भर्खरै :

भक्तपुरलाई व्यवस्थित, सभ्य र अपराधमुक्त नगर बनाउन पहल

भक्तपुरलाई व्यवस्थित, सभ्य र अपराधमुक्त नगर बनाउन पहल

भक्तपुर, २२ पुस । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा तुमचो दुुगुरे चोखा आवास क्षेत्रको शान्ति सुरक्षाको अवस्थाबारे मङ्गलबार स्थानीय जनतासँग छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जनताको साथ र सहयोगले भक्तपुरलाई व्यवस्थित, सभ्य र अपराधमुक्त नगर बनाउन पहल भइरहेको बताउनुभयो ।
नगरपालिकाले तुमचो दुगुरे आवास क्षेत्रमा व्यवस्थित आवास योजना सञ्चालन गरेर शिक्षा, स्वास्थ्य उपचार सुविधा र अदालत, मालपोत, नापी कार्यालयहरूमार्फत सरकारी सेवा प्रदानमा सहजता प्रदान गरेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा स्थायी र अस्थायी बसोबासी सबै नागरिकको सुरक्षित बन्दोबस्तका लागि सबैबाट हातेमालो हुनुपर्नेमा जोड दिनुभयो ।
साथी सङ्गतका कारण लागुपदार्थको दुव्र्यसनी तथा आपराधिक क्रियाकलापमा नयाँ पुस्ता संलग्न भइरहेका गुनासाहरू आइरहेको सन्दर्भमा प्रमुख प्रजापतिले अभिभावकहरूलाई आप्mना छोराछोरीहरूसँग सहज व्यवहार गर्न र तिनको भावना बुझेर काम गर्न अनुरोध गर्नुभयो ।
आन्तरिक एवम् बाह्य पर्यटकहरूका लागि भ्रमणको पहिलो सर्त नै शान्ति सुरक्षा रहने उहाँले बताउनुभयो । प्रमुख प्रजापतिले भन्नुभयो, “भदौ २३ र २४ गते देशमा भएको आन्दोलन र आगजनीका कारण नेपालको भ्रमण तालिका स्थगित गर्नेहरू धेरै देखिए ।”
उहाँले अपराधमा संलग्न भएकाहरूलाई समयमै अपराध कर्मबाट मुक्त गर्ने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उनीहरू ढिलो वा चाँडो कानुनी फन्दामा पर्ने निश्चित भएको प्रस्ट पार्नुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालय, कलेज र अस्पताल क्षेत्र वरपर चुरोट, रक्सी जस्ता लागुपदार्थ र मादक पदार्थ बिक्री वितरण एवम् सेवन गर्न नहुने नियम रहेको चर्चा गर्दै मर्यादित एवम् कानुनी रूपले वैध व्यवसाय मात्र गर्न सबैमा अनुरोध गर्नुभयो । नयाँ पुस्ता कुलत र अपराधमा लाग्दा समाज असुरक्षित बन्ने र त्यसले सबैलाई असर पार्ने उहाँको भनाइ थियो ।
स्थानीय जनता, युवा, विद्यार्थी र शिक्षक तथा सुरक्षा निकायकसँग पनि समाजलाई सरक्षित गर्ने विषयमा छलफल भइरहेको उल्लेख गर्दै वडाध्यक्ष ज्याख्वले डेरामा बस्ने व्यक्तिहरूको विवरण वडा कार्यालयमा जानकारी दिनुपर्ने र व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका सरस्वती दङ्गालले लागुपदार्थ दुव्र्यसनी र अन्य अपराधको अवस्थाबारे जानकारी दिँदै दुव्र्यसनीबाट छुटकारा गराउन अभिभावकहरू सचेत बन्नुपर्ने र यस्ता विषयहरू लुकाउन नहुनेमा जोड दिनुभयो । उहाँले अपराध र दुव्र्यसनीसम्बन्धी कानुनी प्रावधानहरूका बारेमा पनि जानकारी दिनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखू (प्रजापति) ले नयाँ बस्तीमा रहनुहुने बासिन्दाहरूबिच आपसी सहयोगको भावना विकास गरी सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आवास क्षेत्रमा अवाञ्छित क्रियाकलाप र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी नगरपालिकाले गरेका प्रयासहरूका बारेमा जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *