नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, २५ पुस । भक्तपुर नगरपालिकाका प्रमुख एवम् १९ औँ नगरसभाका सभाध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार नगरसभाको बैठक बस्यो ।
नगरसभाको बैठकले राष्ट्रपति मादुरो दम्पतीमाथि लगाइएको झूटा मुद्दा फिर्ता लिन र उहाँहरूलाई सकुशल रिहा गरी अन्तर्राष्ट्रिय कानुनको पालना गर्न प्रस्ताव पारित ग¥यो ।
प्रस्तावमा भनिएको छ, ‘गत जनवरी ३, २०२६ को राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा विशेष सैनिक दस्ता डेल्टाफोर्सले करिब १५० लडाकु हेलिकप्टर र अन्य युद्धक विमानहरूको प्रयोग गरी स्वतन्त्र र सार्वभौम देश भेनेजुयलामाथि आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो तथा उनका पत्नी सिलिया फ्लोरेसलाई अपहरण गरी आप्mनो देशको अदालती कारबाही अगाडि बढाउनु अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन भएको ठहर गर्दै विश्वका न्यायप्रेमी जनताले अमेरिकी साम्राज्यवादको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
आप्mना छिमेकी देशहरूमाथि प्रभुत्व जमाएर साना देशहरूको स्रोत साधन लुट्न सत्ता परिवर्तनका घृणित कार्यहरू गर्ने मुनरो नीतिलाई पुनः लागु गर्ने विभेदकारी ट्रम्प सरकारको भत्र्सना गर्दै नियन्त्रणमा राखिएका राष्ट्रपति मादुरो दम्पतीमाथि लगाइएको झूटा मुद्दा फिर्ता लिन र उहाँहरूलाई सकुशल रिहा गरी अन्तर्राष्ट्रिय कानुनको पालना गर्नसमेत यो नगरसभा जोड्दार माग गर्दछ ।
सभाको विशेष समयमा सभासद् मन्जुमैैया लाखाले राष्ट्रमा विदेशी चलखेल बढ्नु राम्रो सङ्केत होइन भन्दै ट्रम्प प्रशासनले सार्वभौम र स्वतन्त्र देश भेनेजुयलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति मादुरोको अपहरणको विरोधमा संसारका न्यायप्रेमी जनताले विरोध र सङ्घर्ष गर्नु जायज भएको बताउनुभयो ।
सभासद् कृष्णनारायण दुमरुले हिन्द प्रशान्त क्षेत्र कब्जा गर्न अमेरिकाले नेपाललाई स्प्रिङ बोर्ड बनाउन खोजेको बताउँदै सार्वभौम र स्वतन्त्र देश भेनेजुयलाको पक्षमा शान्तिको कामना गर्दै अपहरणमा परेका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीको तत्काल रिहाइको माग गर्नुभयो ।
सभासद् हेरा ख्याजुले भक्तपुरका बजार क्षेत्र व्यवस्थित र सफा सुन्दर तथा ग्राहक मैत्री बनाउनु आवश्यक भएको बताउँदै कृषि उत्पादन बढाउन जैविक विषादी उत्पादनको लागि कृषकहरूलाई तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सभासद् कृष्णगोपाल चौगुठीले देगमनादेखि ३० मि. तल बाराही जाने बाटोको पूर्व भेगमा अवस्थित पुरानो ढुङ्गेधारा पुरानै शैलीमा जीर्णोद्धार गर्नु आवश्यक रहेको बताउँदै ताहा फल्चा (दुवेंकेगु) पाटी जीर्ण रहेको हुँदा यसको पुनःनिर्माणको लागि पनि ध्यानाकर्षण गराउनुभयो ।
सभासद् कृष्णलाल किसीले लिबाली आवास क्षेत्रमा रहेका खुला चौरहरूलाई व्यवस्थित गर्नुपर्ने, नयाँ पुस्तालाई खेती किसानको काम सिकाउन एक विद्यालय एक करेसाबारीको अवधारणा ल्याउनुपर्ने र ख्वप अस्पतालका सबै सेवाहरूमा कुपन प्रणाली लागु गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् सूर्यप्रसाद श्रेष्ठले नपाले भुस्याहा कुकुर नियन्त्रण र व्यवस्थापनमा जोड दिनुपर्ने, नगर प्रवेश गर्ने मुख्य सडक र पुलको दायाँ बायाँ फोहोर व्यवस्थापन र फोहार फाल्न रोक लगाउनुपर्ने तथा फोहोर फाल्नेलाई दण्ड जरिवाना गर्नुपर्ने विचार राख्नुभयो ।
सभासद् हरिरत्न गोर्खालीले अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमण पहिलो घटना नभएको बताउँदै साम्राज्यवादी देश अमेरिकाले संसारका विभिन्न देशमा ६८ पटकभन्दा बढी आक्रमण गरिसकेको तथ्य प्रस्तुत गर्नुभयो ।
सभासद् इन्द्रबहादुर प्याठले भेनेजुयलामा अमेरिकाले गरेको सैन्य आक्रमण निन्दनीय भएको बताउँदै उक्त आक्रमणको विरोध गर्नु न्यायप्रेमी जनताको कर्तव्य भएको भन्नुभयो ।
सभासद् गोविन्द दुवालले जनप्रतिनिधिहरूले जनताको मनमा नराम्रो लाग्ने कुनै पनि काम गर्न नहुने बताउँदै जनताको पक्षमा बोल्न कसैसँग डराउनुहुन्न भन्नुभयो ।
सभामा भक्तपुर नगरपालिका १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, ३ का वडाध्यक्ष राजकृष्ण गोरा, ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, ७ का वडाध्यक्ष उकेश कवां, ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र १० नं. वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सम्बन्धित वडा कार्यालयको अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
नगरसभाको अर्को बैठक पुस २८ गते सोमबार दिनको १ बजे बस्ने बस्नेछ ।
Leave a Reply