ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
कैलाली, २८ पुस । नेपाल क्रान्तिकारी युवा सङ्घ कैलाली र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलालीको संयुक्त आयोजनामा भेनेजुयलामाथि संरा अमेरिकी सैन्य आक्रमणको विरोधमा लम्किचुहा नगरपालिका वडा नं. २ मोतिपुर र वडा नं.१ लम्कीमा सोमबार जनप्रदर्शन भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले संरा अमेरिकी ट्रम्प प्रशासनले भेनेजुयलामा आक्रमण गर्नु र ल्याटिन अमेरिकी देशमा धम्की दिनु संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको चर्चा गर्दै अन्तर्राष्ट्रिय विवाद समाधान ट्रम्प प्रशासनले गर्ने नभई राष्ट्र सङ्घअन्तर्गतको निकाय अन्तर्राष्ट्रिय अदालतले गर्ने बताउनुभयो ।
राष्ट्र सङ्घको सुरक्षा परिषद्मा फ्रान्स, रूस र चीनले ट्रम्प प्रशासनको भेनेजुयलामाथि हमलाको निन्दा गरेको चर्चा गर्दै उहाँले राष्ट्रपति मादुरो दम्पतीको तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा कैलाली संयोजक रमेशकुमार रावलले भेनेजुयला एक प्राकृतिक स्रोत साधनमा सम्पन्न देश भएकोले त्यहाँको तेल र सुन खानीलाई कब्जा गर्ने नियतले भेनेजुयाली राष्ट्रपति माडुरो दम्पतीलाई अपहरण गरेको बताउनुभयो ।
लोकप्रिय राष्ट्रपति माडुरोलाई लागूओैषध कारोबारोको झूटा मुद्दा लगाएको उहाँले बताउनुभयो ।
अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र एकाधिकार पुँजीले नेपालको राजनीतिलाई अस्थिर बनाइरहेकोमा युवा–विद्यार्थी सचेत हुनुपर्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा कैलाली सचिव गगनबहादुर थापा, नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेम सिजापति, नेक्राविसङ्घ कैलाली सचिव हुनान रावलले पनि बोल्नुभएको थियो ।
Leave a Reply