भर्खरै :

सुरक्षा परिषद् बैठकमा अमेरिकाले भेनेजुयलामाथि गरेको एकतर्फी, अवैध र उत्पीडनमूलक कारबाहीको कडा निन्दा

सुरक्षा परिषद् बैठकमा अमेरिकाले भेनेजुयलामाथि गरेको एकतर्फी, अवैध र उत्पीडनमूलक कारबाहीको कडा निन्दा

संयुक्त राष्ट्र सङ्घ, २२ पुस । संयुक्त राष्ट्रसङ्घस्थित चिनियाँ स्थायी प्रतिनिधिमण्डलको कार्यवाहक प्रमुख सुन लैले जनवरी ५ का दिन भएको सुरक्षा परिषद्को भेनेजुयलाको स्थितिसम्बन्धी अत्यावश्यक खुला बैठकमा बोल्दै चीन अमेरिकाको एकतर्फी, अवैध र उत्पीडनमूलक कारबाहीबाट गहिरो आघातमा परेको र चीनले यसको कडा निन्दा गरेको बताउनुभएको छ ।
सुन लैले जोड दिँदै भन्नुभयो, अमेरिकालाई अन्तर्राष्ट्रिय समुदायको प्रबल आह्वानलाई गम्भीरतापूर्वक लिन, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडा–पत्रको उद्देश्य तथा सिद्धान्तहरूको पालना गर्न, अन्य देशहरूको सार्वभौमिकतामाथि हस्तक्षेप रोक्न, भेनेजुयलाको सत्ता परिवर्तनको प्रयास बन्द गर्न, राजनीतिक समाधानका लागि छलफल गर्न र वार्ताको मार्गमा फर्कन चीनले आग्रह गरेको छ ।
सुन लैले भन्नुभयो, “भेनेजुयला एक स्वतन्त्र र सार्वभौमिक सम्पन्न राष्ट्र हो । यसलाई आफ्नो सार्वभौमिकता र राष्ट्रिय गरिमा रक्षा गर्ने पूर्ण अधिकार छ । चिनियाँ पक्षले भेनेजुयला सरकार र जनतालाई आफ्नो सम्प्रभुताको सुरक्षा र यथोचित हकहितको रक्षा गर्न दृढतापूर्वक समर्थन गर्दछ । यस क्षेत्रका राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर एकजुट भएर सहयोगलाई बलियो बनाउन र साझेदारीमा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति र स्थिरता संरक्षण गर्न चीन इच्छुक रहेको छ ।”
त्यस्तै संयुक्त राष्ट्र सङ्घका राजनैतिक मामिलाका उपमहासचिव रोजमेरी डिकार्लाेले आकस्मिक बैठक डाक्नुको औचित्यमाथि प्रकाश पार्दैअमेरिकाले भेनेजुयलामाथि गरेको सैनिक कारबाहीले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रप्रतिको आदरको कमी रहेको बताउनुभयो ।
संयुक्त राष्ट्र सङ्घका निम्ति रुसी महासङ्घका स्थायी प्रतिनिधि भासिली नेभ्यान्जा, सोमालियाका राजदूत अबुकार दाहिर, दक्षिण अफ्रिका, कोलम्बिया, भेनेजुयला, क्युवालगायत परिषद्का बहुमत देशका राजदूतहरूले अमेरिकी कदमको विरोध र निन्दा गरेका छन् ।
अमेरिकी कदमको विरोधमा क्युवाले बढाएको प्रस्तावमाथि संरा अमेरिकाले भिटो प्रयोग गरी रद्द गरिदियो ।
त्यस्तै असंलग्न राष्ट्र सङ्गठन (एनएएम) को संयोजन विभागले एक विज्ञप्ति जारी गरी संरा अमेरिकाले भेनेजुयलामाथि गरेको साम्राज्यवादी आक्रमणकारी कदमको कडा विरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *