ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
भक्तपुर, २६ पुस । विश्वकर्मा भैल प्याखं खलः तौलाछेँ ९ भक्तपुरको आयोजनामा माथिल्लो टोलका प्रजापति समुदायका ६ गुठी तःगुठी, चिःगुठी, न्हु गुठी, मारी गुठी, छ्याला चिंला गुठी र खोह्रे गुठीका नाइकेहरूलाई सम्मान कार्यक्रम सुडालको ठूली ब्रह्मायणीमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रजापति समुदायका ६ वटा गुठीका नाइकेहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
कार्यक्रममा उहाँले सांस्कृतिक गुरुहरूको सम्मानले उनीहरूमा उत्साह र हौसला मिल्ने बताउनुभयो ।
परम्परादेखि चल्दै आएका कला, संस्कृति र सम्पदालाई यहाँका जनताले निःस्वार्थ रूपले संरक्षण गर्दै आएको बताउँदै उहाँले भक्तपुरलाई नाचगानको राजधानी र सांस्कृतिक केन्द्र बनाउन यहाँका संस्कृतिकर्मी र सांस्कृतिक गुरुहरूको विशेष योगदान रहेको बताउनुभयो ।
भक्तपुरका टोल टोलमा विभिन्न बाजाका प्रशिक्षणहरू सञ्चालन हुँदै आएको उल्लेख गर्दै उहाँले सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई नपाले निरन्तरता दिँदै वर्षैंपिच्छे विभिन्न सांस्कृतिक बाजाहरूको प्रतियोगिता गरी विजेताहरूलाई पुरस्कार गर्दै नयाँ पुस्तालाई उत्साहित गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी आदर निकेतन सञ्चालन गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले मौलिक बाजागाजालाई व्यवसायीकरण गर्ने विषयमा नपाले विशेष ध्यान दिँदै आएको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरको कला र संस्कृति संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा नगरपालिका सँगसँगै अगाडि बढिरहेको बताउँदै अमूर्त सम्पदा संरक्षणले हाम्रो पहिचानलाई जीवन्तता दिने बताउनुभयो ।
उहाँले विश्वकर्मा भैल प्याखं खलःले निरन्तर नयाँ पुस्तालाई भैल प्याखं प्रशिक्षण दिई यसलाई जीवन्तता दिइरहेको प्रशंसनीय भएको बताउँदै जनताको सेवा भावनाले भक्तपुरको कला र संस्कृतिले पुनःजीवन पाइरहेको हो भन्नुभयो ।
विश्वकर्मा भैल प्याखं खलः का अध्यक्ष विष्णुप्रसाद प्रजापतिले खलःको स्थापना र इतिहासमाथि प्रकाश पार्दै भक्तपुरको कला र संस्कृति संरक्षणकै सिलसिलास्वरुप विश्वकर्मा भैल प्याखं खलःले नयाँ पुस्तालाई भैल प्याखं प्रशिक्षण दिँदै आएको बताउनुभयो ।
तलातुंछी युवा समूहका कोषाध्यक्ष निरञ्जन प्रजापतिले अग्रजहरूको महत्वपूर्ण योगदानले गर्दा भैल प्याखँ नयाँ पुस्तामाझ हस्तान्तरण भइरहेको बताउँदै भैल प्याखँलाई बदलिँदो समयसँगै व्यवसायीकरण गर्दै लानु आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा विश्वकर्मा भैल प्याखं खलः का सदस्य विजयराम प्रजापति, सुमन प्रजापति र किरण प्रजापतिले भैल प्याखं खलःको स्थापनाको इतिहास र विविध गतिविधिबारे बोल्नुभएको थियो । कार्यक्रममा भैल प्याखंका गुरु नाइके टेकबहादुर प्रजापतिलाई पनि सम्मान गरिएको थियो ।
Leave a Reply