिनीहरूलाई पार्टीबाट निष्कासित नगरी साम्राज्यवादविरूद्ध सफल सङ्घर्ष चलाउन सकिन्न ।
९. कार्यशैली
लेनिनवादले विशेष प्रकारको पार्टी, कार्यकर्ता र कार्यशैलीको माग गर्छ । यसका दुई विशिष्ट गुण छन् :
क) रूसी क्रान्तिकारी वेग (Russian revolutionary sweep) : लेनिनवाद जड दिनचर्या, रूढिवाद र पुराना परम्पराप्रति दासतापूर्ण घुँडा–टेकाइविरूद्ध एक औषधि हो । यो जीवनदायिनी शक्ति हो । यसले विचारलाई उत्तेजित गर्छ, गतिविधि अगाडि बढाउँछ, विगतलाई तोड्छ र सम्भावनाका नयाँनयाँ ढोका खोल्छ ।
ख) अमेरिकी दक्षता (American efficiency) : लेनिनवाद ‘क्रान्तिकारी’ श्वैरकल्पना र फगत योजना–निर्माणविरूद्ध एक औषधि हो । यो अदम्य शक्ति हो । यसले कुनै बाधाअवरोध जान्दैन । अड्चनहरू स्वीकार्दैन । बरू बाधाअवरोधबिना गम्भीर रचनात्मक कार्यको कल्पना नै गर्न नसकिने लेनिनवादको ठहर छ ।
लेनिनवादी कार्यशैलीको सार पार्टी र राज्य सञ्चालनमा माथिका दुई विशिष्ट गुणलाई संयोजन गर्नु हो । रूसी क्रान्तिकारी वेग अमेरिकी दक्षतासँग जोडिएन भने एक क्रान्तिकारी खोक्रो ‘क्रान्तिकारी’ रूमानीवादमा पतन हुन सक्छ । त्यसैगरी, अमेरिकी दक्षता रूसी क्रान्तिकारी वेगसँग जोडिएन भने एक क्रान्तिकारी साँघुरो र सिद्धान्तहीन व्यवहारवादमा पतन हुनसक्छ । यी दुईको संयोजनले मात्र एक निपुण लेनिनवादी कार्यकर्ता जन्मिन सक्छ, एक परिपक्व लेनिनवादी कार्यशैली पैदा हुनसक्छ ।
Leave a Reply