भर्खरै :

भनपा ३ मा स्वास्थ्य शिविर

भनपा ३ मा स्वास्थ्य शिविर

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा स्तन परीक्षण शिविर भनपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा वंशगोपालमा आइतबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा उपप्रमुख जोशीले नगरवासीहरूलाई समय–समयमा विभिन्न रोगहरूको स्वास्थ्य शिविर सञ्चालन गरी रोग पहिचान गरी समयमै उपचार भए मानवीय क्षति हुनबाट बचाउने र धनजनको नोक्सानीबाट बच्ने बताउँदै स्वस्थ रहनको लागि खानपिनमा ध्यान दिनुपर्ने र व्यायाम निरन्तर रूपमा गर्नुपर्ने बताउनुभयो ।
उहाँले नगरपालिकाले नमकिपाको घोषणापत्रअनुसार जनताको साथ र सहयोगमा काम भइरहेको प्रस्ट्याउनुभयो ।
भनपा ३ का वडाध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल, डा. एन्जा सुजखुले पनि पाठेघर क्यान्सर, स्तन क्यान्सरको आ–आफ्नो धारणा राख्नुभयो ।
उक्त स्वास्थ्य शिविरबाट ११८ जना वडावासीहरू लाभान्वित भएको थियो भने आवश्यकताअनुसार निःशुल्क औषधि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *