रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
भक्तपुर, २ माघ । शिक्षा जीवनको अमूल्य धन हो । शिक्षाले जीवनमा सोच र सीपमा परिपक्वता ल्याउँछ । भक्तपुरलाई ज्ञान विज्ञानको गन्तव्य बनाउने अग्रजहरूको सोचलाई साकार पार्दै भक्तपुरले कायम गरेको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा विद्यार्थीहरूको पनि उतिकै आत्मसात् रहिरहनु समुदायप्रतिको शैक्षिक अग्रताको परिचायकभन्दा फरक नपर्ला । विश्व घटनाक्रम सँगसँगै ‘नेपाली भूमिमा साम्राज्यवादी अमेरिका र भारतीय विस्तारवादको विरोध गरौँ, समाजवादी शिक्षा व्यवस्थाको लागि सङ्घर्ष गरौँ’ उद्घोषसहित नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ २ नं वडा एकाइ समितिको आयोजनामा माघ ३ गते शनिबार दिनको ठीक ३ बजे वडामा २०७४ सालदेखि २०८२ सालसम्म प्रवीणता प्रमाणपत्र, दस जोड दुई, स्नातक, स्नात्तकोत्तर, एमफिल तथा पी.एच.डी. डिग्रीसम्म योग्यता हासिल गरेका विद्यार्थीहरूलाई बधाई, सम्मान तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा विभिन्न सङ्कायका विभिन्न विषयमा उत्तीर्ण १८० जना विद्यार्थीहरूमध्ये पी.एच.डी. डिग्रीका दुईजना, एमफिलका डिग्रीका दुईजना, स्नात्तकोत्तर तहका २० जना, स्नातक तहका ६५ जना, दस जोड दुईका ९१ जनालाई प्रमुख अतिथि प्रेम सुवालबाट मायाको चिनो र बधाईपत्रसहित सम्मान गर्ने भएको जानकारी कार्यक्रम आयोजक समितिका संयोजक रमा मातांले बताउनुभयो ।
उक्त कार्यक्रमले उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूका लागि उत्साह र एक पर्वकै रूपमा सम्मान ग्रहण गर्ने विद्यार्थीहरूको धारणा रहेको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रमलाई अझ भव्यरूपमा सम्पन्न गर्न वडाका विभिन्न तहका महानुभावहरूमा समयमै उपस्थित भइदिनुहुन आयोजक समितिले अनुरोध गरेको छ । शैक्षिक प्रशिक्षणात्मक रूपमा रहने उक्त कार्यक्रम ठुलो व्यासीको गेटसँगै हुने भएकोले सम्मान ग्रहण गर्ने सम्पूर्णलाई ठीक समयमा उपस्थित हुन अनुरोध गरिएको छ । कार्यक्रममा विभिन्न विधाका सांस्कृतिक प्रस्तुति पनि हुनेछ ।
Leave a Reply