हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
कैलाली, २२ माघ । कैलाली लम्कीचुहा नपा ४ अमरपुर टोलमा नेमकिपाको आयोजनामा पार्टीको ५२ औँ स्थापना दिवस मनाइयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेपालमा जतिसुकै दलहरू भए तापनि बसिखाने वर्गको हितमा काम गर्ने दल र काम गरी खाने वर्गको हितमा काम गर्ने दलको लडाइँ भएको हुनाले राजनीतिमा सचेत र सङ्गठित भई लाग्न अनुरोध गर्नुभयो ।
गगन थापामगरले आम जनताको हितमा कानुन बनाउन र राजनीति अध्ययन गरी सच्चा दल छुट्याउन सक्ने कार्यकर्ता बन्न नेमकिपाले २०३१ माघ १० गते स्थापना भएको जानकारी दिनुभयो । जानकी शाहीले नेमकिपाले उठाएको एजेन्डा स्पष्ट र काम गरिखाने वर्गको राज्य स्थापना गर्न पार्टी स्थापना भएको विचार व्यक्त गर्नुभयो ।
Leave a Reply