अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सुर्खेत, २७ पुस । नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेत र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतको आयोजनामा अमेरिकी साम्राज्यवादले भेनेजुयलामाथि गरेको आक्रमणको विरोधमा शनिबार वीरेन्द्रनगरमा विरोध प्रदर्शन भयो । विरोध प्रदर्शन पार्टी कार्यालयबाट सुरु भई एरीचोक, मङ्गलगढी चोक हुँदै वीरेन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समितिका सदस्य धनेन्द्र विकले भेनेजुयलामा रहेको अपार तेल भण्डार कब्जा गर्ने उद्देश्यले भेनेजुयलामा हमला गरी राष्ट्रपति निकोलस मादुरो तथा उनका श्रीमतीलाई अपहरण गरे तापनि अमेरिकाको इच्छा पूरा नहुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले संयुक्त राष्ट्र सङ्घको बडापत्रमा उल्लेख भएको नियमसम्मत नमानेर अमेरिका सारा संसारका न्यायप्रेमी जनताको खबरदारीले घुँडा टेक्न बाध्य हुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले विश्वमा आफ्नो प्रभाव कायम गर्न एमसीसी सम्झौता गरेको उल्लेख गर्दै अमेरिकाले विश्वका अन्य देशहरूलाई थिचोमिचो गरिरहेको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर राना, नेक्राविसङ्घ सुर्खेतका सदस्य महेन्द्र सिजापती, कानुन अध्ययन समाजका केन्द्रीय सदस्य टीकाप्रसाद पोखरेलले बोल्नुभएको थियो ।
Leave a Reply