भर्खरै :

आर्थिक अनुशासन आवश्यक देश डुबे जनताले दुःख पाउने

आर्थिक अनुशासन आवश्यक देश डुबे जनताले दुःख पाउने

काठमाडौँ, १९ माघ । जनताको चाहना र आवश्यकता देशको को प्रधानमन्त्री बन्ने भने होइन, महत्वपूर्ण कुरा कुन दलले देश र जनताको सेवा गर्छ भन्ने हो । कुनै दलका कुनै नेताको ठुलठुलो स्वरको गर्जन र मिठा मिठा आश्वासनमा जनता भुलेरै देशले विकासमा काँचुली फेर्न नसकेको हो । निर्वाचनको नतिजापछि बहुमतको आधारमा प्रधानमन्त्री चयन हुनु स्वाभाविक हो । प्रम बनेको दलले देश र जनताको हित हेर्दैन भने उसको घाँटी सुकाइ गर्जनको कुनै अर्थ हुँदैन । जनता कसैको हल्ला र गर्जनको पछि दगुर्ने होइन । त्यस दलको सिद्धान्त र विचारले कुन वर्गको हित गर्छ भन्नेतिर जनताको ध्यान जानुपर्छ ।
विगतमा निर्वाचनको बेला ठुलठुला दलका नेताले सुशासन र विकास गर्ने कुरा गरेका थिए । यसरी देश बनाउने कुरा फुक्ने ती नेताहरूले सत्तामा पुगेपछि या सरकारको नेतृत्व तहमा पुगेपछि जनताको सेवा गर्ने कुरा किन भुले ? सरकारमा पुगेपछि ती नेताहरू किन जवाफदेही र उत्तरदायी हुँदैनन् ? प्रम बन्ने सपना बोकेका दलका नेताहरूले देश र जनताको लागि के गर्ने भन्ने कुरा फुकेका छैनन् । शासक दलका नेता र ठुला दलका नेताहरूले निर्वाचनताका प्रतिबद्धता गरेको सुन्दा देशमा कहीँ कतै भ्रष्टाचार, अनियमितता, बेथिति हुँदैन भन्ने भान हुन्छ; जनताको आधारभूत आवश्यकता सबै पूरा हुने र शान्तिपूर्ण वातावरणमा सुरक्षितका साथ बस्न पाउने भान हुन्छ । सरकारी सङ्घ संस्थामा कहीँ कतै घुस खुवाउन नपर्ने हो; कहीँ कतै ढिलासुस्ती नहुनुपर्ने हो† आर्थिक अनुशासन कायम हुनुपर्ने हो । तर, त्यस्तो कुनै शुभसङ्केत देखिएन ।
जसरी भए पनि जित्ने र सरकारको नेतृत्व गर्ने विचार खोटपूर्ण छ । हरेक पटकको निर्वाचनमा सिद्धान्त र विचारको आधारमा राजनीति नगर्ने र बहुमत जनताको पक्षमा नलाग्ने दलका नेताहरू यस्तै हल्लाको राजनीति गरेर जनतामा भ्रम फैलाउँछन् र मत खिच्छन् । देशको निम्ति अहिले खतराको सङ्केत भनेको विदेशी दलालहरू हुन्† विदेशी शक्ति राष्ट्रको उठबस या इसारामा चल्ने दलहरू हुन् । उनीहरूले नेपाल र नेपालीको स्वार्थभन्दा विदेश र विदेशीको स्वार्थ पूरा गर्न काम गर्नेछन् । विदेशी शक्ति राष्ट्रहरू नेपाललाई परेड खेल्ने, घुसपैठ गरेर आतङ्कित पार्ने, उच्छृङ्खल गतिविधि गरेर साम्प्रदायिक भावना फैलाउने काम गर्न पछि पर्दैनन् ।
देशमा इमानपूर्वक राजनीति गर्ने दलको आवश्यकता हुन्छ । सरकारको नेतृत्व गर्ने दलका नेताहरूले गर्ने गलत कार्यको विरोध गर्ने र खबरदारी गर्ने दल आवश्यक हुन्छ । निर्वाचनमा जितेका सबै दलहरू सरकारमा सामेल हुन्छन् भन्ने कुरा होइन । के सरकारमा सामेल नहुने दल काम नलाग्ने हुन्छ ? सबभन्दा दुई ठुला दलको सरकार बनाउन पछि नपर्ने देशका दलहरू सरकारको नेतृत्व गर्न मरिहत्ते भए । सरकारमा रहेर उनीहरूले भागबन्डा गरे; उनीहरू कहिले मिले त कहिले फुटे । फलतः सरकारको नेतृत्व फेरिरह्यो । यसले अस्थिरता निम्त्यायो; ठुला दलप्रतिको विश्वास गुम्यो; असन्तोष युवा समूहले आन्दोलन थाल्यो । देशको सम्पत्ति खरानी बन्यो । यसको दोषी को ? के दोषी कारबाहीमा
पर्नुपर्दैन ?
राजनीति सिद्धान्त र विचारको आधारमा हुनुपर्छ । सिद्धान्त र विचारको आधारमा राजनीति नहुँदा देश कतातिर मोडिन्छ, देशको राजनीति कतातिर जान्छ भन्न सकिँदैन । गत भदौ २४ गतेको आन्दोलन गलत दिशामा गएकै हो या गलत दिशामा पठा्रइएको हो । गलत दिशामा जाने या पु¥याउने काम कुनै पनि नेपाली र नेपालको निम्ति काम लाग्दैन । देश पछि पर्नु, जनताको सांस्कृतिक स्तर उठाउन नसक्नु आदि सबै काम ठुला दलकै अदूरदर्शिता, अपरिपक्वता र अवसरवादीको कारण भएको हो । यसले देश दुर्घटनामा पर्छ ।
दुर्घटनामा परे देश डुब्छ; देश डुबेपछि जनताले दुःख पाउँछन् । सरकार असफल हुन्छ । देशमा आर्थिक सङ्कट निम्तिन्छ । सरकारले कुनै काम गन्तव्यमा पु¥याउन सक्दैन । देश त्यहीको त्यही रहन्छ; देश आत्मनिर्भर हुँदैन । यसकारण, समाजवादी व्यवस्था आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *